content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता लोक सेवा आयोगबाट अधिकृतका लागि लिइएको नेपाल खाद्य संस्थानको लिखित परीक्षा रद्द गरिएको छ।, पदपूर्ति समितिको जेठ २४ को निर्णयअनुसार उक्त लिखित परीक्षा रद्द गरिएको हो।, २०७५ चैत २६ र २७ गते लिइएको परीक्षा रद्द गरिएको हो।, लोक सेवाले पनि जेठ १६ मा उक्त लिखित परीक्षा रद्दा गर्न निर्देशन दिएको थियो।, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले उक्त लिखित परीक्षा रद्द भएको आज सूचना निकालेर जानकारी गराएको छ।, सर्वोच्च अदालतको २०७७ फागुन १० को फैसला र लोक सेवाको २०७८ पुस २६ को निर्णयबाट ती परीक्षा रद्द भएका हुन्।, लोक सेवाले लिएको खाद्य संस्थानको लिखित परीक्षा रद्द
रासस सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाको सञ्चार सेवा पुनःसञ्चालनमा आएको छ।, अत्तरिया–डडेल्धुरा क्षेत्रमा अप्टिकल फाइबरमा समस्या आएपछि मङ्गलबारदेखि मोबाइल, टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएको थियो।, नेपाल टेलिकम बैतडीका प्रमुख विक्रम टमटाका अनुसार धनगढीबाट प्राविधिक टोली आएर मर्मत गरेपछि सो सेवा पुनःसञ्चालन भएको हो।, अप्टिकल फाइबरको समस्याका कारणले बेला बेलामा सुदूरपहाडको पहाडी भेगमा सञ्चारसेवा अवरुद्ध हुने गरेको छ।, सञ्चार सेवा अवरुद्धपछि यहाँका सरकारी तथा गैरसरकारी सङ्घसस्था, सञ्चारमाध्यम, वित्तीय कारोबार गर्ने सहकारी तथा बैंक र स्थानीय तहको सेवा प्रवाहमा समस्या भएको थियो।, मोबाइल, टेलिफोन र इन्टरनेट सेवा पुनःसञ्चालनमा आएपछि प्रशासनको सेवा निरन्तर जारी रहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए।, सुदूरपश्चिमको सात जिल्लामा मोबाइल र इन्टरनेट सेवा पुन: सुरू
सेतोपाटी संवाददाता पहिरोले मुग्लिङ-नौविसे र मुग्लिङ-नारायणगढ सडक अवरूद्ध भएको छ।, मुग्लिङ-नौविसे सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका वडा नम्बर ४ नाग्दीखोलामा पहिरो खस्दा सडक अवरूद्ध भएको हो।, यस्तै मुग्लिङ-नारायणगढ सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका वडा नम्बर ६ को तोपेखोला नाम्सी पुलमा सडक अवरूद्ध भएको छ। बिहान करिब ४ बजेतिर पहिरो खसेपछि सडक अवरूद्ध भएको हो।, पहिरो हटाएर सडक खोल्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले बताए।, गए रातिदेखि नै यात्रुहरू सडकमा रोकिएका छन्। , पहिरोले मुग्लिङ-नौविसे र मुग्लिङ-नारायणगढ सडक अवरूद्ध
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकालगायत स्थानमा गए रातिदेखि वर्षा भइरहेको छ।, जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश १, मधेश प्रदेश र बागमतीका केही भू–भागमा मेघगर्जन र चट्टयाङसहित वर्षा भइरहेको छ। , पूर्वी भू–भागमा मनसुनी वायुको सामान्य प्रभाव र मध्य तथा पश्चिमी भू–भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व–पश्चिमी न्यूनचापीय रेखाको प्रभाव रहेको महाशाखाले बताएको छ।, महाशाखाका अनुसार बिहीबार दिउँसो प्रदेश १ , मधेश प्रदेश,  बागमती प्रदेश, गण्डकी प्रदेशका केही  स्थानमा तथा अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ।, यस्तै प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा राति पनि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।, भोलि शुक्रबार पनि प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा  सामान्य देखि पूर्ण बदली  रही गण्डकी तथा अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य वदली रहने र बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम सफा रहनेछ। , प्रदेश १ , बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरु तथा मधेश प्रदेश सहित अन्य प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।, आज पनि काठमाडौंसहित प्रदेश १ र मधेशमा पानी पर्ने
सेतोपाटी संवाददाता भक्तपुर नगरपालिकाले फोहोरमैला प्रशोधन केन्द्रका लागि आवश्यक पर्ने रातोमाटो खरिद गर्ने भएको छ।, वडा नम्बर ८ स्थित फोहोरमैला प्रशोधन केन्द्रका लागि आवश्यक कच्चा पदार्थ ढुटो २० हजार केजी, सुली १० हजार केजी र रातोमाटो एक लाख ७५ हजार केजी खरिद गर्न नगरपालिकाले सूचना निकालेको छ।, इच्छुकले १५ दिनभित्र सम्पर्क गर्न पनि नगरपालिकाले आग्रह गरेको छ।, फोहोरमैला प्रशोधन केन्द्रका लागि भक्तपुर नगरपालिकाले एक लाख ७५ हजार केजी रातोमाटो किन्ने
रासस त्रिभुवन विश्वविद्यालयको परीक्षामा सोधिने प्रश्नपत्रमा पटकपटक लापरबाही देखिएपछि छानबिन गरिने भएको छ।, त्रिविले अहिले सञ्चालन गरिरहेको स्नातकोत्तर तह मानविकी तथा समाजशास्त्र सङ्कायको परीक्षाका दुईवटा विषयको प्रश्नपत्रमा हुबहु देखिएपछि छानबिनको प्रक्रिया अगाडि बढाइएको हो।, मानविकी सङ्कायले जेठ १८ गते स्नातकोत्तर तह तेस्रो सेमेष्टरको अर्थशास्त्र विषयअन्तर्गत ‘पब्लिक इकोनोमिक्स’ र जेठ २३ गते स्नातकोत्तर तहको राजनीतिशास्त्रको पहिलो सेमेस्टरको ‘इन्टरनेशनल पोलिटिक्स’ विषयको प्रश्नपत्र अघिल्लो वर्षको प्रश्नपत्रसँग हुबहु मिलेको छ।, त्रिवि मानविकी सङ्कायका डीन प्रा डा कुसुम शाक्यका अनुसार हुबहु दोहोरिएको प्रश्नपत्रका सम्बन्धमा छानबिन गर्नका लागि त्रिवि केन्द्रीय परीक्षा समितिसमक्ष आग्रह गरिएको छ।, हुबहु प्रश्नपत्रका सम्बन्धमा छानबिन गर्नका लागि परीक्षा समितिलाई आग्रह गरिएको र अब हुने परीक्षामा यस्तो समस्या आउन नदिनेसमेत शाक्यको भनाइ छ।, त्रिविले विज्ञ समूहबाट प्रश्नपत्र बनाए पनि प्रश्नपत्र सेट गर्नेको लापरबाहीको कारणले अघिल्लो वर्षको प्रश्नपत्र दोहोरिने गर्दछ।, रजिष्ट्रार तथा केन्द्रीय परीक्षा समितिका अध्यक्ष प्रा डा पेशल दाहालले मानविकी सङ्कायले छानबिनका लागि आग्रह गरेकाले हुबहु प्रश्नपत्रका सम्बन्धमा छानबिन गर्ने बताए।, “बुधबार नै मानविकी सङ्कायले छानबिनका लागि आग्रह गरेको पत्र मैले प्राप्त गरेको छु। छानबिन गरेपछि कसको लापरबाही रहेको छ भन्ने थाहा हुन्छ,’ उनले भने।, उनले परीक्षामा गत वर्षको पनि प्रश्नपत्र सोध्न पाइने उल्लेख गर्दै प्रश्नपत्रको सेट छान्दा हुबहु पर्ने गएको हुनसक्ने बताए। ६० पूर्णाङ्कको उक्त विषयको परीक्षामा १३ वटा प्रश्न सन् २०२० र सन् २०२१ को हुबहु मिलेको छ।, त्रिविको परीक्षामा अर्को प्रश्नपत्र पनि पोहोरकै दोहोरियो, छानबिन गरिँदै
रासस महोत्तरीको जलेश्वर नगरपालिका–३ खैरा गाउँमा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ।, किशोर सदाकी छोरी ६ वर्षीया आँचलको बुधबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।,  बालिकाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर लगिएको प्रहरीले जनाएको छ।, पोखरीमा डुबेर जलेश्वरमा ६ वर्षीया बालिकाको मृत्यु
सेतोपाटी संवाददाता कर्णाली र सुदूरपश्चिम प्रदेशलाई जोड्ने दोस्रो पक्की पुल सञ्चालनको तयारीमा छ। सुर्खेतको चौकुने गाउँपालिका-१० र कैलालीको मोहन्याल गाउँपालिका-६ लाई जोड्नेगरी निर्माण थालिएको सडक पुलको काम अन्तिम चरणमा पुगेको छ।, निर्माणको काम १५ प्रतिशत बाँकी रहे पनि सवारीसाधन भने उक्त पुलमा सञ्चालन गर्न सकिने निर्माण कम्पनी अनक कन्स्ट्रक्सनका प्रतिनिधि धर्म खनालले बताए।, ५५० मिटर लामो उक्त पुलको निर्माण कार्य दशैंसम्म पूरा हुने उनले जानकारी दिए।, अनक कन्स्ट्रक्सनले नै बनाइरहेको पञ्चपुरी नगरपालिका र मोहन्याल गाउँपालिका जोड्ने कुहिने पुल पनि केही समयमा सञ्चालनमा आउने तयारीमा छ।, कुहिने पुल कर्णाली र सुदूरपश्चिम जोड्ने तेस्रो पुल हो। यो पुलको ९५ प्रतिशत काम सकिएको खनालले बताए।, केही वर्ष अघिदेखि दैलेख-अछाम जोड्ने पक्की पुल सञ्चालनमा छ। दैलेखको आठविस नगरपालिका र अछामको विनायक नगरपालिकालाई जोड्ने गरी मध्यपहाडी राजमार्गमा पक्की पुल बनेको थियो। उक्त पुल कर्णाली र सुदूरपश्चिम प्रदेशलाई जोड्ने पहिलो सडक पुल हो।, यसअघि कर्णाली चिसापानीमा रहेको कर्णाली पुलले मात्रै सुदूरपश्चिमलाई सडकमार्फत् बाँकी नेपालसँग जोड्दै आएको थियो।  , तयार भयो कर्णाली र सुदूरपश्चिम जोड्ने अर्को पक्की पुल
सेतोपाटी संवाददाता नेपाली लेखक संघले सवारी साधनका इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषा लेखिनुपर्ने माग गरेका छन्।, संघका अध्यक्ष तीर्थ श्रेष्ठले बुधबार विज्ञप्ति निकालेर अंग्रेजी भाषामा इम्बोस्ड नम्बर प्लेट लेखिनु खेदजनक रहेको उल्लेख गरेका छन्।, अंग्रेजीमा इम्बोस्ड नम्बर प्लेट राख्ने निर्णयले नेपाली भाषाको अवमूल्यन गरेको लेखक संघको भनाइ छ।, सरकारी कामकाजको भाषा नेपाली हुनुपर्ने संविधानले स्वीकार गरेको पनि उनीहरूले बताएका छन्।, इम्बोस्ड नम्बर नेपाली भाषामा हुनुपर्ने लेखक संघको माग
सेतोपाटी संवाददाता अविरल वर्षापछि अवरूद्ध भएको पृथ्वी राजमार्गको तनहुँ खण्ड एकतर्फी सञ्चालनमा आएको छ।, गए राति १० बजेदेखि बन्दिपुर गाउँपालिका वडा नम्बर १ रिमाल्नीमा सडक अवरूद्ध भएको थियो।, सडकमा जम्मा भएको हिलोमा बस फसेको थियो। बस निकालेपछि आज बिहान ८ बजेदेखि सडक एकतर्फी रूपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ।, पृथ्वी राजमार्गकै याम्पाफाँट लगायतमा सडक विस्तार गर्न हरेक रात पाँच घन्टा सडक बन्द गर्ने गरिएको छ। यी ठाउँ र रिमाल्नीमा सडक अवरूद्ध हुँदा यात्रुहरू गन्तब्यमा जान रोकिएका थिए।, १० घन्टापछि खुल्यो पृथ्वी राजमार्गको तनहुँ खण्ड
सेतोपाटी संवाददाता सिन्धुपाल्चोकस्थित मेलम्ची नदीमा पानीको बहाब बढेको छ।, अविरल वर्षापछि मेलम्चीमा आएको बाढीले ह्युमपाइप राखेर बनाइएको पुलमा क्षति पुर्‍याएको हो।, मेलम्ची नगरपालिका वडा नम्बर ११ मा गत वर्ष असार १ गतेको बाढीले पुल बगाएपछि ह्युमपाइप राखेर बाटो बनाइएको थियो।, यो अस्थायी संरचना आज बिहान बाढीले क्षति पुर्‍याएपछि मर्मत गर्न लागिएको छ।, मेलम्ची नगरपालिकाका मेयर आइतमान तामाङले बाढीले क्षति पुर्‍याएको संरचना मर्मत गर्न लागिएको बताएका छन्।, मेलम्चीको वडा नम्बर ७ र ११ जोड्ने उक्त ह्युमपाइपमा क्षति भएपछि बाटो अवरूद्ध भएको छ।, मेलम्चीमा बढ्यो पानीको बहाब, अस्थायी पुलमा क्षति
नारायण खड्का बाँकेमा मलामी गएका दुई किशोरको नदीमा डुबेर मृत्यु भएको छ।, हुम्ला जिल्लाको सिमिकोट गाउँपालिका वडा नं. ८ घर भइ हाल अध्यनको शिलशिलामा नेपालगञ्ज-१ धम्बोझीमा भाडामा बस्दै आएका १८ वर्षीय त्रिबल शाही र १८ वर्षकै लेकराज छन्त्यालको मृत्यु भएको हो।, बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीका अनुसार बिहीबार बिहान सात बजेतिर बाँकेको डुरुवा गाउँपालिका वडा नं. ४ स्थित राप्ती नदीमा दुबैको शव फेला परेको छ।, उनीहरू बुधबार बेलुकी छिमेकीको मृत्यु भएपछि मलामी गएका थिए।, मलामी गएपछि खोला तथा जलासयमा नुहाएर मात्रै घर फर्किने चलन छ। शाही र छन्त्याल चोखीनिधिको लागि भनेर नुहाउन भनेर राप्ती नदीमा पसेको प्रहरीले बताएको छ ।, ‘मलामी गएकामध्ये तीन जना साथीहरू सँगसँगै रहेछन्,’  एसपी अधिकारीले भने, ‘एकजना अरू काममा अलमलिएर छुटिएपछि दुई जना पौडी खेल्न भन्दै नदीमा पसेछन्।’, कोठामा आएर खोज्दा साथीहरू फेला नपरेपछि उनले प्रहरीलाई खबर गरेका थिए। उनीहरू बगेको आशंका गर्दै बेलुका नै खोजी गरिए पनि फेला पर्न नसकेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले बताए।, ‘बुधबार खोजी गर्दा नदी किनारमा उनीहरूका कपडा मात्रै फेला परे। उनीहरू फेला पर्न सकेनन्,’ न्यौपानेले भने, ‘बिहीबार बिहान फेरि खोजी गर्ने क्रममा दुबै जनाको शव फेला परेको हो।’, शाही र छन्त्याल कक्षा १२ को परीक्षा दिइसकेका थिए।, राप्तीमा डुबे मलामी गएका दुई किशोर
सेतोपाटी संवाददाता बाँकेमा मध्यरातमा कारको ठक्करबाट मृत्यु भएकी एक युवतीको अझै सनाखन हुन सकेको छैन। , बिहीबार बिहान कोहलपुरबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा ४ च १९७५ नम्बरको कारको ठक्करबाट अन्दाजी २५ वर्षीया एक युवतीको घटनास्थलमै मृत्यु भएको थियो। , मृतकको अझैसम्म सनाखत हुन नसकेको बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले बताए। , मृतकको पहिचान हुन नसकेको हुँदा पोष्टमर्टम हुन बाँकी नै रहेको एसपी अधिकारीले जानकारी दिए। , कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।, बाँकेमा कारको ठक्करबाट एक युवतीको घटनास्थलमै मृत्यु
सेतोपाटी संवाददाता दाङमा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ।, घोराही उपमहानगरपालिका-२ का २७ वर्षीय गोविन्द रेग्मीको आफैंले चलाएको रा ४ प ७२११ नम्बरको मोटरसाइकल दुर्घटना परी मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले  जानकारी दिए।, रेग्मी सवार मोटरासइकल घोराही-४ रामपुरस्थित सडकछेउको एक घरमा ठोक्किएको थियो। घटनाबारे बिहान खबर आएपछि मात्रै प्रहरीले रेग्मीलाई उद्धार गरी अस्पताल पुर्‍याएको एसपी काफ्लेले बताए।, ‘घटना बिहीबार बिहान ४ बजेतिर भएको अनुमान गरिएको छ ,’ एसपी काफ्लेले भने, ‘अचेत अवस्थाका घाइतेलाई अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए।’, मदिरा सेवनपछि रेग्मी साथीको मोटरसाइकल लगेर घरतर्फ जाने क्रममा दुर्घटनामा परेको खुल्न आएको एसपी काफ्लेले बताए।, ‘राति सँगै बसेर मदिरा सेवन गर्ने र मोटरसाइकल दिएर पठाउने व्यक्तिलाई पनि हामीले बोलाएका छौं,’ एसपी काफ्लेले भने, ‘घटनाबारे थप अनुसन्धान हुन बाँकी नै छ।’, मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
सेतोपाटी संवाददाता पहिरोले अवरूद्ध मुग्लिङ-नारायणगढ सडकखण्ड खुलेको छ।, मुग्लिङ-नारायणगढ सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका वडा नम्बर ६ को तोपेखोला नाम्सी पुलमा पहिरो खसेको थियो।, पहिरो पन्छाएपछि दिउँसो १ बजेबाट सडक खुलेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए।, पहिरोले सडक रोकिएपछि गए रातिदेखि नै यात्रुहरू सडकमा रोकिएका थिए।, मुग्लिङ-नारायणगढ सडकखण्ड खुल्यो
सेतोपाटी संवाददाता सडक निर्माणको क्रममा डोजरले फालेको ढुंगा लागेर गुल्मीमा एकजना विद्यार्थीको मृत्यु भएको छ।, मुसिकोट नगरपालिका वडा नम्बर ३ का १४ वर्षीय गगन रायमाझीको ढुंगाले लागेर मृत्यु भएको हो।, जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधवराज खरेलका अनुसार बिहीबार बिहान स्कुल जाने क्रममा बालकलाई ढुंगाले लागेको थियो।, प्रहरी नायब उपरीक्षक खरेलले सडक निर्माण भइरहेको बेला डोजरले फालेको ढुंगाले लागेर गम्भीर घाइते भएका बालकको अस्पताल लैजाने क्रममा मृत्यु भएको जानकारी दिए। बालकलाई स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि थप उपचारको लागि गुल्मी अस्पतालमा लैजाने क्रममा बाटोमै मृत्यु भएको खरेलले बताए।, अहिले बालकको शवलाई पोष्टमार्टमको लागि अस्पतालमा राखिएको छ भने डोजर चालकलाई नियन्त्रणमा लिइएको छ।, बाटो खन्दै गरेको डोजरले फालेको ढुंगा लागेर विद्यार्थीको मृत्यु
सेतोपाटी संवाददाता काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक जनालाई पक्राउ गरेको छ। , बिहीबार बिहान पौने १० बजे कतार एयरवेजको उडान नम्बर क्युआर ६५२ बाट काठमाडौं आएका एक जना नेपाली नागरिकबाट सुन बरामद भएको प्रमुख भन्सार प्रशासक महेश भट्टराईले जानकारी दिए। , पक्राउ पर्नेमा धनुषा घर हुने जितेन्द्रकुमार यादव छन्।, उनीबाट ४६६.५ ग्रामका चार बिस्कुट र ५० ग्रामको सिक्री एउटा गरी जम्मा ५१६.५ ग्राम सुन बरामद गरेको हो। , उनले लगाएर ल्याएको भित्री वस्त्र (अण्डरवेयर)मा फल्स पकेट बनाएर लुकाएर ल्याएको भट्टराईले बताए। , भन्सार कार्यालयको यात्रु चेक गर्ने क्षेत्रमा शंकास्पद रूपमा हिँडेको पाएपछि उनीमाथि चेक गरिएको थियो। , उनलाई भन्सार कार्यालयले नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको भट्टराईले बताए। ,  , अण्डरवेयरमा सुन लुकाएर ल्याएको आरोपमा त्रिभुवन विमानस्थलबाट एक पक्राउ
सेतोपाटी संवाददाता काठमाडौंको सिनामंगलमा एक पुरूषको शव फेला परेको छ। , बुधबार राति पौने ७ बजे काठमाडौं महानगरपालिका-९ सिनामंगल भत्केको पुलस्थित कृष्णमन्दिर परिसरमा एक पुरूषको शव फेला परेको हो।, अन्दाजी ४० वर्षीय विशाल विक भनेर चिनिने व्यक्तिको शव फेला परेको प्रहरीले जनाएको छ। स्थानीयले उनलाई विशाल भनेर चिने पनि उनीबाट प्रहरीले कुनै कागजात फेला पारेको छैन।, स्थानीयले उनी सुतिरहेकै अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी स्रोतका अनुसार उनी मागेर, सामान्य मजदुरी, गर्ने गर्थे। , उनी बाहिरै पेटीतिरै सुत्ने व्यक्ति भएको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार घटना शंकास्पद छैन।, उनको शव पोष्टमर्टमका लागि टिचिङ अस्पताल राखिएको प्रहरीले जनाएको छ। ,  , सिनामंगलमा एक पुरूषको शव फेला
राजेश घिमिरे तनहुँका सीताप्रसाद सुवेदी गह्रौँ झोला बोकेर ठूटे खोलातिर अघि बढ्दै गर्दा उनीमाथि भारतीय सीमा सुरक्षा बल (एसएसबी) को नजर पर्यो। उनको झोलामा दस किलो चिनी र केही खाद्यान्न थियो।, जाँच गरेपछि एसएसबीले उनलाई अघि बढ्न स्वीकृति दियो।, भारतमा पर्ने भिखनाठोरीको तल्लोपट्टिबाट बग्ने ठूटे खोलाको किनारमा झोला बिसाएर उनले जुत्ता खोले। जुत्ता हातमा लिएर खोला तर्दै नेपालको ठोरी पुगे।, नेपालीहरू चिनी किन्न जाने भारतको भिखनाठोरी बजार, ठोरी नाका करिब पाँच दशक अघिसम्म निकै चल्तीको थियो। यहाँ भारतबाट आउने नुन, खाने तेल, मट्टितेल, चिनी इत्यादि लिन देशका विभिन्न ठाउँबाट मानिसहरू पुग्थे।, पारि भिखनाठोरीसम्म रेल र मालबाहक गाडीहरूले सामान ल्याउँथे। त्यहाँबाट नेपाली र भारतीयले सामान बोकेर ठोरी ल्याउँथे। पहाडी जिल्लाहरू तनहुँ, गोरखा, लमजुङका अधिकांश व्यापारीहरू सामान किन्न भरिया लिएर ठोरी पुग्थे। उपभोक्ताहरू पनि आउँथे।, एकातिर भारत र तीनतिर नेपालको घना जंगलले घेरिएको ठोरी पुग्न सहज थिएन। जंगलका डरलाग्दा जनावर छल्दै मानिसहरू खाद्यान्न र अन्य सामग्री खरिद गर्न पुग्थे।, अहिलेको ठोरी पहिलेको जस्तो छैन। ठूटे खोलाको किनारमा लहरै लागेर दोकान थापेका त्यतिखेरका व्यापारीहरू विस्थापित भइसकेका छन्। यहाँ अहिले सामान्य चियानास्ता पाइने झुप्रा र चाउचाउ, चकलेट बेच्ने दोकान मात्रै छन्।, भिखनाठोरीमा पनि अचेल रेल आउँदैन। रेलको लिक पनि जीर्ण भएको छ तर त्यहाँ ठोरीमा भन्दा ठूला पसलहरू छन्। अहिले भारतले नेपालतर्फ चिनी निर्यात गर्न पनि बन्द गरेको छ।, ठोरी पुग्ने नेपालीहरू ठूटे खोला तरेर भिखनाठोरी पुग्छन्। आफूलाई चाहिने खाद्यन्न र अन्य सामग्री किनेर फर्कन्छन्। परिवारको आवश्यकताका लागि किनेको सामान भन्सार कार्यालयले रोक्दैन।, ठूटे खोलाको तीरमा होटल चलाउँदै आएका ठोरीका प्रकाशबहादुर थापामगरका अनुसार नेपालीहरू भिखनाठोरी जाने र भारतीयहरू नेपालको ठोरी आउने संख्या बराबर जति नै हुन्छ।, नेपालीहरू दैनिक उपभोग्य सामान किन्न भिखनाठोरी पुग्छन्। भारतीयहरू प्रायः मदिरा सेवनका लागि ठोरी आउँछन्।, भारतको बिहारमा मदिरा सेवन प्रतिबन्धित छ। त्यहाँ मदिरा सेवन गर्नेले पाँच हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्छ।, थापामगर भन्छन्,‘उता जरिवानामा पर्ने भएकाले धेरै भारतीयहरू मदिरा सेवनका लागि नेपालतर्फ आउँछन्।’, उनकै होटलमा भेटिएका भारतीय नागरिक सरोज यादवले पनि उक्त कुरा कुरा स्वीकारे गरे। सरोजले भने, ‘पिउन त उता पनि पिउँछन् तर हामी जस्ता साना मान्छेले पिउन सकिँदैन। हामी यतै (नेपाल) आउँछौँ।’, थापामगरका अनुसार ठोरीमा अहिले चलेको व्यापार पनि मदिराकै हो। प्रहरीसँग भने सतर्क रहनु पर्छ। , ‘ठोरीमा सरकारले लाइसेन्स दिएको भट्टी नै थियो। यहाँ मान्छेहरू निर्धक्क मदिरा पिउँथे। अचेल सुरक्षाकर्मीसँग जोगिनु पर्छ,’ उनले भने।, गुणराज दाहाल २०२३ सालमा काठमाडौंबाट ठोरी आएका हुन्। उनका अनुसार त्यो समयको ठोरी र अहिलेको ठोरीको चहलपहल तुलना नै हुँदैन।, उनी काठमाडौंको सुन्धाराबाट ट्रक चढेर टिस्टुङ, पालुङ, भिमफेदी, हेटौँडा, अमलेखगञ्ज हुँदै २४ घण्टामा वीरगञ्ज पुगेका थिए। वीरगञ्जबाट भारतको रक्सौल पुगेर रेल चढेर नर्कटियागञ्ज पुगे। त्यहाँ रेल बदलेर ठोरी पुगेका थिए।, ‘म सोह्र वर्षको उमेरमा आफन्त यहाँ छन् भन्ने थाहा पाएर खोज्दै एक्लै ठोरी आइपुगेको थिएँ। त्यो समयको ठोरी बन्दीपुरे व्यापारीले भरिएको थियो। सामान बेच्ने र किन्नेले ठोरी भरिभराउ हुन्थ्यो,’ एकहत्तर वर्षीय गुणराजले भने, ‘मसँग पैसा नभएकाले व्यापार गर्न सकिनँ। यहाँ व्यापार गर्नेले कमाउनसम्म कमाए।’, ठोरीका पुराना बासिन्दा गुणराज दाहाल र अर्जुन प्रसाद घिमिरे गफ गर्दै। तस्बीर : राजेश घिमिरे, उनका अनुसार त्यो समय नुन पाथीको तीन रुपैयाँमा, चिनी प्रतिकेजी साढे दुई रुपैयाँमा पाइन्थ्यो। उनी काठमाडौं फर्किएनन्। त्यहीँ खेती गर्दै घरजम गरे। उनले ठोरीको साढे पाँच दशक भन्दा बढीको परिवर्तन देखेका छन्।, ‘अहिले त ठोरी उराठलाग्दो देखिन्छ। न व्यापार छ न रमाइलो छ,’ गुणराज भन्छन्, ‘यो बजार पनि वर्षामा ठूटे खोलो बढेर कता लैजान्छ कता!’, गुणराज ठोरी पुगेको समयमा मानिसहरू ठूटेखोला फड्केर तर्न सक्थे। खोलो आफ्नै धारमा बग्थ्यो। बिस्तारै खोलो नेपालतर्फ फर्किएर बग्न थाल्यो। अहिले यो खोलाले नेपालतर्फ करिब पाँच सय मिटर जमिन बगर बनाएको छ।, हिउँदमा सानो भए पनि वर्षामा ठूटे खोलो अजंगको भएर बग्छ। भारततर्फ बाँध छ, नेपालतर्फ छैन। यसै कारण खोलाले हरेक वर्ष नेपालतर्फ हान्ने गरेको छ। ठोरी बजार झनझन सार्दै गएको छ। गुणराजका अनुसार उनले देख्दा अहिले देखिने बगरको बीचतिर थियो बजार।  , खोलाको आडैमा एउटा गुफा छ। यो गुफालाई भगवान रामकी पत्नी सीताको कथासँग जोडेर ठोरीबासी ‘सीता गुफा’ भन्छन् र ठूलो महत्व दिन्छन्। यसको संरक्षणमा भने कसैले चासो दिएको छैन। गुफामा ललितपुरबाट आएका अर्जुनप्रसाद घिमिरे पुजारी छन्। अर्जुन ठोरी आएको पनि पाँच दशकभन्दा बढी भयो। उनी त्यो समयको र अहिलेको ठोरी तुलना गर्छन्। उनी ठोरी आएको समयमा सयौँ व्यापारीहरू सामान किन्न लाइन लाग्ने गरेको सम्झन्छन्।, ‘हिमालतिरका मान्छे जडिबुटी बोकेर बेच्न आउँथे। पहाडका मानिसहरू चाँदीका सिक्का बोकेर आउँथे। नुन, तेल, चिनी किनेर फर्कन्थे,’ अर्जुन भन्छन्, ‘त्यो बेलाको ठोरी झल्झली बलेको थियो। अहिले त बिरानो भयो। यति ठूलो महत्वको मन्दिरको समेत कसैलाई वास्ता छैन।’, व्यापारीका भरियाहरू ठोरीबाट सामान बोकेर अमुवा, सिस्नेठाँटी हुँदै राप्ती तरेर सौराहा, टाँडी र नारायणगढ पुग्थे। हिँडेर नारायणगढ पुग्न कम्तीमा दुई दिन लाग्थ्यो। ‘सिस्नेठाँटीमा खाना पकाएर खाइन्थ्यो,’ अर्जुनले भने, ‘माडी धेरै पछि खुलेको हो। गाडी त धेरै पछि चलेको हो।’, नेपालीहरू अहिले पनि आपतको अवस्थामा ठोरी नाका सम्झन्छन्। भारतले नेपालमा पेट्रोलियम पदार्थको निर्यात रोकेको समयमा चितवन र आसपासका धेरै मान्छेले ठोरी नाकालाई नै साहरा बनाएका थिए। नेपालीहरू ठोरी हुँदै भरत गएर सवारी साधनका लागि तेलको जोहो गर्थे। अहिले चिनी जोहो गर्दै छन्।, उद्योग वाणिज्य संघ चितवनले २०७५ सालमा प्रकाशन गरेको ‘सम्झनामा कृष्णबन्धु पिया’ पुस्तकमा संघका पूर्वअध्यक्ष स्वर्गीय पियाले २०६६ सालमा लेखेको ‘पुरानो कुराको सम्झना’ शीर्षकको लेख छापिएको छ। पिया २०१६ सालमा स्थापना भएको व्यापार संघ नारायणगढको संस्थापक सचिव थिए। त्यसपछि लगातार आठ पटक अध्यक्ष रहे।, चिनी जोख्दै भिखनाठोरीका व्यापारी। तस्बीर : राजेश घिमिरे।, पियाले ठोरीसँग जोडिएको व्यापारीको साइनो बयान गरेका छन्।, उनले लेखेका छन्, ‘बन्दिपुरेहरू हुस्लाङ डाँडा हुँदै सेतीनदीको सराङघाट पार गर्दै गाईघाट पुनः तरेर विकट अक्कर भिरैभिर छिचोलेर कतैबाट नभएर नदी किनारै किनार हेर्दै रामनगर आइपुग्न दुई दिन लाग्दथ्यो। पूर्वी चितवनको झुवानी निस्किएर महाभारत डाँडाको खोँच र जंगलैजंगल जंगली जनावरको प्रवाह नगरी ज्यानको बाजी थापेर, जंगलमै बास बसेर पनि यात्रा गर्दथे।’, पियाले लेखेअनुसार पारिपट्टि भारतको भिखनाठोरीसम्म मालगाडी आउँथ्यो। नेपालको अनमोल साल, सिसौ, सतिसाल, खयर आदि काठ, जडिबुटी र ढुंगा, गिट्टी, बालुवा सित्तीको मूल्यमा पुरा वाइगनहरूमा लोड गरेर दिनहुँ भारतका विभिन्न ठाउँमा नर्कटीयागञ्ज हुँदै पुग्दथ्यो। त्यही नाका भएर नुन, खाने तेल, मट्टितेल, मरमसला, लत्ताकपडा, फलाम, चुरोट लगायतका सामान आयात हुन्थ्यो।, उनले ठोरी भन्सार पास गराएपछि माडी हुँदै बयल गाडाबाट सामान नारायणगढसम्म ल्याउने गरेको, त्यहँबाट बन्दिपुरका व्यापारीको सामान भरियाले बोकेर लैजाने गरेको कुरा लेखेका छन्।, २०१६ सालको नारायणगढको चित्रण गर्दै उद्योग वाणिज्य संघ चितवनका अर्का पूर्वअध्यक्ष केएल भूषणले पनि उक्त पुस्तकमा ठोरीसँग जोडिएको व्यापारिक साइनोको रोचक बयान गरेका छन्।, उनले लेखेका छन्, ‘बन्दिपुरेले नारायणी नदीको किनारमा ५/७ वटा कच्ची टहराहरू बनाई बसोबास एवं सानातिना दोकानहरू सुरु गरेका थिए। त्यतिखेर चितवनमा भर्खरै बस्ती बस्न सुरु भएको थियो। वीरगंज, नरकटियागंजबाट सामान खरिदगरी ठोरीमा हिउँदे अस्थायी दोकान राखी २÷३ महिनासम्म व्यापार चलाई पुनः नारायणगढ बसाई सरेर २/४ महिना व्यापार गरिन्थ्यो। पछि बन्दिपुरबाट नारायणगढ आउने व्यापारीहरू बढ्दै गए। व्यापार पनि बढ्दै गयो।’, चितवनका यी पुराना व्यापारीको लेखबाट पनि उहिलेको ठोरीको व्यापार चाहलपहल प्रष्ट पार्छ।, पहिले चितवन जिल्लामै पर्ने ठोरी पछि पर्सा जिल्लामा पारियो। अहिले ठोरी गाउँपालिकामा पर्ने यो नाका मधेस प्रदेशमा पर्छ।, भारतको भिखना ठोरी बजार । तस्बीर : राजेश घिमिरे,  , नेपालीलाई पारिको चिनी प्यारो, भारतीयलाई ठोरीको मदिरा
सेतोपाटी संवाददाता १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ललितपुरबाट एक जनालाई पक्राउ गरेको छ।, ओखलढुंगा चिशंखुगढी गाउँपालिका-३ दियालेका २३ वर्षीय मिलन परियारलाई पक्राउ गरेको प्रहरीले‍ जनाएको छ।, प्रहरीले परियारलाई बुधबार सुनाकोठीबाट पक्राउ गरेको हो।, प्रहरीका अनुसार परियारले किशोरीलाई प्रलोभनमा पारेर जेठ १४ मा बलात्कार गरेको आरोप छ।, प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ।,  , ललितपुरमा १५ वर्षीया किशोरी बलात्कृत, एक पक्राउ
रासस काठमाडौंको टोखा नगरपालिकामा दुई विद्यालय थप गरिएको छ। काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखामा शैक्षिक सत्र २०७९ देखि अध्यापन गर्नेगरी दुई विद्यालय थप गरिएको हो। , नगरका शिक्षा शाखा प्रमुख बाबुराम गौतमले टोखा–६ मा चुनदेवी आधारभूत विद्यालय र वडा नं ११ मा महादेव आधारभूत विद्यालय स्थापना गरिएको जानकारी दिए।, भर्खरै सुरू गरिएको दुबै विद्यालयमा यो शैक्षिक सत्रमा कक्षा १ को पढाइ सुरू गरिएको छ।, चुनदेवी आधारभूत विद्यालयमा दुई शिक्षक र महादेव आधारभूत विद्यालयमा तीन शिक्षक राखेर कक्षा शिक्षण सुरू गरिएको शिक्षा शाखा प्रमुख गौतमले बताए। दुबै विद्यालयको शिक्षकको तलब भने अहिले नगरले व्यहोरेको छ।, टोखा नगरको विसं २०७८ चैत २४ गतेको बैठकको निर्णयअनुसार दुई सामुदायिक विद्यालय थप गरिएको हो। दुई विद्यालय थप गरिएसँगै टोखामा सामुदायिक विद्यालयको सङ्ख्या १० पुगेको छ।, टोखामा यसअघि आठ सामुदायिक विद्यालय सञ्चालनमा थिए। टोखा–१ मा दुई सामुदायिक विद्यालय सञ्चालनमा रहेका छन् भने वडा नं ५ र ९ मा भने हालसम्म पनि सामुदायिक विद्यालय सञ्चालनमा छैनन्।, वि.सं २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिले टोखाका सबै वडामा सामुदायिक विद्यालय निर्माण गर्ने निर्णयअनुसार यो शैक्षिक सत्रमा दुई विद्यालय थप गरिएको हो।, टोखा नगरका प्रमुख कार्यकारी अधिकृत शङ्करराज पाठकले टोखाका सबै वडामा सामुदायिक विद्यालय निर्माण गर्ने नीति लिइएको बताए।, ‘एक वडा, एक सामुदायिक विद्यालय निर्माण गर्ने नीति नगरले लिएको छ, सोही नीतिअनुसार अब चाँडै नै वडा नं ५ र ९ मा पनि सामुदायिक विद्यालय स्थापना गर्छौं’, उनले भने।, टोखाले ‘सबैका लागि गुणस्तरीय शिक्षा’ नीति लिएको उनको भनाइ छ।, पछिल्लो समय टोखाका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्यामासमेत वृद्धि हुँदै गएको छ। , वि.सं २०७४ मा टोखाका सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीको संख्या तीन हजार ५०० को हाराहारीमा रहे पनि अहिले उक्त सङ्ख्या बढेर छ हजार नाघेको छ।, हरेक सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई दिवा खाजा कार्यक्रम, सामुदायिक विद्यालयमा अध्यापनरत शिक्षकलाई विशेष अनुदान र नगरले विभिन्न कार्यक्रम अगाडि सारेका कारण सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सङ्ख्यामा वृद्धि भएको टोखा जनाइएको छ।,      , यसैबीच विद्यार्थी बढ्दै गएपछि टोखामा शिक्षकको अभावसमेत हुन थालेको छ।, विद्यार्थीका सङ्ख्या बढ्दै जानु र शिक्षक दरबन्दी कम हुँदा टोखामा शिक्षकको अभाव भएको नगरका शिक्षा शाखा प्रमुख गौतमले बताए।, ‘शिक्षक दरबन्दी कमी हुँदा विद्यार्थीलाई पठनपाठनमासमेत समस्या हुँदै आएको छ, शिक्षक कम हुँदा एउटै कक्षामा ६० जनासम्म विद्यार्थी राखेर पढाउनु परेको छ’, उनले भने।, टोखामा शिक्षक दरबन्दी कमी भए पनि नगरले आफ्नै स्रोतमा नयाँ ३३ शिक्षक नियुक्त गरेर पठनपाठन गराउँदै आएको छ। नगरबाट थप भएका ३३ शिक्षक पनि अपुग भएको शिक्षा शाखा प्रमुख गौतमले बताए।, टोखाले शिक्षक दरबन्दी थप गर्नका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएको छ।, यस्तै, टोखाले विद्यार्थीको सिकाइलाई सहज बनाउन स्थानीय सिकाई केन्द्रमा निःशुल्क इन्टरनेट सेवासमेत प्रदान गरेको छ। टोखाले गत वर्ष कोरोनाको महामारीको चपेटामा परेका बालबालिकालाई सिकाइ सहजताका लागि जालुपा पुस्तकालय बानियाटार, नुज्ज पुस्तकालय झोर, झोर महाकांल सामुदायिक सिकाइ केन्द्र झोर, जनचेतना महिला विद्यालय टोखा–९ र बुद्ध नमूना वैकल्पिक विद्यालय टोखा–१० मा इन्टरनेट सेवा प्रदान गरेको हो।, शैक्षिक क्यालेण्डरअनुसार पठनपाठन गराउँदै आएको टोखामा सामुदायिक विद्यालयका अलावा ८० संस्थागत विद्यालय र तीन वैकल्पिक विद्यालय रहेका छन्।, सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई ‘मेयर दिवा खाजा कार्यक्रम’ सञ्चालन गर्दै आएको टोखाले सामुदायिक विद्यालयमा अध्ययनरत सबै किशोरीलाई सेनेटरी प्याड निःशुल्क गराउने जनाएको छ।, टोखामा दुई सामुदायिक विद्यालय थप, शिक्षक दरबन्दी अभाव
सेतोपाटी संवाददाता प्रहरीले मोरङमा भन्सार छली गरेर ल्याएको झन्डै २४ लाख बराबरको सामान बरामद गरेको छ।, भन्सार छली गरेर ल्याएको ५ सय बोरा मकै विराटनगर महानगरपालिका-६ केसलिया रोडबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।, कार्यालयका अनुसार बुधबार ना ४ ख १६७८ नम्बरको ट्रकमा भारतबाट नेपालतर्फ आएको हो।, उक्त ट्रकमा भन्सार छली गरेर ल्याएको ५ सय बोरा मकै भएको प्रहरीले जनाएको छ।  , प्रहरीले सुन्दरहरैचा नगरपालिका-२ का ३६ वर्षीय चालक दुखिलाल उराउलोलाई ट्रकसहित नियन्त्रणमा लिएको जनाएको छ।, प्रहरीका अनुसार अन्दाजी २३ लाख ७५ हजार बराबरको मकै नियन्त्रणमा लिएको जनाइएको छ।, प्रहरीले आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय इटहरी पठाएको जनाएको छ।  , मोरङमा २४ लाख बराबरको मकै बरामद
सेतोपाटी संवाददाता पहिरो खसेर अवरूद्ध भएको पृथ्वी राजमार्ग आज अपरान्हदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ।, चितवनको इच्छाकामना गाउँपालिका ४ नाग्दीखोलामा पहिरो खसेपछि बुधबार रातिदेखि राजमार्ग अवरूद्ध थियो।, पहिरोले मुग्लिङ-नौविसे सडक खण्डमा सवारी साधन बुधबारदेखि रोकिएका थिए भने यात्रुहरू अलपत्र परेका थिए।, आज बिहानैदेखि पहिरो पन्छाउने काम गरिएको थियो। अझै पनि पहिरो पन्छाउने काम सकिएको छैन।, सडकखण्डका विभिन्न ठाउँमा लेदो र हिलो माटो थुप्रिएका कारण सवारी साधन आवागमनमा समस्या भएको छ।, तस्बिरहरू:, मुग्लिङ-नौविसे सडकखण्डमा पहिरो, यात्रुलाई सास्ती (तस्बिरहरू)
रमेश लम्साल आन्तरिक रूपमा खपत गरेर बढी भएको बिजुली भारत निर्यात हुने क्रम बढ्दै गएको छ। मागभन्दा बढी उत्पादन भएको तथा खपतसमेत हुन नसकेको सन्दर्भमा खेर जाने बिजुली सहज रूपमा बिक्री भइरहेको छ। त्यसले नेपालको बढ्दो व्यापार घाटालाई कम गर्न ऊर्जा क्षेत्र सहायकसिद्ध हुने देखिएको छ।, नेपाल विद्युत् प्राधिकरणले आजमात्रै मर्स्याङ्दी र मध्यमर्स्याङ्दीको बिजुली पनि निर्यात हुने जनाएको छ। भारतमा यतिबेला ऊर्जाको अत्यधिक माग छ। सो माग परिपूर्तिका लागि सामान्य रूपमा नै भए पनि प्राधिकरणले बिजुली निर्यात गरेको हो। त्यसको मात्रामा क्रमशः वृद्धि भएको छ।, प्राधिकरणले आज छ हजार ८३१.६ मेगावाट घन्टा बिजुली ऊर्जा निर्यात गर्ने भएको छ। भारतमा शेयर बजारमा जस्तै हरेक १५ मिनेटमा बिजुलीको मूल्य फेरबदल हुने गर्दछ। त्यस आधारमा विभिन्न ९६ ब्लक निर्धारण गरिन्छ। यस आधारमा प्राधिकरणले निर्यात गरेको बिजुलीको मूल्य प्रतियुनिट १९ रुपैयाँ २० पैसासम्म पाइने भएको छ।, भारतको ऊर्जा नियमक निकायले अधिकतम भारू १२ सम्म मात्रै बिजुलीको बिक्री वितरण गर्न पाउने व्यवस्था गरेको छ। प्राधिकरणले औसतमा भारू ६.९९ प्राप्त गरेको छ। मनसुनको समयमा भारतमा अत्यधिक गर्मी हुने र बिजुलीको माग अत्यधिक हुने भएकाले बिजुली उपलब्ध भएको अवस्थामा आवश्यकताका आधारमा निर्यात हुनसक्ने अवस्था छ। त्यस आधारमा प्राधिकरणले कुल सात करोड युनिट बराबर बिजुली निर्यात गर्ने भएको छ।, प्राधिकरणले मनसुनका छ महिनामा मात्रै कुल २५ अर्ब बराबरको बिजुली निर्यात गर्ने लक्ष्य राखेको छ। सोही आधारमा आज कुल २८४ मेगावाट बराबर बिजुली निर्यात हुनेछ। प्राधिकरणका अनुसार त्रिशूली जलविद्युत् आयोजनाको ५५३.६ मेगावाट घन्टा, देवीघाटको ३४५.५ मेगावाट घन्टा, कालीगण्डकी ‘ए’को तीन हजार ३३४ मेगावाट घन्टा, मर्स्याङ्दीको एक हजार ५९५ मेगावाट घन्टा र मध्यमर्स्याङ्दीको एक हजार तीन दशमलव पाँच मेगावाट घन्टा बराबरको बिजुली निर्यात हुनेछ।, इनर्जी एक्सचेञ्ज मार्केटमा प्रतियुनिट कुल भारु १२ बराबरको उपलब्ध हुनेछ। त्यस्तै औसतमा कुल भारु ६.९९ र न्यूनतम भारु २.४९९ मा बिक्री हुनेछ। गत चैतमा प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको भारत भ्रमणका क्रममा कुल ३६४ मेगावाट बराबरको बिजुली निर्यात गर्ने गरी सहमति भएको थियो। सोही आधारमा प्राधिकरणले २०० मेगावाट बराबरको बिजुली खुला बजारमा समेत बिक्री गर्ने तयारी गरेको छ। त्यसका लागि एनभिभीएनलगायतका कम्पनी छनोट भइसकेका छन्।, मुलुकको प्रणालीमा कुल दुई हजार ३०० मेगावाट बराबरको जडित क्षमता पुगेको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार हाल कुल आन्तरिक माग एक हजार ६३३ मेगावाट बराबर छ। प्रणालीमा लगातार बिजुली थप भइरहेको छ।, चालु आवमा कुल ६२१ मेगावाट बिजुली थप भएको छ। केही आयोजनाबाट बिजुली थपिने क्रममा नै छ। आगामी आवमा कुल ७०० मेगावाट बढी बिजुली थप हुने सरकारले प्रक्षेपण गरेको छ। हाल प्रणालीमा प्राधिकरणको १० हजार ६७७ मेगावाट घन्टा, प्राधिकरणका सहायक कम्पनीबाट ११ हजार २५१ मेगावाट घन्टा, निजी क्षेत्रका आयोजनाबाट १४ हजार ९२२ मेगावाट घन्टा बिजुली उपलब्ध छ।, भारततर्फ बिजुली निर्यातको मात्रा बढेपछि टनकपुर बिन्दुबाट भने दुई हजार ८६ मेगावाट घन्टा बराबरको बिजुली आयात भइरहेको छ। पूर्वको बिजुली पश्चिम पठाउने प्रसारण लाइनको क्षमता नभएका कारणले गर्दा टनकपुरबाट बिजुली आयात गर्नु परिरहेको छ।, पश्चिम क्षेत्रमा ठूला जलविद्युत् आयोजना नभएकाले त्यहाँको आन्तरिक माग धान्नका लागि पनि बिजुली आयात गर्नु परिरहेको छ। प्राधिकरणले कुल ८७ मेगावाट बिजुली आयात गरिरहेको छ। त्यसलाई वर्षाको समयमा रोक्नका लागि पनि पूर्वको बिजुली पश्चिम पठाउने प्रसारण लाइन निर्माणमा भइरहेको अवरोध हट्नु पर्छ।, नवलपरासीको दुम्कीबासमा दुईवटा टावर निर्माणमा स्थानीयले अवरोध गरेका कारण विगत १२ वर्षदेखि निर्माण सम्पन्न हुनसकेको छैन। प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले लगातार प्रयास गरे पनि सर्वोच्च अदालतले आवश्यक फैसला नगरिदिँदा प्रसारण लाइन निर्माण हुनसकेको छैन। ,(रासस), ६ महिनामा २५ अर्बको बिजुली भारतलाई बेच्ने प्राधिकरणको लक्ष्य
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार २२ जनामा संक्रमण पुष्टि भएको हो।, २ हजार ७५३ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , एक हजार ६५५ जनाको पिसिआर र १ हजार ९८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर ११२ जना सक्रिय संक्रमित छन्।, ९ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।, २ हजार ७५३ मा कोरोना परीक्षण गर्दा २२ लाई संक्रमण
रासस नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आचार संहिताविपरीत स्वास्थ्य क्षेत्रमा विभिन्न अध्ययन/अनुसन्धान भएको पाइएको छ।, स्वास्थ्य क्षेत्रमा अध्ययन अनुसन्धानका लेख/रचना प्रकाशित गर्दा परिषद्को आचारसंहिताविपरीत गरेको जनाउँदै १० भन्दा बढीमा उजुरी परेको छ। , परिषद्को आचारसंहिता अनुगमन तथा मूल्यांकन शाखाका प्रमुख नमिता घिमिरेले परिषद्को आचारसंहिता उल्लंघन गरेर विभिन्न जर्नलमा अनुसन्धानात्मक लेख प्रकाशित गरेको बताइन्।, उनका अनुसार उजुरी परेकामध्ये धेरैजसो झूटा विवरण राखेर लेख प्रकाशित भएका छन्।,  , हुँदै नभएको परीक्षण प्रयोगशालामा छ भनेर  अभिभावकको अनुमतिबिना बालबालिकाको परीक्षण, एउटा उद्देश्यका लागि भनेर अनुमति लिए पनि अर्कै विषयमा अनुसन्धान गर्नेजस्ता अनुसन्धानकर्ताले झुटो विवरण प्रकाशित गर्ने गरेको पाइएको उनको भनाइ छ। , परिषद्लाई प्राप्त भएका ती उजुरीमाथि छानबिन भइरहेको उनले जानकारी दिइन्। , घिमिरेले आचारसंहिता उल्लंघन गरी अनुसन्धात्मक लेख प्रकाशित गर्ने अनुसन्धाकर्तालाई परिषद् ऐनअनुसार अनुसन्धानमा रोक लगाउन सकिने व्यवस्था रहेको जानकारी दिइन्।, परिषद्को ऐन २०७४ को दफा १० मा स्वास्थ्यसम्बन्धी अनुसन्धान गर्न स्वीकृत लिनुपर्ने र दफा १२ को (२) मा स्वीकृत नलिई अनुसन्धान कार्य गरेमा वा स्वीकृत लिई अनुसन्धान कार्य गर्दा तोकिए बमोजिमका शर्त वा परिषद्ले सचेत गराउन वा निश्चित अवधि तोकि त्यस्तो अनुसन्धानको काम गर्न नपाउने गरी रोक लगाउन सक्ने उल्लेख गरिएको छ। , परिषद्सँग स्वीकृत लिएर वार्षिक ८०० भन्दा बढी स्वास्थ्य क्षेत्रमा अनुसन्धान हुने गरेको पाइएको छ।, परिषद्का कार्यकारी प्रमुख डा प्रदीप ज्ञवालीले स्वास्थ्यसँग सम्बन्धित अध्ययन, अनुसन्धान परिषद्को आचारसंहितामा बाँधिएर गर्नुपर्ने बताए।, उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय व्यक्तिले नेपालमा अनुसन्धान गर्न चाहँदा परिषद्को स्वीकृति लिनुपर्दछ र सर्त राखेरमात्र अध्ययन गर्न दिने बताए। , ‘परिषद्को स्वीकृतिमा वैज्ञानिक आधारमा स्वास्थ्यसँग सम्बन्धित विषयमा अध्ययन गर्नुपर्दछ’ ज्ञवालीले भने, ‘अध्ययन गर्दा आचारसंहिताविपरीत मानवीय असर पर्ने खालको गर्नुहुँदैन।’, उनले कुनै पनि संस्थाले स्वास्थ्यमा अनुसन्धान गर्दा नियम पालना नगरे निश्चित समयसम्म अनुसन्धानमा रोक लगाउन सक्ने बताए। , ‘अनुसन्धानकर्ताले स्वीकृत अनुसार काम नगरे, आचारसंहिताको गम्भीर उल्लङ्घन भयो, गम्भीर मानवीय असर गर्‍यो, स्वीकृतिबिना नै काम गरेमा कारबाही गर्छौं’, उनले भने, ‘कुनै व्यक्तिले ढाँटेर जर्नल प्रकाशित गर्न पाउँदैन।’ , परिषद्का सदस्यसचिव समेत रहेका डा ज्ञवालीले अहिले अनुसन्धानको लागि नाम जर्नलमा प्रकाशित गरेर वैज्ञानिक बन्ने चलन बढेकोले त्यसलाई रोक्ने बताए।, उनले अनुसन्धानकर्ताले गुणस्तरीय अनुसन्धान गर्नका लागि शैक्षिक योग्यता पनि सोहीअनुसार हुनुपर्ने बताए।, ‘शिक्षासँग तालिम र अनुभव नभएको व्यक्ति अनुसन्धानकर्ता हुन सक्दैन’, उनले भने। , राष्ट्रिय र अन्तर्राष्ट्रिय स्वास्थ्य क्षेत्रको चासोका विषयमा अध्ययन गर्दा राष्ट्रिय स्वास्थ्यका सम्बन्धमा कतिको फाइदा भयो वा हुन्छ, त्यसबारे पनि हेर्ने गरेको उनी बताउँछन्।, स्वास्थ्य नीतिमा रहेर स्वास्थ्य अनुसन्धानलाई प्राथमिकतामा राख्ने उनको भनाइ छ। , यस्तै, परिषद्ले आचारसंहिताको पालना गरे/नगरेकोबारे अनुगमन गर्न ‘आचारसंहिता पुनरावलोकन समिति’समेत गठन गरेको छ।, समितिलाई कुनै पनि अनुसन्धान गर्न योग्य छ वा छैन, परिषद्को मान्यताअनुसार आचारसंहिता पालना गरे वा नगरेको, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यता पालना गरे वा नगरेको तथा अनुसन्धानले स्वास्थ्यलाई हानी हुन्छ कि हुँदैन, स्वीकृत गर्ने/नगर्ने अधिकार रहेको परिषद्को मूल्यांकन शाखा प्रमुख घिमिरे बताउँछन्। , यस्तै, परिषद्ले विभिन्न ५५ संस्थामा ‘संस्थागत आचारसंहिता पुनरावलोन समिति’ गठन गरेको छ। , यसैबीच परिषद्ले अनुसन्धानकर्ताको ‘परिचय पत्र’ बनाउने भएको छ।, परिषद्का कार्यकारी प्रमुख डा ज्ञवालीले परिचय पत्र बनाउनका लागि छलफल चलिरहेकोले चाँडै नै उपलब्ध गराउने बताए।, कम्युटरमा खोल्ने बित्तिकै ‘अनुसन्धानकर्ताको परिचय तथा उसका सबै कामबारे जानकारी लिन सकिन्छ’ उनले भने, ‘परिचय पत्रको आधारमा अनुसन्धानकर्ता नक्कली हो वा होइन तथा कुन तहको हो भन्ने कुरा सबै थाहा हुन्छ।’,  , झूटा विवरण उल्लेख गरी जर्नल प्रकाशित, परिषदमा उजुरी
रासस मनसुन सुरू भएसँगै जिल्लामा सम्भावित विपद् व्यवस्थापनलाई मजबुद बनाउन मनसुन प्रतिकार्य योजना लागू गरिएको छ।, प्रमुख जिल्ला अधिकारी एवं विपद् व्यवस्थापन समितिका अध्यक्ष रूद्रादेवी शर्माको अध्यक्षता जिल्लाका चार नगरपालिकाका प्रमुख, सुरक्षा निकायका प्रमुख एवं सरोकारवाला निकायको संयुक्त बैठकले  प्रतिकार्य योजना लागू गर्ने निर्णय गरेको हो।, वर्षामा बाढी, पहिरोलगायत विपद्का जोखिम बढ्ने भएकाले जिल्लाका चार वटै स्थानीय तह (भक्तपुर, मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगरपालिका) मा विपद्को जोखिम रहेका ठाउँहरू पहिचान गर्ने र विपद् परेमा आश्रय लिने ठाउँ खोजी गरी तयारी अवस्थामा राख्ने प्रजिअ शर्माले जानकारी दिइन्।, उनले भनिन्, ‘चार वटै नगरपालिकाका प्रमुख, सुरक्षा निकायका प्रमुख, विपद्सँग सरोकार राख्ने निकाय एवं सम्बन्ध व्यक्तिको छलफलबाट विपद् व्यवस्थापनका लागि आवश्यक सम्पूर्ण तयारी गर्ने निर्णय भएको छ।’, यहाँका सबै नगरपालिका प्रमुखले आ–आफ्नो नगरपालिका क्षेत्रमा विपद् जोखिम क्षेत्र पहिचान गरेर विपद् रोकथामका कार्य गर्ने, विपद् परेमा आश्रयस्थलको व्यवस्था गर्ने, उद्धारका लागि आवश्यक औजार एवं जनशक्ति तयारी अवस्थामा राख्ने सहमति भएको भन्दै प्रजिअ शर्माले विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको बताइन्।, उनले सुरक्षा निकायका प्रमुखहरूलाई सुरक्षा निकायसँग रहेको उद्धारका सम्पूर्ण सामग्री बोट, साबेल, डोरी, लाइफ ज्याकेटलगायत अन्य आवश्यक सामग्री तयारी अवस्थामा राख्नसमेत निर्देशन दिइन्।, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रमुखहरूले खोज तथा उद्धारका सामग्री एवं तालिमप्राप्त जनशक्ति सबै तयारी अवस्थामा राखिएको उल्लेख गरे।, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा र चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले आफ्ना क्षेत्रका लागि आवश्यक पर्ने खोज तथा उद्धारका सामग्री तयारी अवस्थामा राख्ने र आवश्यक जनशक्ति पनि तयार गर्ने जानकारी दिए।  , वर्षायाममा मुख्यगरी भक्तपुर र मध्यपुरथिमि नगरपालिकाका नदी आसपास क्षेत्र डुबानको चपेटामा पर्दै आएको छ भने सूर्यविनायक र चाँगुनारायण नगरपालिकाको ग्रामीण एवं पहाडी क्षेत्र पहिराको जोखिममा पर्दै आएको छ।, चाँगुनारायण र सूर्यविनायक नगरपालिका क्षेत्रमा अत्यधिक रूपमा अवैध जग्गा खण्डीकरण एवं प्लटिङ रहेकाले पहिराको जोखिम बढेको नगर प्रमुखहरूको गुनासो थियो।, चाँगुनारायणका प्रमुख खत्रीले अवैध रूपमा सञ्चालित जग्गा प्लटिङदेखि जग्गा सम्याउने बहानामा जथाभावी डोजर लगाउने, सार्वजनिक जग्गा अतिक्रमण गर्ने क्रम अत्यधिक रहेकाले यसलाई रोक्न आफूले पहल सुरू गरेको बताउँदै यसमा प्रहरी प्रशासनको प्रभावकारी साथ र सहयोग जुटाइदिन आग्रह गरे।, जथाभावी डोजर लगाउँदा यहाँका बस्ती नै जोखिममा परेको भन्दै यसलाई रोक्न अत्यावश्यक भएको उनले औंल्याए।, प्रजिअ शर्माले सार्वजनिक सम्पत्ति रक्षा गर्न, अतिक्रमणमा परेको सार्वजनिक जग्गा फिर्ता गर्न, सरकारी निकाय रहेका स्थानको सार्वजनिक सम्पत्तिको निस्सा संकलन गर्न, नगरपालिकाले आफ्नो क्षेत्रमा रहेको सार्वजनिक जग्गा र सम्पत्तिको विवरण संकलन  गरी दुरूस्त राख्न, अवैध रूपमा  ढुंगा, माटो, बालुवाखानी सञ्चालनलाई तत्काल रोक्न र जग्गा खण्डीकरण रोक्न निर्देशन दिए।, उनले चारवटै नगरपालिकाका नवनिर्वाचित प्रमुख तथा उपप्रमुखलाई बधाई तथा शुभकामना पनि दिए।, मनसुन सुरू भएसँगै विपद् व्यवस्थापनमा जुट्दै भक्तपुर
रासस नयाँ शैक्षिकसत्र लागेदेखि हालसम्म पनि पाठ्यपुस्तक अभावका गुनासो अन्त्य भएको छैन।, नेपाल सरकारको जिम्मेवार निकाय भने कुन जिल्लाका कुन विद्यालयमा कति पाठ्यपुस्तक अपुग भएको भन्ने सूचना मागिरहेको छ।, विद्यालय तहका पाठ्यपुस्तक निःशुल्क उपलब्ध हुने व्यवस्थाबमोजिम कक्षा १ देखि ३ सम्म निजी क्षेत्रका मुद्रण व्यावसायी र कक्षा ४ देखि १० सम्म सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले उत्पादन र वितरणको जिम्मेवारी पाएका छन्। , निजी क्षेत्रले माथिल्लो तहका पाठ्यपुस्तक पनि छपाइ गरिरहेका छन्।, विद्यार्थीले समयमा पाठ्यपुस्तक नपाएको विषय सङ्घीय संसद र सञ्चार माध्यममा दैनिकजसो उठिरहेका बेला शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र जनक शिक्षा सामग्री केन्द्र भने आफूले छाप्न बाँकी रहेकाबाहेक छापिइसकेका पुस्तक पनि सम्बन्धित विद्यालयमा नपुगेको जनाइरहेका छन्। , मन्त्रालयका सचिव एवं केन्द्रको सञ्चालक समितिका यादवप्रसाद कोइरालाले आज केन्द्रका अधिकारीलाई अपुग भएका क्षेत्रबाट तथ्याङ्क लिएर छिटोछरितो रूपमा बिक्रीवितरण गर्न निर्देशन दिएका छन्।, चालू शैक्षिक सत्रका लागि कक्षा ४ देखि १० सम्म कूल एक करोड ९८ लाख थान पाठ्यपुस्तक छपाइको लक्ष्य लिइएकामा आजसम्म १ करोड ८० लाख थान (करिब ९० प्रतिशत) उत्पादन भइसकेको केन्द्रको भनाइ छ।, छपाइ भइसकेकामध्ये कतिपय पुस्तक ढुवानीका क्रममा रहेको र विद्यालयमा पुग्न बाँकी रहेकाले नपुग भएको गुनासो आएको केन्द्रका प्रवक्ता चित्र आचार्यले बताए। , दैनिक एक लाख पाठ्यपुस्तक उत्पादन गर्दै आएको केन्द्रबाट आज मात्रै सुर्खेत र चितवनका लागि पाठ्यपुस्तक ढुवानी भएको छ।, आचार्यले अबको १५ दिन (असार १० गतेभित्र) बाँकी सबै (करिब १५ लाख थान) पुस्तक छपाइ सम्पन्न गरिने जनाउँदै बजारमा समानुपातिक वितरण नहुँदा यो समस्या आएको बताए।, हाल कक्षा ६ र ८ का सामाजिक, अंग्रेजी र नेपाली विषयका पुस्तक बढी अभाव देखिएको छ।, ती पुस्तक निजी क्षेत्रले पनि उत्पादन गरेकाले केन्द्र र निजी क्षेत्रबीचको समन्वय नहुँदा कहाँ कति विद्यार्थीका लागि कसले कति उत्पादन र वितरण गर्ने भन्ने तथ्यांकको अभाव पनि देखिएको छ।, कक्षा ५, ८ र १० का पाठ्यपुस्तक आगामी शैक्षिक सत्रमा परिवर्तन (कोर्स आउट) हुने भएकाले पनि केन्द्रले भण्डारमा नरहने गरी यस वर्षका लागि आवश्यक सङ्ख्यामा मात्रै उत्पादन गरिरहेको छ।, यस्तै, पाठ्यक्रम विकास केन्द्रबाट कक्षा ४, ७ र ९ का अनुदित (अंग्रेजी माध्यम) का पाठ्यपुस्तकको मुद्रणीयप्रति (सिआरसी) प्राप्त नभएकाले पनि माग भए पनि आफूहरूले अनुदित पुस्तक दिन नसकिएको केन्द्रको भनाइ छ।, सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पनि पढाइ हुन थालेको र कति विद्यालयमा अनुदित पुस्तक चाहिने भन्ने तथ्याङ्क पनि सरकारी निकायसँग उपलब्ध छैन।,  , कतिपय सन्दर्भमा स्थानीय बिक्रेताले केन्द्रका प्रादेशिक कार्यालयबाट समयमा नलैजाने, बिक्रेतासँग उपलब्ध हुँदाहुँदै पनि विद्यालयले समयमा खरिद नगर्नेजस्ता कारणले विगतमा पनि विद्यार्थीले समयमा पाठ्यपुस्तक नपाएको देखिन्छ।, केन्द्रले सार्वजनिक सूचना जारी गरी स्थानीय बिक्रेताकोमा पाठ्यपुस्तक उपलब्ध नभए कक्षा र विषय खुलाइ स्थानीय बिक्रेतामार्फत् केन्द्रका प्रादेशिक कार्यालयका साथै सम्बन्धित तह, शिक्षा विकास तथा समन्वय इकाइ र जनक शिक्षाको केन्द्रीय कार्यालय सानोठिमीमा जानकारी गराउन आग्रह गरेको छ। , केन्द्रले स्थानीय बिक्रेतामार्फत् ७७ वटै जिल्लामा कक्षा ४ देखि १० सम्मका पाठ्यपुस्तक ढुवानी गरी यही जेठ ५ गतेदेखि बिक्री वितरण गर्दै आएको छ। पाठ्यपुस्तक छपाइ र वितरणमा निजी क्षेत्रबाट संलग्न मुद्रण व्यावसायी दीपक भण्डारीले आफूहरूलाई प्राप्त भएको अभावको सूचनाका आधारमा प्रदेशगत रूपमा पनि समन्वय गरी उपलब्ध गराउने गरिएको बताए। , उनले हालै आफूले हुम्ला, डोल्पा र विराटनगरमा समन्वय गरी अभावको समस्या समाधान गरेको जनाए।, कहाँ-कहाँ पुगेन पाठ्यपुस्तक? विवरण माग्दै सरकार
सेतोपाटी संवाददाता काठमाडौंको न्युरोडमा एक जना पुरूषको शव फेला परेको छ। , जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बुधबार बिहान साढे ६ बजे काठमाडौं महानगरपालिका-२४ न्युरोडको रञ्जना सोडा गल्लीमा एक जना पुरूषको शव फेला परेको बताए। , बिहान एक जना पुरूष लडेर अचेत अवस्थामा छ भन्ने खबर प्रहरीले पाएको थियो। सो खबर पछि प्रहरीको टोली खटिएको थियो।, मृतक काठमाडौं महानगरपालिका-१२ टेकुका ३४ वर्षीय सुरेन महर्जन छन्। उनको शव फेला परेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र तालिमप्राप्त कुकुरसहितको टोली घटनास्थल पुगेको थियो।, शवको पोष्टमर्टमको लागि टिचिङ अस्पताल पठाएको छ।, प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।,  , न्युरोडको रञ्जना गल्लीमा पुरूषको शव फेला
रासस पर्साको विन्ध्यवासिनी गाउँपालिकाले दिवा खाजामा अनियमिता गर्ने विद्यालयमाथि छानबिन गरी कारबाही गर्न सुरूआत गरेको छ।, केही सामुदायिक विद्यालयहरूले मापदण्डअनुसार विद्यार्थीहरूलाई खाजा नखुवाउने गरेको फेला परेपछि कारबाही प्रक्रिया अघि बढाउन सुरू गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु साहले जानकारी दिए। , चालु आर्थिक वर्ष ०७८/७९ मा पालिकाभित्रका कूल १४  सामुदायिक विद्यालयमा विद्यार्थीहरूका लागि एक सय दिनको खाजा खर्चस्वरूप रु ५० लाख ती विद्यालयहरूमा विनियोजन गरिएको थियो।, विन्ध्यवासिनीका अध्यक्ष प्रमोद तिवारीले तालिकाअनुसार विद्यार्थीलाई  खाजा नखुवाउने विद्यालयलाई कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिए। , पालिकाले विद्यालय खुल्ने दिन विद्यार्थीहरूलाई आवश्यक पौष्टिक तत्व पुग्ने गरी प्रत्येक दिन फरक/फरक तरिकाको खाजाको परिकारसहित खाजा तालिका निर्धारण गरेको छ। यद्यपि सो खाना तालिकाभन्दा गुणस्तरहीन खाना खुवाउने विद्यालयलाई नियमानुसार कारबाही प्रक्रिया अघि बढाइने प्रमुख प्रशासकीय अधिकृत  साहले जानकारी दिए।  , दिवा खाजामा अनियमिता गर्ने विद्यालयमाथि कारबाही
सेतोपाटी संवाददाता सरकारले नयाँ बजेटमार्फत स्वदेशका वायर, घिउ-तेल तथा सेनिटरी प्याड उद्योगहरूलाई धराशायी बनाउने नीति लिएको आरोप लगाउँदै सुनसरी-मोरङ औद्योगिक करिडोरका उद्योगीहरूले आपत्ति जनाएका छन्। , सिमित उद्योगी पोस्ने र बहुसंख्यक उद्योगहरूलाई धराशायी पार्ने नीति लिएको भन्दै उद्योगीहरूले बुधबार दिनभरीमा सरकारले उक्त प्रावधान नसच्याए राजमार्ग हड्तालसहितका आन्दोलन गर्ने चेतावनी दिएका छन्। , मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघले बजेटमा व्यवस्था भएको विभेदकारी प्रावधान सच्याउन माग गरेका छन्। , २२ मे, २०२२ देखि भारत सरकारले आफ्नो मुलुकमा फलामजन्य सामग्रीको बढ्दो मूल्य नियन्त्रण गर्न कच्चापदार्थ एमएस वायर रडको निर्यातमा १५ प्रतिशत अन्तःशुल्क लगाएको थियो। नेपाल सरकारले नयाँ बजेटमार्फत भन्सार महशुलमा ५ बाट १० प्रतिशत तथा अन्तःशुल्कमा २५ सय बाट ४५ सय रुपैयाँ प्रति मेट्रिक टन कायम गरेको छ।, यसबाट वायर स्टिल उत्पादन गर्ने उद्योगहरू आयातित वस्तुहरूसँग प्रतिष्पर्धा गर्न नसक्ने अवस्था सिर्जना भएको उद्योगीहरूले बताएका छन्। , सरकारले तयारी वस्तु जिआई वायर लगायतका उत्पादनहरूको आयातमा ३० प्रतिशत भन्सार शुल्क तोकेको भएतापनि यो उत्पादन साफ्टा सम्झौताको संवेदनशिल वस्तुको सूचिमा नरहेकोले साफ्टा अन्तर्गत आयात गर्दा ६ प्रतिशतमात्र शुल्क लाग्ने व्यवस्था रहेको उद्योगीहरूको भनाइ छ। , उद्योगीहरूका अनुसार परिवर्तित भन्सार महशुल तथा अन्तःशुल्कको कार्यान्वयनमा आउँदा कच्चा पदार्थ आयात गरी वस्तु उत्पादन गर्ने स्वदेशी उद्योगको भन्दा तयारी वस्तु आयात गर्दा प्रति मेट्रिक टन १५ हजार ४३ रुपैयाँले सस्तो पर्न जाने अवस्था भएको छ। यस्तो स्थितिमा नेपालका ४० भन्दा बढी साना ठूला वायर उद्योगहरू तत्कालै बन्द गर्नुको विकल्प नहुने उद्योगीहरूको भनाइ छ।, आर्थिक वर्ष  २०७९/८० को बजेट अगावै आफूहरूले दिएको सुझाव विपरित सरकारले सिमित उद्योग पोस्ने नीति लिएको आरोप उद्योगीहरूको छ।, उद्योगीहरूका अनुसार भारतले नेपाली उद्योगहरूलाई कच्चापदार्थ आयातमा शुल्क बढाएको छ। भारतले १५ प्रतिशत निर्यात शुल्क लगाएको र त्यसबारे जानकारी गराउँदा पनि सरकारले बेवास्ता गरेको बरू उल्टै उद्योगीहरूलाई अन्याय पार्ने गरी बजेट ल्याएको उनीहरूको भनाइ छ। , उद्योगीहरूका यी तीन वटै संस्थाले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारले आर्थिक विधेयक २०७९/८० मार्फत ५ प्रतिशत भन्सार महशुलमा हामीले आयात गर्दै आएका त्यस्ता कच्चा पदार्थ एमएस वायर रडको भन्सार महशुल १० प्रतिशत कायम गरेको र अन्तःशुल्कसमेत दुई हजार पाँच सयबाट प्रति मेट्रिक टनबाट चार हजार पाँच सय कायम गरेबाट हामी आश्चर्यचकित भएका छौँ।’ , उद्योगीहरूले कच्चापदार्थबाट उत्पादन गर्ने तयारी वस्तु जिआई वायरको आयात शुल्क साफ्टा अन्तरगत ६ प्रतिशत रहेकाले यी पछिल्ला व्यवस्थाहरूका कारण त्यस्ता वस्तुहरू उत्पादन गर्नु भन्दा विदेशबाटै आयात गर्दा सस्तो पर्न जाने पनि बताएका छन्।, यस्तो सरकारी व्यवस्थाले बहुआयामिक असर पर्ने जनाउँदै उद्योगीहरूले आन्दोलनको चेतावनी दिएका हुन्।, ‘आज हामी सरकारलाई ज्ञापन बुझाउँदैछौं,’ उद्योगी पवन सारडाले भने, ‘भोलि बिहान १० बजेदेखि हामी उद्योगी र मजदुरहरू मिलेर राजमार्ग अवरूद्ध गर्नेछौं।’ , अहिलेकै प्रावधान लागु भइरहे एक प्रतिशत भन्सार महशुल दर र उच्च मुनाफाबाट स्पोन्ज आइरनको बढी विजकीकरण भई अमेरिकी डलरको हुन्डी कारोबार प्रोत्साहन हुन सक्ने सम्भावना उनले औल्याएका छन्। समग्र बजारमा एक जनामात्र उत्पादनकर्ता भएकाले प्रतिष्पर्धा नहुने भएकाले अत्याधिक मुनाफाले जिआई वायर र गावियन्सको लागत बढ्ने पनि उनले जानकारी दिए।, कच्चा पदार्थमा लागेको अत्याधिक भन्सार महशुलले जिआई वायरको मूल्यमा वृद्धि आउने र त्यसले गर्दा सरकारी विकास निर्माणको आयोजनामा प्रयोग हुने गावियन्सको पनि मूल्यमा वृद्धि हुने उद्योगीहरूको भनाइ छ।, यसले अर्बौंको लगानीमा स्वदेशी उद्योगीहरूले संचालन गरिरहेका गाविअन उद्योगहरू, जि.आई. तार उद्योगहरू, किला–काँटी उद्योगहरू, वाडिङ वायर उद्योगहरू तथा तारका साना ठूला गरी १०० भन्दा बढी स्वदेशी उद्योगहरू धरासायी हुने र अर्बौंको लगानी र यस क्षेत्रबाट आश्रित २० हजारभन्दा बढीको रोजगारी धरापमा पर्ने उद्योगीहरूको भनाइ छ।, त्यस्तै वनस्पति ध्यूतेल उद्योगको कच्चापदार्थमा १० प्रतिशत भन्सार महशुल र प्रशोधित तेलमा एक तहमाथि १५ प्रतिशत भन्सार महशुल लाग्दै आएकोमा आर्थिक वर्ष २०७९/८० को बजेटबाट प्रशोधित पाम र पामोलिन तेल आयातमा ५ प्रतिशत भन्सार महशुल ६६.६७ प्रतिशत छुट दिने व्यवस्था गरिएको छ। यही व्यवस्थाका कारण वनस्पति घ्यू उत्पादनमा हाल संचालनमा रहेका स्वदेशी उद्योगहरूमा भएको लगानी जोखिममा पर्ने अवस्था आएको उद्योगीको भनाइ छ।, स्वदेशी उद्योग धराशायी बनाउने बजेटको प्रावधान फिर्ता लिन उद्योगीको माग
सेतोपाटी संवाददाता दार्चुलामा एक महिलाको शव फेला परेको छ। , शैल्यशिखर नगरपालिका-१ स्थित ४५ वर्षीया एकल महिला अमिमा खडायतको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए। , ती महिलाको जलाएर हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। , उनको बुधबार बिहान शव फेला परेको हो। स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि नजिकैको प्रहरीको टोली घटनास्थल पुगेको हो।, जिल्लाबाट प्रहरी नायब उपरीक्षक विष्टसहितको टोली घटनास्थलमा जाँदैछ। प्रहरीले यस घटनामा संलग्न रहेको आशंकामा दुई जनालाई नियन्त्रणमा लिएको छ। , अरू व्यक्तिहरूको पनि खोजी गरिरहेको प्रहरीले जनाएको छ। ,  , दार्चुलामा महिलाको शव फेला
सेतोपाटी संवाददाता फोहोर फाल्न गएको गाडी स्थानीयले अवरोध पुर्‍याएपछि बञ्चरेडाँडामा दुई सय बढी प्रहरी परिचालन गरिएको छ। , बुधबार बिहानैदेखि बञ्चरेडाँडामा फोहोर फाल्न ल्याउन नदिन स्थानीयले अवरोध पुर्‍याएका हुन्। स्थानीयहरू विरोध गर्दै सडकमा उत्रिएका छन्।, यस्तै त्यहाँ ठूलो संख्यामा प्रहरी पनि परिचालन गरिएको छ। , ‘फोहोर बोकेका गाडी आइसकेका छैनन्। तर प्रहरीको संख्या ठूलो छ। हिजोभन्दा तीन गुणा बढी प्रहरी आएका छन्,’ संघर्ष समितिका संयोजक श्रीराम ढुंगानाले भने,‘हवाई फायर गर्न तयार भएर बसेका छन्।’, प्रहरीको टोली काठमाडौंबाटै परिचालन गरिएको हो।, काठमाडौं उपत्यकाबाट दुई सय बढी प्रहरी परिचालन गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए। , त्यसैगरी त्यहाँ ३७ जनाको सशस्त्र प्रहरीको टोली पनि खटिएको छ।, काठमाडौं महानगर, सहरी मन्त्रालय र काठमाडौं, धादिङ र नुवाकोटका जनप्रतिनिधिबीच सहमति भएपछि फोहोर उठाउन थाले पनि विसर्जन गर्ने स्थानमा स्थानीय बासिन्दाले अवरोध गर्दै आएका छन्।, बञ्चरेडाँडामा दुई सय बढी प्रहरी परिचालन
सेतोपाटी संवाददाता बेलायत सरकारबाट अवकाश पाएका गोर्खा भूतपूर्व सैनिकलाई भएको विभेद अन्त्यको माग सरकारले सम्बोधन नगरेको भन्दै ब्रिटिश–गोर्खा भूतपूर्व सैनिक संगठनले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ। , बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भुतपूर्व गोर्खा सैनिक संगठनले आफ्ना मागहरु सरकारले पूरा नगरेको भन्दै असार ३ गतेदेखि दोस्रो चरणको आन्दोलन घोषणा गरेको हो।, पत्रकार सम्मेलनमा बोल्दै ब्रिटिश–गोर्खा भुतपूर्व सैनिक संगठन सिङ्गापुर गोर्खाज विभागका प्रमुख पलबहादुर घर्तीले असार ३ गते काठमाडौंको रत्नपार्कस्थित शान्तिवाटिकामा शान्तिपूर्ण आन्दोलन गर्ने बताए।, उनले भुतपूर्व सैनिकहरुको माग सरकारले सम्बोधन गर्ने गरी बिरोध प्रदर्शन तथा बेलायती राजदूतावास अगाडि एक घण्टा धर्ना गर्ने कार्यक्रम तय भएको बताए। , प्रमुख घर्तीले राजदूतावासमार्फत बेलायती प्रधानमन्त्रीलाई ब्रिटिश–गोर्खा भुतपूर्व सैनिकका १६ बुँदे मागसहित ध्यानाकर्षण पत्र पुनः बुझाउने बताए। , उनले बेलायत सरकारलाई नेपाल सरकारले १६ बुँदे मागपत्र पूरा गर्न पहल नगरी बेवास्ता गरे भूतपूर्व गोर्खा सैनिक मानव अधिकार तथा जातीय विभेद सम्बन्धि अन्तर्राष्ट्रिय संस्थाको सहभागितामा देशव्यापी आन्दोलन गर्ने चेतावनी दिए।, प्रमुख घर्तीले सिङ्गापुर प्रहरी सेवाबाट अवकाश पाप्त गोर्खामाथि बेलायत र सिङ्गापुर सरकारबाट ठूलो अन्याय र चर्को विभेद भइरहेकाले त्यसको अन्त्यका पहलको माग गर्दै आए पनि सरकारले सुनुवाइ नगरेको बताए। , उनले सरकारले कुनै सन्धि, सम्झौता बिना अहिलेसम्म पनि बेलायतले नेपालीलाई सिङ्गापुरको लागि भर्ती गरी पठाइरहेको भन्दै बेलायत, नेपाल र सिङ्गापुरमध्ये यसमा को जिम्मेवार छ भन्ने अन्यौलता रहेको बताए।, नेपाल सरकारले मुख्यतया सिङ्गापुर प्रहरीबाट अवकाश प्राप्त भुपू सैनिकलाई सिङ्गापुरका सैनिकसरह तलव, भत्ता, पेन्सन र अन्य सेवा सुविधाहरु सम्मान गराउन पहल गर्न माग गरे। , एउटै संस्थामा एकै प्रकारका काम गर्ने दुई देशका नागरिकको तलव, भत्ता, पेन्सन र अन्य सेवा सुविधाबीच यस्तो अन्तर हुनु दुःखद पक्ष भएको उनको भनाई छ।, सिंगापुर प्रहरीमा सेवारत हुँदासमेत गोर्खा प्रहरीका श्रीमती र उमेर पुगेका छोराछोरीले उनीहरुको योग्यता अनुसार सिङ्गापुरमा कुनै काम गर्ने व्यवस्था गर्न सरकारले पहल गर्नुपर्ने बताए।, प्रमुख घर्तीले  सिङ्गापुर र बेलायत सरकारले सिङ्गापुर गोर्खामाथि गरेका जातीय विभेद मानव अधिकारको दृष्टिकोण अनुचित रहेकोसमेत बताए।, ब्रिटिश–गोर्खा भूतपूर्व सैनिक संगठनद्वारा दोस्रो चरणको आन्दोलन घोषणा
सेतोपाटी संवाददाता बञ्चरेडाँडामा स्थानीय र प्रहरीबीच झडप भएको छ। , बुधबार काठमाडौंबाट फोहोर फाल्न बञ्चरेडाँडामा लग्न दुई सय बढी प्रहरी परिचालन भएका छन्। स्थानीयले फोहोर फाल्न लग्न नदिएपछि प्रहरीले बल प्रयोग गरेको छ। , अहिले अवस्था तनावपूर्ण भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए। , उनका अनुसार स्थानीयले प्रहरीमाथि ढुंगामुढा समेत गरेका छन्। , स्थानीयले ढुंगामुढा प्रहारगरेसँगै प्रहरीले पनि बल प्रयोग गरेको उनले बताए।, प्रहरीले दुई सेल अश्रु ग्यास प्रहार गरेको उनले बताए। , यस्तै ३७ जनाको सशस्त्र प्रहरीको टोली पनि खटिएको छ।, स्थानीयहरू बाटोमा ढुंगामुढा तेर्स्याएर डाँडामाथि उक्लिएका छन्। , काठमाडौं महानगर, सहरी मन्त्रालय र काठमाडौं, धादिङ र नुवाकोटका जनप्रतिनिधिबीच सहमति भएपछि फोहोर उठाउन थाले पनि विसर्जन गर्ने स्थानमा स्थानीय बासिन्दाले अवरोध गर्दै आएका छन्।, बञ्चरेडाँडामा स्थानीय र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रसुति बिदा ९८ दिन पाइने बताएको छ।, कम्तिमा ९८ दिन तलबसहित बिदा दिन मन्त्रालयले सूचना निकालेर जानकारी गराएको छ।, सरकारी, निजी वा गैरसरकारी संघसंस्थामा कार्यरत महिलाले सुत्केरी हुनुअघि वा पछि गरी ९८ दिन बिदा पाउने मन्त्रालयले जनाएको छ।, प्रसुति बिदा नदिएको भन्ने गुनासा सुनिएको भन्दै मन्त्रालयले सूचना निकालेर ९८ दिन बिदा पाइने उल्लेख गरेको छ।, सुत्केरी बिदा ९८ दिन लिन पाइने
सेतोपाटी संवाददाता अछाममा मृत फेला परेका किशोरको शव उठाउने सहमति भएको छ। , बुधबार मृतकका परिवार र प्रहरी बसेर गरिएको छलफलमा मृतक विनोद शाहीको शव उठाउने सहमति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश विष्टले जानकारी दिए।, पञ्चदेवल विनायक नगरपालिका-४ तल्लो कुच्चीस्थित भिरमा १७ वर्षीय किशोरको शव गत शनिबार बिहान १० बजे फेला परेको थियो। उनको शव भिरमा खसेको अवस्थामा फेला परेको थियो। शवको पोष्टमर्टमको लागि जिल्ला अस्पताल मंगलसेन लग्ने प्रहरीको तयारी छ। , उनी गत १७ गतेदेखि बेपत्ता थिए। मृतकका परिवारले पनि उनको हत्या भएको भन्दै जाहेरी दिएका छन्। , यस घटनाको अनुसन्धान गर्न काठमाडौंबाट केन्द्रीय अनुसन्धान ब्युरोबाट प्रहरी नायब उपरीक्षकको कमान्डमा टोली खटिएको छ। सो टोलीले पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक विष्टले बताए। , प्रहरीका अनुसार मृतक शाही एमाले पक्षधरका हुन्। उनको शव फेला परेपछि एमाले र नेपाली कांग्रेसका कार्यकर्ताहरूबीच विवाद भएको थियो। विवाद हुँदा प्रहरीलाई समेत घटनास्थलमा जान दिइएको थिएन। , पछि छलफल गरी प्रहरी घटनास्थलमा पुगेको हो। अहिले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट प्रहरी वरिष्ठ उपरीक्षक जनकराज पाण्डेको नेतृत्वमा पनि टोली खटिएको छ।, अछामका विनोद शाहीको शव उठाउने सहमति
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाको कल सेन्टरमा एकैदिन करिब ८ सय सर्वसाधारणले फोन गरेका छन्।, सोमबार उद्घाटन गरी मंगलबारदेखि सञ्चालनमा ल्याइएको कल सेन्टरमा एकैदिन करिब ८ सय सर्वसाधारणले फोन गरेको सूचना विभागका प्रमुख नवराज ढकालले जानकारी दिए। , उनका अनुसार मंगलबार मात्रै करिब ८ सय मानिसहरूले फोन गरी गुनासो, सोधपुछ तथा बधाई दिएका हुन्।, फोन गर्ने मानिसहरू धेरैले फोहोरको गुनासो गरेको उनले बताए।  , ‘फोन गरेकामध्ये ८० प्रतिशत मानिसहरूले फोहोरमैलासम्बन्धी गुनासो राख्नुभएको छ’, ढकालले भने ,‘उहाँहरू फोहोर कहिले उठ्छ भनेर जिज्ञासा र गुनासो राख्नुहुन्छ। १० प्रतिशत मानिसहरूले बधाई दिनु भएको छ भने बाँकीले ढल, विद्यालय लगायतका विषयमा गुनासा गर्नुभएको छ।’ , फोन गर्नेहरूले फोहोरबाहेक कलेजको पर्दा च्यातिएको, घर निर्माण र करसम्बन्धी, विद्यार्थीले होस्टेलमा राम्रो सुविधा नपाएको लगायत विषयमा गुनासो गरेको ढकालले बताए। , यस्तै बाटामा भएका खाल्डाखुल्डी कहिले पुरिने र पिच हुने भन्ने विषयमा समेत जिज्ञासा आएको उनले बताए।, यस्तै स्वास्थ्यमा क्षेत्रको असुविधा, कर, क्युआर कोड कसरी लिने जस्ता विषयमा उनीहरूले जानकारी लिन खोजेका छन्। , ढकालले अहिले कार्यालय अवधिमा मात्र कल सेन्टर सञ्चालनमा ल्याइएको बताए। सार्वजनिक बिदाका दिनमा पनि कल सेन्टरमा फोन गरी आफ्नो गुनासो रेकर्ड गर्न सकिने व्यवस्था रहेको उनले जानकारी दिए। , ‘महानगरसँग कुनै पनि गुनासो तथा सल्लाह सुझाव भए सेवाग्राहीले निःशुल्क टोल फ्री नम्बर १६६००१०५५११ मा सम्पर्क गर्न सक्नुहुन्छ,’ उनले भने, ‘उहाँहरूले आफ्नो समस्या राखेपछि हामीले सम्बन्धित निकायलाई सो समस्या फरवार्ड गरिदिन्छौं।’ , कल सेन्टरमा फोन गरेर मात्र नभई इमेल र एसएमएस गरेर पनि महानगरवासीले आफ्नो गुनासो राख्न सक्छन्। , अहिले कल सेन्टर सञ्चालनमा आएपनि गुनासोहरू सम्बोधन नगरिसकेको ढकालले जानकारी दिए।, ‘कल सेन्टरमा कसैले फोन गर्दा नलाग्ने इत्यादि समस्या भए समस्या रेकर्ड गरेर पनि राख्न सक्नुहुन्छ,’ कल सेन्टरमा काम गरिरहेकी गुनलक्ष्मी गजुरेलले भनिन्,‘त्यसो भएको खण्डमा रेकर्ड भएको समस्यालाई हामीले सुनेर गुनासो सम्बोधन गर्न सम्बन्धित निकायलाई फरवार्ड गर्नेछौं।’ , कल सेन्टर सञ्चालनमा आएको दुई दिन मात्र भएका कारण गुनासो सुन्ने काम मात्र भइरहेको उनले बताए। , राष्ट्रिय सभा गृहबाट सञ्चालित कल सेन्टरमा हाल तीन जना कार्यरत छन्। अहिले कल सेन्टरमा एकैपटक १५० जनाले फोन गर्न सक्ने क्षमताको सफ्टवेयर भएको ढकालले बताए।  , काठमाडौं महानगरको पहिलो कार्यपालिका बैठकले एक साताभित्र कल सेन्टर सञ्चालनमा ल्याउन गरेको निर्णय कार्यान्वयन गर्दै सोमबारदेखि राष्ट्रिय सभा गृहमा कल सेन्टर सञ्चालनमा ल्याइएको हो।, यस्तै महानगरले पूर्वाधार एम्बुलेन्स पनि सञ्चालनमा ल्याइएको ढकालले बताए। , ‘महानगरको मातहतमा भएका दुई वटा गाडीलाई पूर्वाधार एम्बुलेन्स बनाइएको छ,’ ढकालले भने, ‘पूर्वाधार एम्बुलेन्समा दुई इन्जिनियर सहित ४ जना मजदुरहरूको टोली तयारी अवस्थामा छन्।’ , कुनै ठाउँबाट फोन आएपछि दुई जना इन्जिनियरको टोली सम्बन्धित ठाउँमा पुग्छ।  निरीक्षण गरेपछि के-के काम गर्नु पर्ने हो उनीहरूले योजना बनाउँछन्।, सोहीअनुसार काम गर्न उनीहरूले सिफारिस गर्छन्।  , ‘टेन्डर निकालेर गर्नुपर्ने ठूला कामहरू भने सोही अनुरूप हुन्छ’ ढकालले भने,‘फुटपाथका खाल्डाखुल्डी पुर्नेजस्ता साना  काम पूर्वाधार एम्बुलेन्समा भएको टोलीले नै गर्छ।’ , काठमाडौंको कल सेन्टरमा एकैदिन ८ सय जनाको फोन
सेतोपाटी संवाददाता प्रहरी महानिरीक्षक (आइजिपी) नियुक्तमा असन्तुष्ट प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले थप बिदा मागेका छन्।, सरकारले आइजिपी धिरजप्रताप सिंहलाई नियुक्ति दिएपछि पोखरेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। तर सो मुद्दाको किनारा लागिसकेको छैन। आफूभन्दा कनिष्ठलाई आइजिपी बनाएपछि पोखरेल असन्तुष्ट छन्।, जसकारण उनले थप बिदा माग गरेका हुन्। उनले एक सहयोगीमार्फत् बिदाको निवेदन प्रहरी प्रधान कार्यालयमा पठाएका छन्। , उनले थप १० दिनको लागि बिदा मागेका छन्। तर बिदा स्वीकृत भइनसकेको स्रोतले बतायो। , यसअघि उनले तत्कालीन आइजिपी शैलेश थापा क्षेत्रीसमक्ष बिदा स्वीकृत गराएका थिए। उनले ३० दिनको बिदा स्वीकृत गराएका थिए। त्यो बिदा सकेपछि उनले थप बिदा मागेका हुन्। , आइजिपी नियुक्तिप्रति अर्का एआइजी सहकुल थापा पनि असन्तुष्ट थिए। उनी पनि त्यसविरूद्ध अदालत जाने सोचमा थिए। तर उनी भने काममा फर्किएका थिए।, प्रहरी प्रधान कार्यालयले मंगलबारमात्रै एआइजीहरूको सरूवा तथा पदस्थापन गरेको थियो। एआइजी पोखरेललाई मानवस्रोत विकास विभाग, नक्सालबाट प्रदेश समन्वय विभागमा सरूवा गरेको छ।, एआइजी विश्वराज पोखरेलले मागे थप बिदा
राजेश घिमिरे चितवनको रत्ननगर नगरपालिकाको टाँडी बजारदेखि उत्तरतर्फ नेपाल टेलिकमको कार्यालय छ। त्यो कार्यालय नजिकै लामो समय काठको मिल सञ्चालन भयो। यहाँ काठबाट फर्निचर बनाएर बिक्री गर्ने काम हुन्थ्यो। यसका सञ्चालक थिए, मुस्ताङबाट बसाइँ सरेर चितवन आइपुगेका सम्मरबहादुर शेरचन।, २०४६ सालदेखि चितवनमा काठको मिल सञ्चालन गर्दै आएका थिए उनले। मिलमा उनलाई छोरा सुवासले सघाउँथे। सुरूआतमा व्यवसाय राम्रै भए पनि देशमा लोडसेडिङ बढ्दै जाँदा शेरचन परिवारको यो व्यवसाय धरासयी बन्न थाल्यो। दैनिक १२ घन्टासम्म लोडसेडिङ हुँदा मिल चलाउनै नसक्ने अवस्था आइलाग्यो।, लोडसेडिङकै कारण काठको मिल चलाउन नसक्ने टुंगोमा पुगेपछि करिब ५ वर्ष अघि शेरचन परिवारले मिलका सबै सामानहरू बिक्री गर्‍यो। त्यसको केही समयपछि सम्मरबहादुर शेरचनको निधन भयो।, पछि छोरा सुवासले काठ मिल भएको ठाउँमा ‘मार्ट’ खोले। मार्ट सञ्चालनमा आएको केही वर्षपछि उनले व्यवसायमा लगानी बढाउने सोच बनाए। त्यही सोचअनुसार पाँच महिना अघि मार्टको आडैमा थकाली भान्छा घर खोले।, पहिले काठ मिल भएको क्षेत्रमा अहिले उनको घर अनि उनले सञ्चालन गरेको पी मार्ट र थकाली भान्छा घर सञ्चालन हुन थालेको छ। यी दुई व्यवसायमा उनले करिब १ करोड रुपैयाँ लगानी गरेका छन्। , उनको परिवारले चलाएको काठ मिल बन्द हुनुमा लोडसेडिङ मुख्य कारण बनेजस्तै लोडसेडिङको अन्त्य थकाली भान्छा घरमा लगानीको कारण बन्न पुग्यो। अनि सुवासले लोडसेडिङ अन्त्य गर्न भूमिका खेलेको भन्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सम्झिए।, सुवासले थकाली भान्छाको प्रांगणमा एउटा टावर खडा गरेका छन्। यसलाई नाम दिएका छन्-  कुलमान टावर।, झट्ट हेर्दा विद्युतको हाइटेन्सन टावर जस्तो देखिने यो टावरलाई रंग-रोगन गरेर आकर्षक बनाइएको छ। टावरमा डोरो टाँगेर पतकाहरू टाँसिएको छ। यो हाइटेन्सन लाइनमा जोडिएको आकर्षक तार जस्तो देखिन्छ। टावरसँगै घिसिङको फोटो छ। त्यसमा ‘उज्यालोको प्रतीक, द रियल हिरो कुलमान घिसिङ’ लेखिएको छ। , ‘मैले नेपाललाई उज्यालो बनाउन भूमिका खेल्नुभएका कुलमान घिसिङको सम्मानमा यो टावर निर्माण गरेको हुँ। यो मेरै डिजाइनमा बनेको हो। उहाँकै मेहनतका कारण आज हामीले सहज रूपमा व्यवसाय गर्न पाएका छौं,’ शेरचनले भने, ‘मलाई व्यवसायमा लगानी गर्ने आँट नै उहाँका कारण आएको हो।’, उनले रेष्टुरेन्ट निर्माणको क्रममा फलामको काम गर्ने मिस्त्रीलाई नै यो टावर बनाउन लगाएका थिए। फलाम, अन्य सामान र ज्यालामा गरेर टावर बनाउन २ लाख रुपैयाँभन्दा बढी खर्च भएको उनले बताए। टावर लगाइएको रंगमामात्रै उनले २० हजार रुपैयाँ भन्दा बढी खर्च गरेका छन्। अझै भुइँलाई आकर्षक बनाउन केही पैसा खर्च गर्न लागेको उनले बताए।, उनले रेष्टुरेन्टमा बनाएको टावर हेर्न अचेल धेरै मान्छेहरू पुग्ने गरेका छन्।, ‘कुलमान टावर हेर्न भनेर आउनुहुन्छ, फोटो खिच्नुहुन्छ। कोहीले त थकाली भान्छा घरलाई नै कुलमान टावर भन्न थाल्नुभएको छ,’ शेरचन भन्छन्, ‘जे होस् मैले सम्मान गर्ने व्यक्तित्वको नाममा यति गरें। मैले गरेको काम पनि धेरैले मनपराइदिँदा खुसी लागेको छ।’, कुनैबेला लोडसेडिङबाट आजित शेरचनले खडा गरेको ‘कुलमान टावर’
सेतोपाटी संवाददाता काठमाडौंबाट फोहोर लिएर गएका टिपरहरू फर्किएका छन्।, बुधबार स्थानीयले अवरोध गरेपछि प्रहरी नै परिचालन गरी बञ्चरेडाँडामा फोहोरको टिपर लगिएको थियो। तर स्थानीयले लगातार अवरोध पुर्‍याएपछि फोहोरको टिपर फर्किएको छ। , अहिले फोहोर फाल्ने टिपरहरू फर्किएको संघर्ष समितिका संयोजक श्रीराम ढुंगानाले जानकारी दिए।, उनका अनुसार प्रहरीले तीन सेल अश्रुग्यास पनि प्रहार गरेको छ। यस्तै, प्रहरीले आठ जनालाई नियन्त्रणमा लिएको उनले दाबी गरे। , ‘फोहोर बोकेको गाडी फर्किएको छ। प्रहरीले आठ जनालाई नियन्त्रणमा लिएको छ,’ उनले भने, ‘प्रहरी पनि परिचालन गरिएको छ।’, यता प्रहरीले भने चार जनालाई नियन्त्रणमा लिएको बताएको छ।, बुधबार बञ्चरेडाँडामा फोहोर फाल्नको लागि काठमाडौंबाट दुई सय बढी प्रहरी खटिएका छन्। त्यस्तै सशस्त्र प्रहरी पनि परिचालन गरिएको छ।, स्थानीयले पनि प्रहरीमाथि ढुंगामुढा गरेका छन्। , यस्तै स्थानीयहरू बञ्चरेडाँडामा कुनै हालतमा फोहोर फाल्न नदिने पक्षमा रहेको ढुंगानाले बताए।, ‘हामी सबै यहाँ डाँडामै छौं। पक्राउ परेकाहरू वृद्ध, अशक्तहरू हुन्। उनीहरूलाई प्रहरीले घरबाट लगेको छ,’ उनले भने,‘हामी यहाँ फोहोर फाल्न दिन्नौं। ३६५ दिन नै यहाँ बस्छौं।’, बञ्चरेडाँडामा खटिएका एक प्रहरीका अनुसार फोहोर बोकेका गाडी चालकहरू आफैं फर्किन लागेका हुन्। , ‘गाडीमा क्षति पुग्छ भन्ने हिसाबले उनीहरू फर्किन लागेका हुन्,’ ती प्रहरीले भने।, बञ्चरेडाँडामा आज स्थानीय-प्रहरी झडपपछि फोहोर नफाली फर्किए टिपर
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार १६ जनामा संक्रमण पुष्टि भएको हो।, तीन हजार ४९ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , दुई हजार १२१ जनाको पिसिआर र ९ सय २८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर १०९ जना सक्रिय संक्रमित छन्।, बुधबार ८ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।, देशभर थपिए १६ कोरोना संक्रमित, मृत्यु हुनेको संख्या शून्य
सेतोपाटी संवाददाता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका लागि मौसमअनुकूल नभएपछि बुधबार दुई वटा अन्तर्राष्ट्रिय उडान भारततर्फ डाइभर्ट भएका छन्।, विमानस्थलका अनुसार इन्डिगो एयरलाइन्स र विस्तारा एयरलाइन्सको विमान भारतको लखनऊ डाइभर्ट गरिएको छ।, विमानस्थलका अनुसार जापानबाट आउँदै गरेको नेपाल एयरलाइन्स र दक्षिण कोरियाबाट आउँदै गरेको कोरियन एयरलाइन्स आकाशमै होल्ड गरिरहेका छन्।, एक घन्टाको होल्ड पछि दुबै जहाज काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका छन्।, विमानस्थलमा दिउँसो खराब मौसमका कारण १६ सय मिटर मात्र भिजिबिलिटी भएपछि उडान प्रभावित भएका हुन्।, आन्तरिक उडानमा रहेका वायुसेवाका पनि केही उडान प्रभावित भएका छन्।,  , काठमाडौंमा २ वटा अन्तर्राष्ट्रिय जहाज डाइभर्ट, दुइटा आकाशमै होल्ड
रासस अत्यधिक गर्मी बढेपछि कैलालीको गोदावरी नगरपालिका अन्तर्गतका सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरिएको छ।, आज एक सूचना जारी गर्दै नगरपालिकाले गर्मीका कारण जेठ २६ देखि ३१ गतेसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो।, सूचनामा गोदावरी नगरपालिका अन्तर्गतका सम्पूर्ण विद्यालयहरूमा लामो बिदाबाट मिलान हुने गरी बिदा गर्न हुन अनुरोध गरिएको छ। ,  , गर्मी बढेपछि गोदावरीका विद्यालय बन्द गर्ने निर्णय
सेतोपाटी संवाददाता सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा पदोन्नति भएका चन्द्रप्रकाश गौतमलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्।, नेपाल सरकार मन्त्रिपरिषद्को यही जेठ २३ गतेको निर्णयले गौतम सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) बाट सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका हुन्।, सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले उनको कार्यक्षमता, योग्यता, कार्यकुशलता र व्यावसायिकताको मूल्यांकन गर्दै नेपाल सरकारले पदोन्नति प्रदान गरेको स्मरण गर्दै आगामी कार्यकाल सफलताको शुभकामना दिए।, उनले फौजी जीवनमा सबैले बर्दीको शान र दर्जाको मान राख्दै भ्रातृत्व, सद्भाव र आत्मविश्वाससँगै राष्ट्र र नागरिकको सेवामा जुट्नुपर्नेमा जोड दिए। , सशस्त्रका एआइजीलाई दर्ज्यानी चिन्ह
सेतोपाटी संवाददाता नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलको बिदा अस्वीकृत भएको छ। , प्रहरी महानिरीक्षक (आइजिपी) नियुक्तमा असन्तुष्ट रहेका एआइजी पोखरेलले बुधबार थप १० दिन बिदा मागेका थिए। तर सो बिदा आइजिपी धिरजप्रताप सिंहले अस्वीकृत गरेको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक बिष्णु केसीले जानकारी दिए। , सरकारले सिंहलाई आइजिपीमा नियुक्ति दिएपछि पोखरेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। आफूभन्दा कनिष्ठलाई आइजिपी बनाएपछि पोखरेल असन्तुष्ट छन्।, अदालतमा मुद्दा लड्न उनले तत्कालीन आइजिपी शैलेश थापा क्षेत्रीसँग ३० दिन बिदा स्वीकृत गराएका थिए। तर मुद्दाको फैसला अझै आइनसकेको हुँदा उनले थप बिदा बस्न चाहेका थिए। , उनले बुधबार एक सहयोगीमार्फत् बिदाको निवेदन प्रहरी प्रधान कार्यालयमा पठाएका थिए।, सो बिदा अस्वीकृत भएको जानकारी पोखरेललाई विभिन्न माध्यमबाट गराइने प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक केसीले बताए। , ‘ बिदा अस्वीकृतबारे अब उहाँलाई मेल, सियुजे लगायत विभिन्न माध्यमबाट जानकारी गराइन्छ,’ उनले भने। , पाँच जना डिआइजीलाई एआइजीमा मंगलबार बढुवा गरेसँगै प्रहरी प्रधान कार्यालय नक्सालले सरूवा तथा पदस्थापन गरेको थियो। , एआइजी पोखरेललाई मानव स्रोत विकास विभाग, नक्सालबाट प्रदेश समन्वय विभागमा सरूवा गरेको छ।, उनको भूमिका अहिले बर्खायाममा आवश्यक हुने भन्दै उनको बिदा अस्वीकृत गरिएको प्रवक्ता केसी बताउँछन्। , ‘झरीको मौसम छ। बाढी-पहिरो लगायत विपद् आउने समय हो। उहाँले अगाडि नै एक महिना बिदा पनि लिइसक्नुभएको हुँदा तत्काल काममा आउनु भनिएको छ,’ उनले भने,‘प्रदेश समन्वय विभागको प्रमुख भएकाले उहाँलाई बिदा दिन नमिल्ने भएको हो।’, उनीसँगै एआइजी सहकुल थापा पनि असन्तुष्ट थिए। उनले पनि तत्कालीन आइजिपी थापासँग बिदा स्वीकृत गराएका थिए। उनले पनि अदालतमा मुद्दा लड्ने सोच बनाएका थिए। तर गृहमन्त्री बालकृष्ण खाणसँग भेटेपछि उनी काममा फर्किएका थिए। , किन भयो एआइजी विश्वराज पोखरेलको बिदा अस्वीकृत?
सेतोपाटी संवाददाता बुधबार परेको पानीले काठमाडौंको लाजिम्पाटमा युवकसहित मोटरसाइकल बगाएको छ।, बुधबार अपरान्ह पौने ५ बजे काठमाडौं महानगरपालिका-२ लाजिम्पाटिस्थित निल सरस्वतीस्थान नजिकै रहेको टुकुचा खोलाले एक युवकलाई मोटरसाइकलसहित बगाएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , काठमाडौंको धापासी घर हुने २१ वर्षीय सुरज अर्याललाई खोलाले बगाएको थियो। , ‘अहिले परेको पानीले खोलाको बहाब बढ्यो। त्यसपछि बाइकसहित मानिसलाई बगाएको हो,’ उनले भने। , ‍पानीले बगाएका अर्यालको तत्कालै उद्धार गरिएको थियो। तर उनले चलाएको बागमती प्रदेश -०२-०१३ प २५८८ नम्बरको मोटरसाइकल भने फेला पर्न सकेन।, प्रहरीले उनको मोटरसाइकल खोजी गरिरहेको छ।, लाजिम्पाटमा मोटरसाइकलसहित युवकलाई बगायो खोलाले
रासस सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले फोहोरमैला व्यवस्थापनलाई प्रभावकारी बनाउन वडा समितिलाई पूर्ण जिम्मेवारी दिएको छ।, नगर कार्यपालिकाको पहिलो बैठकको निर्णय सार्वजनिक गर्दै नगरप्रमुख मोहनमाया ढकालले स्थानीय सरकार सञ्चालन ऐनअनुसार वडा समितिलाई जिम्मेवारी दिएको जानकारी दिइन्। , नगरपालिकाको फोहोरमैला व्यवस्थापनको जिम्मेवारी हाल क्लिन नेपाल नामक संस्थाले लिएको छ।, फोहोरमैला सङ्कलन, व्यवस्थापन र अनुगमन लगायतका कार्यको नेतृत्व अब सम्बन्धित वडाले गर्नेछ।, नगरप्रमुख ढकालले अनुगमनका क्रममा कैफियत देखिएमा सम्बन्धित वडाले ठेक्का तोड्न पाउने गरी अधिकार प्रत्यायोजन गरिएको बताइन्।, नगरपालिकाको सोमबार बसेको पहिलो कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको हो। , बैठकले ज्येष्ठ नागरिक, अति विपन्न र दीर्घरोगीलाई लक्षित गरी निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने, नगर क्षेत्रका ज्येष्ठ नागरिक र गर्भवतीका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने, ढल तथा नालाहरूको शीघ्र मर्मतका लागि तत्काल प्रधानमन्त्री रोजगार कार्यक्रम र विपद् व्यवस्थापन कोषलाई परिचालन गर्ने, वीरेन्द्रनगर–११ भेरी पुल नजिकको प्रश्रान्ति धार्मिक वन क्षेत्रमा गौशालाको पूर्वाधार निर्माण गरी छाडा चौपायाको व्यवस्थापन गर्ने, सार्वजनिक जग्गाको लगत संकलन गरी उचित संरक्षण गर्ने निर्णय गरेको छ। , त्यस्तै, बैठकले स्थानीय राजश्व परामर्श समिति र स्रोत अनुगमन तथा बजेट सीमा निर्धारण समितिलाई पूर्णता दिएको छ।, राजश्व परामर्श समितिका सदस्यमा वडा नं ७ का अध्यक्ष ध्रुवकुमार चापागाइँ र कार्यपालिका सदस्य यमुनाकुमारी नेपालीलाई मनोनयन गरेको भने बजेट सीमा निर्धारण समितिका सदस्यहरूमा कार्यपालिका सदस्यहरू रचना बाठा, सरिता चौधरी र नवराज गुरूङलाई मनोनीत गरेको छ। , नगरप्रमुख ढकालका अनुसार ‘म बनाउँछु मेरो नगरलाई शैक्षिक हब अभियान’ अन्तर्गत नगर शैक्षिक कोष स्थापना गर्न नगर शिक्षा, युवा तथा खेलकुद शाखालाई मस्यौदा तयार गर्न जिम्मेवारी दिने, भूमिसम्बन्धी समस्या समाधानका बाँकी कार्यहरूलाई निरन्तरता दिने निर्णय गरेको छ।, कार्यपालिका बैठकका निर्णय सार्वजनिकीकरण कार्यक्रममा उपप्रमुख नीलकण्ठ खनाल, प्रमुख प्रशासकीय अधिकृत नरहरि तिवारी पनि उपस्थित थिए।, वीरेन्द्रनगरको फोहोरमैला व्यवस्थापनको जिम्मा वडा समितिलाई
राजेश घिमिरे मंगलबार अपरान्ह चितवनको जंगलमा निउरो टिप्न गएकी महिलालाई बाघले आक्रमण गर्‍यो। भरतपुर महानगरपालिका-२३ मा पर्ने घैलाघारी सामुदायिक वनमा चार जना निउरो टिप्न गएका थिए। उनीहरूमध्ये घैलाघारी बस्ने ५५ वर्षकी मंगली बोटेको बाघको आक्रमणबाट मृत्यु भयो।, जेठ महिनामा बाघले आक्रमण गरेको चौंथो घटना हो। यो महिनामा बाघको आक्रमणबाट मृत्यु भएकामध्ये अन्य २ जना पनि निउरो टिप्नै जंगल छिरेका थिए। एक जना गाई चराउन गएकी महिला थिइन्।  , जेठ ८ गते भरतपुर महानगरपालिका-१३ स्थित वेलसहर मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न, निउरो खोज्न गएकी फुलकुमारी बोटेको बाघको आक्रमणबाट मृत्यु भएको थियो। ५२ वर्षीया बोटेलाई बाघले आक्रमण गरेर घिसार्दै करिब सात सय मिटर पर पुर्‍याएको थियो।, जेठ १६ गते बाघले राप्ती नगरपालिकाको वडा नम्बर १ मा निकुञ्जभित्र राप्ती नदीको किनारमा गाईवस्तु चराउन गएकी महिलालाई आक्रमण गर्‍यो। ५३ वर्षीया सेतीमाया तामाङ घर नजिकै पर्ने निकुञ्जको क्षेत्रभित्र गाई चराउन गएकी थिइन्। अपरान्ह ४ बजेतिर बाघको आक्रमणमा परेर उनको घटनास्थलमै मृत्यु भएको थियो।, यो घटना भएको २६ घन्टापछि(जेठ १७ गते) भरतपुर महानगरपालिकाको वडा नम्बर ११ मा पर्ने जंगलमा जंगली जनावरको आक्रमणबाट एक व्यक्तिको मृत्यु भयो। नवजागृति सामुदायिक वनमा निउरो र च्याउ खोज्न गएका ५१ वर्षका चाथर कुमाललाई कुन जनावरले आक्रमण गर्‍यो भन्ने खुलेको छैन। स्थानीयबासी भने कुमालको बाघकै आक्रमणबाट मृत्यु भएको बताउँछन्।, चितवन राष्ट्रिय निकुञ्ज र आसपासका वन पाटेबाघका मुख्य बासस्थान हुन्। पाँच वर्षअघि भएको गणनामा यहाँ ९३ वटा पाटेबाघ भेटिएका थिए। देशभरमा २३५ वटा बाघ भेटिएका थिए। केही महिनाअघि मात्रै देशभर बाघ गणना गरिएको छ। त्यसको नतिजा आउन बाँकी छ। बाघको संख्या विगतको भन्दा बढ्ने अनुमान विज्ञहरूको छ।, संख्या बढ्दै जाँदा बाघको आक्रमणबाट मान्छेको मृत्यु हुने क्रम पनि बढेको छ। चितवन निकुञ्जका अनुसार २०७६ सालमा बाघको आक्रमणबाट मान्छेको मृत्यु भएको थिएन। त्यसपछिको वर्ष चार जनाको बाघको आक्रमणबाट मृत्यु भयो।  , गत वर्षको असारयता चितवन राष्ट्रिय निकुञ्ज र आसपासका वन क्षेत्रमा बाघको आक्रमणबाट मात्रै १५ जनाको मृत्यु भएको छ।, चितवन राष्ट्रिय निकुञ्जले उपलब्ध गराएको विवरणअनुसार २०७६ सालको चैतयता निकुञ्ज र आसपासका वन क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट ३६ जनाको मृत्यु भएको छ। यो अवधिमा बाघको आक्रमणबाट मात्रै १९ जनाको ज्यान गएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए। एक सिंगे गैंडाको आक्रमणबाट १० जना, जंगली हात्तीको आक्रमणबाट ५ जना, गौरी गाई र बँदेलको आक्रमणबाट एक/एक जनाको मृत्यु भएको उनले बताए।, गत चैतयताको करिब तीन महिनामामात्रै चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वन क्षेत्रमा बाघ र गैंडाको आक्रमणबाट १० जनाको मृत्यु भएको छ। यो अवधिमा ९ जनाको बाघको आक्रमणबाट र एक जनाको गैंडाको आक्रमणबाट मृत्यु भएको हो।, गत चैत २ गते गैंडाले आक्रमण गर्न खोज्दा भाग्ने क्रममा आत्तिएर दलदले पोखरीमा हाम फालेका खड्ग दल गणका जवान २६ वर्षका पवन कटुवालको पोखरीमा डुबेर मृत्यु भएको थियो।, चैत २० गते सामुदायिक वनमा घाँस काट्न गएका व्यक्तिको बाघको आक्रमणबाट मृत्यु भयो। बेलहट्टा मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका सुरेश सुनारको बाघको आक्रमणबाट मृत्यु भएको थियो।, यसको चार दिनपछि संयुक्त राप्ती सामुदायिक वनमा घाँस काट्न गएका ४० वर्षीय प्रेम परियारलाई बाघले निसाना बनायो।, चैत २६ गते खैरहनी-१२ स्थित कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका ६५ वर्षका रामप्रसाद धमलालाई बाघले आक्रमण गर्‍यो। उनको शव भोलिपल्ट शरीरको पछाडि र तिघ्रा बाघले खाएको अवस्थामा फेला परेको थियो।, वैशाख १६ गते अपरान्ह साढे ४ बजेतिर निकुञ्जको हेडक्वाटर कसरामा रहेको हात्तीसार केन्द्रमा कार्यरत माहुतेलाई बाघले निसाना बनायो। बारा जिल्लाको कोल्वी-१ घर भएका २३ वर्षीय रमेश चौधरीलाई हात्तीसारमै बाघले आक्रमण गरेको थियो। उनको घटनास्थलमै मृत्यु भयो।, त्यसको दुई दिनपछि बाघको आक्रमणबाट पूर्वी चितवनको खैरहनी–१३ का ६५ वर्षीय नारायणबहादुर दाहालले ज्यान गुमाए। स्थानीय कुमरोज मध्यवर्ती सामुदायिक वनको राप्ती घाँसे मैदानमा घाँस काट्न जाने क्रममा उनलाई बाघले आक्रमण गरेको थियो। बाघले आक्रमण गरेको स्थानभन्दा १ किलोमिटर पर घाँटीमा चोट लागेको, दाहिने तिघ्राको भाग कोपारेको अवस्थामा दाहालको शव भेटिएको थियो।, यो घटनाको भोलिपल्ट (वैशाख १९ गते) मेघौलीका ३७ वर्षीय मनबहादुर कुमाल गैंडाको निसानामा परे। मिस्त्री काम गर्ने कुमाल घरभन्दा करिब चार सय मिटरपर पुग्दा मकैबारीमा रहेको गैंडाको आक्रमणमा परेर घाइते भएका थिए।, आक्रमणका सबै घटना जंगलभित्रै भएको चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले बताए। मृत्यु हुनेमध्ये अधिकांश निउरो खोज्न जंगलभित्र जाने महिला छन्। त्यसपछि च्याउ खोज्न, घाँस, दाउरा काट्न जंगल गएका छन्। यसरी जाँदा मान्छे र बाघको जम्काभेट हुने सम्भावना धेरै हुन्छ। आचार्यले निउरोको सिजनमा बाघको आक्रमणको घटना बढी देखिएको बताए।, पूर्व-पश्चिम राजमार्गको भरतपुर-टिकौली खण्डको सडक छेउमा निउरो बेच्नेको संख्या बढ्दो क्रममा छ। निउरो बेच्नेहरू यो सडकमा लहरै लागेर बसेका देखिन्छन्। बिक्री गर्ने अधिकांश महिला छन्।, ‘आफ्नो क्षेत्रमा मान्छे आएपछि बाघले आक्रमण गरेको छ। बाघको बासस्थानमा मान्छेको आवातजावत रोक्न हामीले प्रयास गर्दै आएका छौं तर पनि दुखद् घटना रोकिएका छैनन्,’ आचार्यले भने, ‘बेचेर पैसा कमाउन सजिलो भएर मान्छेहरू निउरो टिप्न जंगल जाने क्रम बढेको पाइएको छ।’, प्रमुख संरक्षण अधिकृत आचार्यका अनुसार निकुञ्जले मान्छेमाथि आक्रमण गर्ने बाघलाई डार्ट(बेहोस बनाउने औषधी राखिएको सुई बन्दुकमा लोड गरेर हान्ने) गरेर नियन्त्रणमा लिने गरेको छ। यसरी नियन्त्रणमा लिइएको बाघलाई निकुञ्जको इक्लोजरमा राख्ने गरिएको छ। केहीलाई रेडियो कलर जोडेर पुनः जंगलमा छाडिएको छ।, ‘तर प्रकृतिक बासस्थानमा बसिरहेका बाघलाई डार्ट गरेर वा समातेर थुन्दा धेरै समय बाँच्दैनन्। त्यसैले धेरै कुरा सोच विचार गरेर डार्ट गर्नुपर्ने हुन्छ,’ आचार्यले भने, ‘हाम्रो प्रयास त बाघको बासस्थानमा मान्छेको आवातजावत रोक्नेमै रहन्छ।’, गत महिनामा मेघौलीबाट समातेर निकुञ्जको कार्यालयमा लगिएको बाघको दूधे बच्चा मरेको उनले बताए।, चितवनमा तीन महिनामा बाघले लियो ९ जनाको ज्यान, निउरोको सिजनमा किन बढ्छ आक्रमण?
सेतोपाटी संवाददाता नेपाल प्रहरीका पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)ले दर्ज्यानी चिन्ह लगाएका छन्। , बुधबार नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित एक कार्यक्रममा प्रहरी महानिरीक्षक (आइजिपी) धिरजप्रताप सिंहले पाँच एआइजीलाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन्। , सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको सिफारिसमा पाँच जनालाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो। , उत्तमराज सुवेदी, अरूणकुमार बिसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पुजा सिंहको बढुवा भएको हो। उनीहरूको बढुवासँगै पदस्थापन पनि भएको छ। ,  , पाँच एआइजीलाई दर्ज्यानी चिन्ह
सेतोपाटी संवाददाता नेपालगञ्ज मेडिकल कलेजले ढल व्यवस्थापनमा लापरबाही गरिरहेको भन्दै तत्काल यो काम सुधार्न कोहलपुर नगरपालिकाले आग्रह गरेको छ।, कोहलपुरका मेयर पूर्णप्रसाद आचार्यले बुधबार मेडिकल कलेज सञ्चालकलाई पत्रचार गरी वातावरण प्रतिकूल असर परेको भन्दै तत्काल त्यो समस्या समाधान गर्न भनेका छन्।, वर्षौंदेखि अस्पतालबाट दैनिक रूपमा निस्किने फोहर तथा रसायनयुक्त फोहरमैला कोहलपुरस्थित डुडुवा खोलामा ढलमार्फत सोझै बिसर्जन गरिँदै आएको छ।, ‘अस्पतालको घातक फोहर सिधै ढलमा मिसाउँदा वातावरण प्रदूषणसँगै जैविक विविधता नष्ट भइरहेको हुँदा मेडिकल कलेज सञ्चालकलाई तत्काल त्यो सच्याउन आग्रहका साथ पत्र काट्नुपरेको हो,’ मेयर आचार्यले भने, ‘अस्पतालबाट ढल व्यवस्थापनमा भइरहेको लापरबाहीलाई नजरअन्दाज गर्न सकिँदैन।’,  , खोलामा फोहोर र रसायन मिसाउने काम तत्काल रोक्न नेपालगञ्ज मेडिकल कलेजलाई पत्राचार
सेतोपाटी संवाददाता काठमाडौंको दक्षिणकाली नगरपालिका फर्पिङको जंगलमा मृतक फेला परेका दुई जना युवायुवतीको पहिचान खुलेको छ।, मकवानपुर इन्द्रसरोवर गाउँपालिकाका १९ वर्षीय मनिष ठकुरी र दाङ राप्ती गाउँपालिकाका १९ वर्षीया विमला कुमालको शव फेला परेको जिल्ला प्रहरी परीसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , प्रहरी उपरीक्षक मैनालीका अनुसार सोमबार बिहान फर्पिङको जंगलमा उनीहरूको शव घोप्टो परेको अवस्थामा भेटिएको थियो।, शव फेला परेको ठाउँनजिकै विषको बट्टा पनि फेला परेको प्रहरीले जनाएको छ। ,  , फर्पिङको जंगलमा भेटिएको दुई युवायुवतीको पहिचान खुल्यो
सेतोपाटी संवाददाता काठमाडौंका आठ वटा क्यासिनोमा प्रहरीले छापा मारेको छ। , सोमबार राति काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले छापा मारेको प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए। , छापा मारिएकामध्ये तीन वटा क्यासिनोबाट आठ जना नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।, नक्सालस्थित मेरियट होटल, दरबार मार्गको एलप र भेगासबाट उनीहरू समातिएका हुन्। पक्राउ पर्नेमा म्यानेजर समेत रहेको प्रहरीले जनाएको छ।, नेपालीहरू क्यासिनोमा पस्न थालेको खबर पाएपछि उपत्यका अपराध अनुसन्धानको टोलीले छापा मारेको हो। , अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई पक्राउ गरी जिल्ला परिसर काठमाडौंलाई बुझाएको बताएको छ।,  , काठमाडौंका क्यासिनोमा प्रहरीको छापा, म्यानेजरसहित आठ नेपाली पक्राउ
सेतोपाटी संवाददाता बाँकेको नेपालगञ्जमा ७० वर्षीया वृद्धाको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। , नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ कारकाँदोकी ७० वर्षीया लिलावती गुप्तालाई कुटपिट गरी हत्या गरेको आरोपमा गाउँकै ३० वर्षीय कोइली भनिने शिवकुमार बढई पक्राउ परेका हुन्। , बाँके जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुधुसुदन न्यौपानेले गएराति दश बजेर ५० मिनेट जाँदा शिवकुमार बढईले लिलावती गुप्तामाथि कुटपिट गरेको बताए।, प्रहरीका अनुसार गुप्ताको  पसलमा शिवकुमार नशालु पदार्थ सेवन गरी पुगेको र त्यही क्रममा सामान किन्ने क्रममा विवादमा गुप्तामाथि कुटपिट गरेका थिए। , शिवकुमारको कुटपिटबाट घाइते गुप्ताको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको डिएसपी न्यौपानेले बताए। , त्यसपछि फरार रहेका शिवकुमारलाई खोजतलास गर्ने क्रममा प्रहरीले नेपालगञ्ज – १५ जमुनाहा नाका क्षेत्रबाट पक्राउ गरेको थियो।, घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।, बाँकेमा ७० वर्षीया वृद्धाको हत्या आरोपमा युवक पक्राउ
सेतोपाटी संवाददाता गोकुलेश्वरमा एकल महिलामाथि बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।, पक्राउ पर्नेमा शैल्यशिखर नगरपालिका-९ बस्कोटका ३३ वर्षीय रमेशसिंह साउद र लेकम गाउँपालिका-४ का ४५ वर्षीय हरिसिंह धामी रहेका छन्।, जिल्ला प्रहरी कार्याल दार्चुलाका अनुसार देवर नाता पर्ने  धामीले गएको १७ र १८ गते करणी गरेकाे पीडित पक्षकाे भनाइ छ।, यस्तै ज्वरो आएर उपचार गर्न गोकुलेश्वर अस्पताल जाँदा भदैनीको घरमा बास बसेकाे बेला साउँदले मध्यराति १२ बजे करणी गरेको पीडित महिलाले जाहेरीमा भनेकी छन्।, आराेपित दुबै जनामाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी निरीक्षक प्रदीप कार्कीले बताए।, गोकुलेश्वरमा एकल महिलामाथि बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
सेतोपाटी संवाददाता बञ्चरे डाँडामा फोहोर फाल्न नदिने भन्दै आन्दोलित स्थानीयमाथि प्रहरीले बल प्रयोग गरेको छ। , प्रहरीले संघर्ष समितिका श्रीराम ढुंगानासहित पाँच जनालाई नियन्त्रणमा लिएको छ। त्यस्तै धर्ना दिएर बसेका अन्य व्यक्तिहरूलाई पनि प्रहरीले नियन्त्रणमा लिएको स्थानीय बादल गजुरेलले जानकारी दिए।, उनका अनुसार त्यहाँ अहिलेसम्म फोहोर लगिसकेको छैन। तर प्रहरी र सशस्त्र प्रहरी मिलेर बल प्रयोग गरी स्थानीयलाई नियन्त्रणमा लिने काम भइरहेको उनले बताए। , ‘फोहोर अहिलेसम्म ल्याएको छैन। प्रहरी र सशस्त्र आएर सुरूमा पाँच जनालाई समाएको छ। पछि अरूलाई पनि नियन्त्रणमा लिने काम भइरहेको छ,’ उनले भने। , फोहोर फाल्न नदिने भन्दै सिसडोल र बञ्चरे डाँडा बीचको आलेटार भन्ने ठाउँमा बिहान देखि स्थानीयले धर्ना दिइराखेका थिए। प्रहरीले अहिले कसैलाई हिँड्न दिएको छैन। , प्रहरीले त्यस ठाउँ वरिपरिका घरभित्रै पुगेर पनि मानिसहरूलाई नियन्त्रणमा लिइसकेका छन्। , बञ्चरे डाँडामा प्रहरी वृत्त बालाजुका प्रहरी नायब उपरीक्षक गौतम मिश्रसहितको टोली पनि पुगेका छन्। , ‘नियन्त्रणमा लिएका छैनौं। अवरोध पुर्‍याएको हुँदा हटाएका हौं,’ उनले भने।, फोहोर ल्याउन नदिन स्थानीयले सडक पनि बन्द गर्दै अवरोध पुर्‍याएका थिए। अहिले डोजर लगाएर अवरोध हटाउने काम भइरहेको छ।, यी पनि हेर्नुहोस्:, बञ्चरेडाँडामा आज बिहान के भयो? सम्झौताप्रति किन असहमत छन् स्थानीय?, बालेन शाहले कहिले पाउलान् खादा र माला लगाउन? (भिडिओसहित), काठमाडौंको फोहोर फाल्न रोकेपछि बन्चरेडाँडाका स्थानीयमाथि प्रहरीको बल प्रयोग
सेतोपाटी संवाददाता जनकपुरमा एक सातादेखि हराइरहेका बालकको शव फेला परेको छ। , जनकपुरधाम उपमहानगरपालिका–२२ स्थित धनुषा-महोत्तरीको सीमामा पर्ने पैनीमा सोमबार राति ६ वर्षीय बालकको शव फेला परेको हो। , जनकपुरधाम उपमहानगर–८ स्थित दूधमति नदी नजिकै टेन्ट गाडेर बस्दै आएका सर्लाही कशिलासी नगरपालिका गैर बजारका रकी बरहीको शव सडेको अवस्थामा फेला परेको धनुषाका प्रहरी नायव उपरीक्षक प्रदिप क्षेत्रीले जानकारी दिए। , प्रनाउ क्षेत्रीका अनुसार गत जेठ १७ गते दिउँसो डेढ बजेतिर ती बालक घर अगाडिबाटै बेपत्ता भएका थिए। ‘बेपत्ता भएकै दिन बालकको हत्या भएको देखिन्छ। शव सडिसकेको छ। घाँटी थिचेर हो कि कसरी हत्या भएको हो पोष्टमार्टम रिपोर्टबाट खुल्छ,’ प्रहरी नायव उपरिक्षक क्षेत्रीले भने। , बालकका बुवाले यहाँ आफ्नो कसैसँग दुश्मनी नरहेको प्रहरीलाई भनेका छन्। घुमन्ते जीवन बिताइरहेका वरहीका परिवार करिब डेढ महिनाअघि जनकपुर आएका थिए। , बालकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ। घटनाका विषयमा थप अनुसन्धान भइहरहेको प्रहरी नायव उपरीक्षक क्षेत्रीले जानकारी दिए।, जनकपुरमा एक सातादेखि हराइरहेका ६ वर्षे बालकको शव फेला
सेतोपाटी संवाददाता नेपालमा बसोबास गर्ने भारतीयहरूले दूतावासमा रजिष्ट्रेसन गर्नुपर्ने भएको छ।, काठमाडौंस्थित भारतीय दूतावासले मंगलबार सूचना जारी गर्दै कुनै पनि किसिमका कन्सुलर सेवा लिन रजिष्ट्रेसन अनिवार्य गरिएको बताएको छ।, रजिष्ट्रेसनका लागि अनलाइनबाट बुक गर्न सकिनेछ। रजिष्ट्रेसनका लागि भारतीय भएको परिचय पत्र खुल्ने कागजात, नेपालमा रोजगारी, पढाइ वा अरू काम गरिरहेको भए त्यसको प्रमाण, नेपालमा बसोबास गरिरहेको ठेगाना खुल्ने कागजात र पासपोर्ट साइजका दुई प्रति फोटो चाहिने दूतावासले जनाएको छ।, नेपाल र भारतबीच खुला सीमाना छ। एक देशका नागरिक अर्को देशमा गएर बस्न पाउने भएकाले कति भारतमा कति नेपाली बस्छन् र नेपालमा कति भारतीय बस्छन् भन्ने एकिन तथ्यांक छैन।  , नेपालमा बस्ने भारतीयले दूतावासमा रजिष्ट्रेसन गर्नुपर्ने
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार २८ जनामा संक्रमण पुष्टि भएको हो।, ३ हजार ३७६ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , दुई हजार १२० जनाको पिसिआर र एक हजार २५६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर १०७ जना सक्रिय संक्रमित छन्।, ९ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।, थपिए २८ कोरोना संक्रमित, देशभर सक्रिय १०७
सेतोपाटी संवाददाता नवलपरासी पश्चिम जिल्ला अदालतको सडकमा गोली चलाउने व्यक्ति पक्राउ परेका छन्। , गोली चलाउने व्यक्तिलाई मंगलबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए। , सोमबार दिउँसो साढे ३ बजे जिल्ला अदालत नवलपरासी पश्चिम सडकमा गोली चलेको थियो। , पेस्तोलले गोली चलाएको आरोपमा प्रहरीले सरावल गाउँपालिका-४ मंगलापुर बस्ने २८ वर्षीय हंशराज यादवलाई पक्राउ गरेको हो। , उनलाई प्रहरीले मंगलबार दिउँसो २ बजे सुनवल नगरपालिका-९ बनकट्टीस्थित आफन्तको घरबाट पक्राउ गरेको कँडेलले बताए। उनीबाट प्रहरीले मेड इन युएसए लेखिएको पेस्तोल बरामद गरेको छ। , त्यो पेस्तोलमा लाग्ने एक थान म्यागजिन र एक राउन्ड गोली प्रहरीले बरामद गरेको छ।, प्रहरी उपरीक्षक कँडेलका अनुसार उनले आफ्नै काकीलाई लक्षित गरी गोली प्रहार गरेका थिए। , सोमबार दिउँसो साढे ३ बजे रामग्राम-५ अदालत सडकमा उनले आफ्नै काकी ३० वर्षीया रोशनी यादवलाई लक्षित गर्दै गोली प्रहार गरेका थिए। , उनीहरूबीच जग्गा विवाद थियो। जसको लागि दुबै पक्षलाई अदालतमा छलफलको लागि बोलाएको थियो। , तर पछि अदालत बाहिर  यादवले काकीमाथि लक्षित गरी गोली प्रहार गरेका थिए। सो गोली भने कसैलाई पनि लागेको थिएन। , घटनाबारे थाहा पाएपछि प्रहरी उपरीक्षक कँडेलको कमान्डमा प्रहरीको टोली खटिएको थियो। सो टोलीले यादवलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ। , उनीविरूद्ध ज्यान मार्ने उद्योग र हातहतियार तथा खरखजना मुद्दामा प्रहरीले थप अनुसन्धान अघि बढाएको बताएको छ। , नवलपरासी पश्चिम जिल्ला अदालत परिसरमा गोली चलाउने व्यक्ति पक्राउ
सेतोपाटी संवाददाता गण्डकी प्रदेशस्थित यातायात व्यवस्था कार्यालयले सबै सवारी साधनमा अहिले इम्बोस्ड नम्बर प्लेट जडान गर्न नसकिने प्रष्टाएको छ।, नयाँ सवारी साधन र नामसारी भई आउने सवारी साधनलाई मात्रै अहिले इम्बोस्ड नम्बर दिन सकिने कार्यालयले मंगलबार जारी गरेको सूचनामा उल्लेख छ।, इम्बोस्ड नम्बर जडानलगायतका लागि आवश्यक जनशक्तिसमेत नभएको कार्यालयले जनाएको छ।, यसैबीच बागमती प्रदेशस्थित यातायात व्यवस्था कार्यालयले पनि नयाँ सवारी साधन र जेठमा नवीकरण गरिएका सवारी साधनका हकमा अहिले इम्बोस्ड नम्बर जडान गर्नुपर्ने बताएको छ।, पोखराको यातायात कार्यालयले भन्यो: अहिले सबै सवारी साधनमा इम्बोस्ड नम्बर जडान गर्न सकिन्न
सेतोपाटी संवाददाता प्रहरीले ज्यान मार्ने मुद्दाका फरार व्यक्तिलाई पक्राउ गरेको छ।, बर्दिया गुलरिया नगरपालिका-६ का ३६ वर्षीय कपिल भण्डारीलाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता कृष्णप्रसाद कोइरालाले जानकारी दिए।, उनका अनुसार  गत फागुन २५ गते काठमाडौंको मध्यबानेश्वर हाईट सडकखण्डमा भण्डारीले ३३ वर्षीय कमान सिंह बोगटीलाई खुकुरी प्रहार गरेको थिए।, भण्डारीले पूर्व रिसिइबीका कारण खुकुरी प्रहार गरी फरार भएको प्रहरीले जनाएको छ।, प्रहरीले सुनसरी धरान उपमहानगरपालका ‍एरियामा भण्डारी लुकिछिपि बसेको भन्ने गोप्य सूचना पाएको थियो। सोही सूचनाको आधारमा शनिबार भण्डारीलाई पक्राउ गरेको हो।, भण्डारीलाई घटनाबारे थप अनुसन्धानका लागि प्रहरी वृत नयाँबानेश्वर पठाएको छ।,  , ज्यान मार्ने मुद्दाका फरार व्यक्ति पक्राउ
सेतोपाटी संवाददाता दोलखामा एक पुरूषको शव फेला परेको छ। , मंगलबार बिहान करिब ८ बजे भीमेश्वर नगरपालिका-२ स्थित एक भीरमा पुरूषको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेश सिग्देलले जानकारी दिए। , स्थानीय ३८ वर्षीय बुद्धिबहादुर तामाङको शव फेला परेको प्रहरीले जनाएको छ। स्थानीयले शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए। , प्रहरी निरीक्षक सिग्देलका अनुसार  प्रारम्भिक अनुसन्धानबाट घटना शंकास्पद देखिएको छैन। , उनी जेठ २१ गतेदेखि सम्पर्कविहीन थिए। परिवारले प्रहरीलाई यसबारेमा जानकारी गराएका थिए। यता प्रहरीले पनि उनको खोजी गरिरहेको थियो। त्यसैक्रममा मंगलबार उनको शव फेला परेको हो। , ‘उनको शव भीरमा फेला परेको हो। अन्दाजी एक-डेढ सय मिटर तल खसेको अवस्थामा फेला परेको छ,’ सिग्देलले भने। , प्रहरीले शव पोष्टमर्टमको लागि अस्पताल लगेको छ।, दोलखामा चार दिनदेखि बेपत्ता पुरूषको शव फेला
सेतोपाटी संवाददाता विराटनगर-११ केसेलिया रोडमा श्याम सुन्दर रौनियारले सञ्चालन गरेको खाद्यान्नको गोदाममा प्रहरीले छापा मारेको छ।, मंगलबार दिउँसो छापा हानेर भन्सार छली गरेको आशंकामा एक गाडी खाद्यान्नको सामग्री बरामद गरेको हो।, मोरङ प्रहरीका प्रहरी निरीक्षक पप्पु नायकको नेतृत्वमा खटिएको टोलीले अग्रवालको शिवम गणपति ट्रेडिङमा छापा हानेको हो।, गोदाममा छापा मारेर करिब ३ सय बोरा दाल, चिनी, केराउ लगायतका खाद्यान्न बरामद गरेको छ।, अहिले घटनास्थलमा राजस्व अनुसन्धान कार्यालय इटहरीका टोली पनि घटनाको अनुसन्धान गर्न पुगेको छ।, भारतबाट भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याएर सामान राखेको आशंकामा प्रहरीले गोदाममा छापा हानेको हो। बरामद गरेको सामान मोरङ प्रहरीको वान टन गाडी भरिएको छ।, अग्रवालले क्यारिङमार्फत् जोगवनीदेखि खाद्यान्न सामान ल्याउने र गोदाममा राख्ने गरेको प्रहरीलाई सूचना पुगेको थियो।, सोही सूचनाको आधारमा छापा हानेर भन्सार छली गरेको खाद्यान्न नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।, विराटनगरको खाद्यान्न गोदाममा प्रहरीको छापा
सेतोपाटी संवाददाता प्रहरीले बैंकिङ कसुर मुद्दाका फरार दुई जनालाई पक्राउ गरेको छ। , सुनसरी धरान उपमहानगरपालिका-१७ घर भई बानेश्वर बस्ने ४२ वर्षीया कविता सुब्बा र सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका-९ घर भई बानेश्वर बस्ने ३९ वर्षीया लिना श्रेष्ठ गिरीलाई पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए। , उनका अनुसार उनीहरूले पीडितलाई बैंकमा पर्याप्त रकम नभएको चेक काटेर दिएका थिए। उक्त चेक बाउन्स भएपछि पीडितले जाहेरी दिएको प्रहरीले जनाएको छ।  , प्रहरीले उनीहरूलाई मंगलबार कालोपुल र नयाँबस्तीबाट पक्राउ गरेको हो।  , उच्च अदालत पाटनले बैंकिङ कसुरमा कवितालाई १५ दिन कैद र ५० लाख जरिवाना हुने फैसला सुनाएको थियो। , त्यस्तै, लिनालाई १५ दिन कैद र ५४ लाख जरिवाना हुने फैसला सुनाएको प्रहर उपरीक्षक महतोले जानकारी दिए। उक्त फैसलापछि उनीहरू फरार भएको प्रहरीले जनाएको छ। , प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको बताएको छ। , काठमाडौंबाट बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
सेतोपाटी संवाददाता देशको अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ।, नेपालमा मनसुनी प्रणालीसहित तीन वटा वायुको असर देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी भूभागमा मनसुनी वायु र मध्य तथा पश्चिमी भूभागमा स्थानीय वायु असर छ भने भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्वपश्चिमी न्यून चापीय रेखाको प्रभाव पनि नेपालमा छ।, उक्त प्रणालीको प्रभावले प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेस प्रदेशका थोरै स्थानमा, कर्णाली र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ।, विभागले प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेस प्रदेशका थोरै स्थान, कर्णाली र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन समेत सबैमा अनुरोध गरेको छ।, रातको समयमा प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र मधेस प्रदेशका थोरै स्थानमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।, यस्तै भोलि प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशमा  सामान्य देखि पूर्ण बदली  रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। , प्रदेश १ , मधेश प्रदेश,  बागमती प्रदेश, गण्डकी प्रदेशका केही  स्थानहरुमा तथा कर्णाली तथा लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।, आज देशको अधिकांश भू-भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
सेतोपाटी संवाददाता बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। , काठमाडौं महानगरपालिका-१ हात्तीसारस्थित नेपाल हाउस रेष्टुरेन्टमा एक महिलामाथि बलात्कार गरेको आरोपमा प्रहरीले वेटरलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , प्रहरीले  दोलखा तामाकोशी गाउँपालिका-६ च्यामा घर भई सो रेष्टुरेन्टमा वेटर काम गर्ने २० वर्षीय जीवन फुँयाल खत्रीलाई पक्राउ गरेको हो। , उनले २० गते राति साढे ११ बजे ती महिलामाथि बलात्कार गरेको आरोप छ। , सो सूचना पाएपछि प्रहरी वृत्त दरबारमार्गबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।, पीडितको आवश्यक स्वास्थ्य परीक्षण गरिएको प्रहरी उपरीक्षक मैनालीले बताए। , प्रहरीले पक्राउ परेका खत्रीलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति पाएको जनाएको छ। ,  , बलात्कार आरोपमा हात्तीसारबाट वेटर पक्राउ
नारायण खड्का रुकुम पूर्व जिल्ला अदालतले अपहरणपछि हत्या आरोपमा वडाध्यक्षसहित तीन जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ। , सोमबार भएको थुनछेक बहसपछि जिल्ला न्यायधीश सनतचन्द्र लवटले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो। , नेकपा माओवादी केन्द्रबाट पुथाउत्तरंगा गाउँपालिका-११ का वडाध्यक्ष कुमार सिंह, पूर्ववडाध्यक्ष जयकुमार बुढा र माओवादीका स्थानीय नेता अर्जुनकुमार बुढालाई थुनामा राख्ने आदेश दिएको हो। , सोही घटनाका आरोपित थप तीन जना फरार आरोपितहरू कृष्णबहादुर बुढा, जनक कामी र विष्णु बुढालाई पक्राउ गरी अदालत उपस्थित गराउन आदेश भएको अदालतका नायब सुब्बा ललितकुमार ओलीले जानकारी दिए।, पुथाउत्तरगंगा-११ की ३९ वर्षीया जुनमाया बुढाको अपहरणपछि हत्या गरेको जाहेरी परेपछि उम्मेदवारसहित तीन जनालाई वैशाख ३० गते पक्राउ गरेको थियो। , जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी प्रमुख डिएसपी प्रकाश डाँगीका अनुसार निर्वाचनभन्दा पहिले पक्राउ परेका माओवादीका कुमार सिंह वडाध्यक्षमा निर्वाचित भएका थिए। सिंहले एमाले-कांग्रेस गठबन्धनका उम्मेदवार लक्ष्मण बुढालाई ५८ मतान्तरले पराजित गरेका थिए। सिंहको ४ सय ६१ र बुढाले ४ सय ५८ मत प्राप्त गरेका थिए।  , के भएको थियो ?, , केन्द्रमा सत्ता साझेदार दलबीच चुनाबी गठबन्धन भए पनि पुथाउत्तरंगा गाउँपालिका वडा नं. ११ मा नेपाली कांग्रेस र नेकपा एमालेबीच चुनावी तालमेल भएको थियो।, निर्वाचन प्रचार प्रसारका क्रममा वैशाख १९ गते बेलुकी पुथाउत्तरंगा गाउँपालिका वडा नं. ११ को तल्लो शेरा भन्ने ठाउँमा एमाले र कांग्रेसको गठबन्धनका कार्यकर्ता र नेकपा माओवादी केन्द्रका कार्यकर्ताको जम्काभेट भयो।, उनीहरूबीच विवाद भएपछि धक्कामुक्का चल्दाचल्दै आपसमा झडप भयो। प्रहरी समयमै पुग्दा झडपले ठूलो रूप लिन पाएन। तर त्यस घटनापछि जुनमाया बुढाका २४ वर्षीय भाइ धनकुमार बेपत्ता भए। , जुनमाया भाइको खोजी गर्दै एक्लै जंगलतर्फ लागिन्। त्यस रात उनी फर्किइनन्। भाइ भने घर फर्किसकेका थिए। , भोलिपल्ट पनि जुनमाया घर नफर्किएपछि आफन्तले उनको खोजी सुरू गरे। तर फेला परिनन्।, वैशाख २६ गते सोही जंगलमा एक महिलाको शव फेला पर्‍यो। मेलापातमा गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरे। त्यो शव जुनमायाको थियो।, शव फेला परेपछि जुनमायाका बुवाले माओवादीबाट जितेका सिंह, पूर्ववडाध्यक्ष बुढा मगरसहित ६ जनाविरूद्ध जाहेरी दिएका थिए। अपहरणपछि हत्या गरेको भन्दै पीडित परिवारले जाहेरी दिएका थिए। , त्यसैको अनुसन्धानको क्रममा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो।, अपहरणपछि हत्या आरोपमा वडाध्यक्षसहित तीन जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
सेतोपाटी संवाददाता सुर्खेतको गुर्भाकोट नगरापालिकाकी एक बालिका मृत भेटिएकी छन्।, जेठ २१ गतेदेखि हराइरहेकी गुर्भाकोट–५ की ७ वर्षीया गृष्मा विक मृत फेला परेकी हुन्।, उनी घरनजिकैको बारीको कान्लामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए।, उनका अनुसार गृष्माको शव खाल्डामै बसालिएको अवस्थामा भेटिएको हो। शव गाड्न खोजिएको हो वा अन्य कुनै कारणले खाल्डोमा भेटिएको भन्ने अनुसन्धान भइरहेको छ।, २१ गते उनी हराएपछि आफन्तले सोमबार बेलुकासम्म खोजी गरेका थिए।, खोजीका क्रममा नभेटिएपछि सोमबार बेलुका ६ बजे प्रहरीलाई खबर गरेका थिए। प्रहरी चौकी मालारानीबाट खटिएको टोलीले उनको शव फेला पारेको डिएसपी कार्कीले बताए।, शवको पोष्टमर्टमका लागि कर्णाली प्रदेश अस्पतालमा राखिएको छ। घटनामा संलग्न रहेको आशंकामा एक जना युवकलाई अनुसन्धानका लागि नियन्त्रणमा लगिएको उनले जानकारी दिए।, मृत भेटिएकी बालिकाकी आमा छैनन्। बुवा रोजगारीका लागि हेटौंडा गएका छन्। हजुरआमासँग बसिरहेकी उनी हजुरआमासँग गाउँ जाँदा छुटेकी थिइन्।, खाल्डोमा मृत भेटिइन् चार दिनदेखि हराएकी बालिका
सेतोपाटी संवाददाता प्रहरीले काठमाडौं प्रवेश गर्ने नाका नागढुंगाबाट स्रोत नखुलेको झन्डै चार करोड नगदसहित पाँच जनालाई पक्राउ गरेको छ। , नुवाकोट बिदुर नगरपालिका-८ का ४४ वर्षीय फुलबहादुर गुरुङ र अरू चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको लागु औषध नियन्त्रण ब्युरो स्रोतले जानकारी दियो। , मंगलबार बिहान साढे ९ बजे चन्द्रागिरी नगरपालिका-२ स्थित नागढुंगा नाकामा बिएबी ५७१० नम्बरको कारलाई रोकेर प्रहरीले चेकजाँच गरेको थियो। सो कार नुवाकोटबाट काठमाडौं आउँदै थियो। , सो कारको डिक्कीबाट प्रहरीले स्रोत नखुलेको ३ करोड ८९ लाख १३ हजार ७२० रुपैयाँ बरामद गरेको हो। , प्रहरी स्रोतका अनुसार लागु औषध सहित केही मानिसहरू काठमाडौं प्रवेश गर्दैछन् भन्ने सूचना पाएको थियो। सो सूचना अनुसार प्रहरी प्रभाग नागढुंगा र लागुऔषध नियन्त्रण ब्युरोबाट संयुक्त टोली खटियो। , टोलीले चेकजाँच गर्नेक्रममा स्रोत नखुलेको रकम फेला पारेको हो। , प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान अघि बढाएको छ।, लागुऔषधको सुराकीमा गएको प्रहरीले नागढुंगामा भेटायो स्रोत नखुलेको झन्डै चार करोड
सविता बुढा धनगढीकी  ४१ वर्षीया  वेद एकल महिलाहरूकी नेता हुन्। एकल महिलाहरूलाई आड भरोसा दिएर आत्मनिर्भर हुन सिकाउन पाउँदा आफूलाई निकै खुसी मिल्ने उनी बताउँछिन्।, यो खुसीका लागि उनी धेरै समय आफन्त, समाज र आफैंसँग लड्नुपरेको थियो।, वेद सामान्य परिवारमा जन्मेकी थिइन्, दुई बहिनी र दुई भाइकी जेठी दिदी। बुवा जागिरे थिए। त्यही जागिरले परिवार चलेको थियो।, वेद धनगढी माध्यमिक विद्यालयबाट दश कक्षा उत्तीर्ण गरेपछि कैलाली बहुमुखी क्याम्पसमा भर्ना भइन्। पढ्दापढ्दै २०५७ सालमा बिहे भयो। उनी बिहे हुनुअगावै उच्च शिक्षा पूरा गर्न चाहन्थिन् तर आमाबुवाको इच्छाअनुसार बिहे गर्न राजी भएकी थिइन्।, श्रीमानको मृत्यु हुँदा वेद तीन महिनाको गर्भ हुर्काउँदै थिइन्। पति वियोगको पीडा छँदै थियो, उनको संघर्षको दायरा झन् फैलियो। आफ्नै परिवारजन र आफू वरिपरिकै समाजसँग भिड्नु पर्ने भयो।, दिन बित्दै गयो। छोरी जन्मिन् तर उनको संघर्ष कम भएन।, वियोगले पछारेको आफ्नो त्यो समय सम्झँदै वेदले भनिन्, ‘मेरा धेरै अधिकार हनन् भए। म आफ्नो अधिकारका लागि लडेँ।’, एकल महिला भएपछि के/के खान हुने र नहुने, के/के लगाउन हुने र नहुने भन्नेमा पनि उनलाई आदेश र रोकतोक हुन थाल्यो। एकल महिलाले सबै कुरा सहनु पर्छ, भाग्य नै यस्तो भन्ने धारणा थोपरिन थाल्यो। श्रीमानको मृत्युको दोष वेदको भाग्यले पाउन थाल्यो।, कसै कसैले त दुलहीका निधार र हातखुट्टा हेरेरै भाग्य राम्रो छैन भन्ने कुरा उति बेलै थाहा पाएको पनि भने। अन्योल र निराशामा पाँच वर्ष बित्यो।, समयको अन्तरालसँगै पति वियोगको पीडा कम हुँदै गयो। सधैं वियोगको पीडाले जीवन चल्ने पनि होइन। वेद आफ्ना लागि उपयुक्त अवसरको खोजीमा थिइन्। यही क्रममा उनले २०६३ सालमा ‘एकल महिला’ को हितमा काम गर्ने संस्थाबारे थाहा पाइन्।, वेदले संस्थाका प्रतिनिधिहरूलाई भेटिन्, कुराकानी गरिन्। भेट बाक्लो हुँदै गयो। यसबाट उनको आत्मबल बढोत्तरी भयो। उनलाई आफूजस्ता एकल महिला त को होलान् र जस्तो लागेको थियो। समूहमा उनले आफ्ना दौंतरी पनि फेला परिन् र आफूभन्दा निकै दुखिया पनि।, ‘मसित घर थियो, खानलाउन कमी थिएन। मभन्दा दुःखी र आर्थिक समस्यामा परेका, हिंसामा परेका एकल महिलाहरू भेटेँ, उनले भनिन्, ‘यसपछि म त धनी विधुवा हुँ जस्तो लाग्यो, आत्मबल बढ्यो।’, संस्थाको सम्पर्कमा पुगेर समूहमा घुलमिल भएपछि केही महिनामै ‘मानव अधिकारका लागि महिला, एकल महिला समूह केन्द्र’ को कैलाली जिल्ला सचिवको रूपमा काम गर्ने अवसर पाइन्। उनी आफूजस्तै एकल महिलाको हकअधिकारका लागि काम गर्न थालिन्। उक्त संस्था २०५२ सालमा स्थापना भएको थियो।, उनले भनिन्, ‘मलाई देख्नेले कठै भन्थे। अब के गर्छेस् त, भाग्य यस्तै रहेछ भन्थे। एकल महिलाहरूले साथ र हौसला दिन थालेपछि म समूहमा रमाउन थालेँ।’, संस्थाको सचिवका रूपमा वेद एकल महिलाहरूलाई संगठित गर्ने, उनीहरूको मनोबल बढाउने, कानूनी परामर्श दिने, उनीहरूमाथि हुन सक्ने जोखिमबारे सचेत गराउने पक्षमा काम गर्न थालिन्। यस्ता महिलाहरूलाई आयआर्जनका काम संस्थाको उद्देश्य थियो।, संस्थाले एकल महिलाहरूको समूह बनाएर बचत तथा ऋणको काम सुरू गर्‍यो। संस्थाको सहयोगमा महिलाहरू आयमूलक काममा जोडिए। यीमध्ये कतिपय महिला उद्यमी बनेका छन्।, वेद अहिले सोही संस्थाको सुदूरपश्चिम प्रदेश अधिकृतका रूपमा कार्यरत छिन्। सीमान्तकृत, द्वन्द्वपीडित र एकल महिलाका सवालमा काम गर्ने ‘शान्ति परियोजना’ मा पनि उनी आबद्ध छिन्। समाजमा उपलब्धि देखिने गरी सिकाइ र उत्प्रेरणाका लागि कैलारी गाउँपालिकामा उक्त परियोजना चालु छ।, वेदले एकल महिलाका रूपमा दुई दशकभन्दा बढी बिताइसकिन्। निराशायुक्त एक्लो जीवनमा आफ्ना आमाबुवाको साथ पाइन्। आफूले कच्चा उमेरमै सहनु परेको आँधीबेहरीले उनलाई छोरीको शिक्षा र दक्षताका लागि चेतना दियो।, उनकी छोरीले २०७८ सालमा विज्ञान विषयमा बाह्र कक्षा उत्तीर्ण गरिन्। छोरीको चिकित्सा शिक्षा पढ्न एमबिबिएसको तयारीमा छिन्। कक्षामा सधैं प्रथम हुने छोरीले हरेक वर्ष निःशुल्क पढ्न पाइन्। चिकित्सा शिक्षामा पनि उनले छात्रवृत्ति पाउने गरी सफलता हासिल गर्ने वेदको अपेक्षा छ।, वेद संलग्न एकल महिलाको संस्थाले आफ्नै जमिन र भवन पाएको छ। त्यहाँ स्वरोजगारीका लागि एकल महिलाहरूलाई तालिम दिइन्छ। केहीलाई त संस्थाले नै रोजगारी दिएको छ।, वेदले एकल महिलालाई संगठित बनाउने र मनोबल बढाउनेतर्फ काम गरिन्।, समूहमा आबद्ध महिलाहरूले सिलाइ–बुनाइ, तरकारी खेती, फलफूल खेती, बाख्रापालन, दुनाटपरी बनाउने, पोते बनाउने, मःम चाउमिन बनाउनेजस्ता तालिम पाउँछन्। यस्ता तालिम लिएका धेरै महिलाहरू स्वरोजगार बनेका छन्।, वेदका अनुसार समूहमा आबद्ध भएर आर्जनका काम गरे पनि एकल महिलाहरूले कानूनअनुसारको अधिकार पाएका छैनन्। सम्पत्तिको अधिकार छैन। अंश पाउँदैनन्। अंश लिएर अर्को बिहे गर्ने भय परिवारजनमा छ। खान लाउन दिएकै छौं, अंश किन चाहियो भनेर पन्छाउने प्रवृत्ति छ।, वेदका अनुसार अंश दिए पनि काम नलाग्ने जमिन दिने, बराबरीको भाग नलगाउने, सन्तानमा छोरी भएकी एकल महिलालाई अंश नदिनेजस्ता समस्या छन्।, एकल महिलामाथि यौन शोषण हुने, घरेलु हिंसा हुने, अनेक लाञ्छना लगाएर चरित्र हत्या गर्ने जस्ता समस्या एकल महिलाहरूले भोग्नु परेको छ।, दिनदिनै जसो यस्तै कुनै समस्या लिएर कसै न कसैले वेदलाई भेटेकै हुन्छ।, एकल महिलाको सम्पत्तिको अधिकार उनका पक्षमा प्रष्ट हुनु पर्ने वेदको धारणा छ।, उनका अनुसार अंश पाउने कानूनी व्यवस्था भए पनि मुद्दा गर्न सजिलो छैन। मुद्दा दायर गरेर घरबाट निकालिने वा अन्याय सहेर बस्नेमध्ये एउटा विकल्प रोज्नु पर्ने बाध्यता छ।, वेद भन्छिन्, ‘एकल महिलामाथिको विभेद हटेको छैन। केही परिवर्तन भएको छ तर धेरै काम हुन बाँकी छ। स्थानीय र प्रदेश सरकारले पनि एकल महिलाका पक्षमा व्यवस्था गर्नुपर्छ।’, राज्यले सबै उमेरका एकल महिलालाई सामाजिक सुरक्षा भत्ता दिन थालेपछि केही राहत भएको छ।, जीविकोपार्जनमा आयआर्जनका लागि मद्दत गर्न सके जीवन सहज हुन सक्ने वेदको धारणा छ।, उनी भन्छिन्, ‘एकल महिलाका सवालमा आर्थिक, सामाजिक, राजनीतिक र साँस्कृतिक समस्या छन्। राजनीतिमा निर्णायक ठाउँमा महिला थोरै छन्। एकल महिलाका पक्षमा काम पनि थोरै हुन्छ।’, शिक्षित परिवारमा पनि एकल महिलाप्रति दृष्टिकोण अशिक्षित परिवारकै जस्तो रहेको वेदको बुझाइ छ।, भन्छिन्, ‘पढे/लेखेकी मैले अनेक समस्या अवस्था झेल्नुपर्यो। दूरदराजका पैसा नचिन्ने, अक्षर नचिन्ने दिदीबहिनीको अवस्था के होला!’, वेद आबद्ध संस्थामा हाल सुदूरपश्चिमका १२ हजार महिला संगठित छन्। कैलालीका मात्रै चार हजार जति छन्। यीमध्ये १८ देखि ४५ वर्ष उमेरका धेरै छन्।, एकल महिलाको संस्थामा आबद्ध भए पनि सुरूका दिनमा वेद निकै कठिनाइमा परिन्। परिवारको रोकतोक भयो। बिहान–बेलुकाको घरायसी काम सकेर दिउँसो थोरै समय निकालेर संस्थाको काम गर्थिन्। दिउँसोको उनको बाहिरी अलमलमा परिवारजनलाई शंका थियो।, वेदलाई अहिले यस्तो समस्या छैन। उनको लगनशीलता र एकल महिलाको हितको कामले ख्याति पाएको छ।, ‘म स्थापित हुँदै गएपछि बुहारी ठिक ठाउँमा रहिछ भन्ने भएको छ। अहिले मलाई परिवारबाट कुनै समस्या छैन,’ उनी भन्छिन्, ‘मलाई देख्नेहरू कठै भन्थे, अहिले म अरूलाई मद्दत गर्ने भएकी छु।’, स्थानीय सार्वजनिक संस्थाहरूले वेदको लगनशीलताको सम्मान पनि गर्न थालेका छन्।, ‘कैलाली जनपुस्तकालय’ ले सम्मान गरेको छ। संकल्प नामको संस्थाले पनि सम्मान गरेको छ। उनी एउटा अन्तर्राष्ट्रिय सम्मानका लागि पनि छनोट भएकी छन्।, एकल महिलाहरूकी नेता वेद
सेतोपाटी संवाददाता नेपाल प्रहरीका हालै प्रहरी नायब महानिरीक्षक (डिआइजी)बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा भएका पाँच जनाको पदस्थापन भएको छ।, त्यस्तै दुई जना एआइजीको सरूवा समेत भएको छ। , सोमबार बसेको मन्त्रिपरिषद बैठकले पाँच डिआइजीलाई एआइजीमा बढुवा गर्ने निर्णय गरेसँगै प्रहरी प्रधान कार्यालयले पदस्थापन तथा सरूवा गरेको हो। , मानवस्रोत विकास विभाग नक्सालमा रहेका विश्वराज पोखरेलको प्रदेश समन्वय विभागमा सरूवा भएको छ।, रविन्द्रबहादुर धानुकको प्रशासन विभागबाट काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा सरूवा भएको हो।, रानीपोखरीमा रहेका उत्तमराज सुवेदीको केन्द्री अनुसन्धान ब्युरो महाराजगन्जमा पदस्थापन भएको छ। , १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अरूणकुमार बिसीको प्रशासन विभाग नक्साल, गण्डकी प्रदेश प्रहरी कार्यालयका दिवेश लोहनीको अपराध अनुसन्धान विभाग नक्साल, कार्य विभाग कार्य निर्देशनालयका मुकुन्दराज आचार्यको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज र बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाकी पुजा सिंहको मानवस्रोत विकास विभागमा सरूवा भएको हो। ,  , नेपाल प्रहरीका दुई एआइजीको सरूवा, पाँचको पदस्थापन (सूची)
सेतोपाटी संवाददाता सरकारले आगामी असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाउने भएको छ।, वर्षा याममा सडक खन्दा थप बिग्रिनेभन्दै सडक विभागले सूचना जारी गर्दै आगामी असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाउने निर्णय गरेको हो।, सडक विभाग संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, काठमाडौंले निकालेको सूचनामा वर्षायाममा सडक खन्न स्वीकृति नदिइने जनाएको हो।, 'वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि थप बिग्रँदै जान्छ। त्यसैले यही २०७९ साल असार १ गतेदेखि २०७९ साल भदौ मसान्तसम्म यस कार्यालय अन्तर्गतका सडक डिभिजनहरू मातहत रहेका कुनै पनि सडक खन्ने स्वीकृति दिइने छैन,' सूचनामा भनिएको छ। , कसैले जबर्जस्ती सडक खनेको पाइए सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गरिने कार्यालयले जनाएको छ।, हेर्नुहोस् सूचना,  , असार १ गते देखि भदौ मसान्तसम्म सडक खन्न रोक
सेतोपाटी संवाददाता भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागले आगामी तीन महिना सडक खन्न स्वीकृति नदिने बताएको छ।, बर्खामा धारा, ढल, बिजुली, टेलिफोनलगायत विभिन्न प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गर्न नसकिने भएकोले भदौ मसान्तसम्म सडक खन्न रोक लगाइएको हो।, सडक विभागले बुधबार सार्वजनिक सूचना निकालेर बर्खायाममा विभिन्न प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा सडक ल्याउन नसकिने र सडक थप बिग्रँदै जाने भएकोले असार १ गतेदेखि भदौ मसान्तभित्र सडक डिभिजन मातहत कुनै पनि सडक खन्ने स्वीकृत नदिइने प्रष्ट पारेको छ।, ‘कसैले जबर्जस्ती सडक खनेको पाइए सडक ऐन २०३१ अनुसार कारबाही गरिने जानकारी गराइन्छ,’ विभागले भनेको छ।, यस्तो छ सूचना:, भदौ मसान्तसम्म सडक खन्न नपाइने!
सेतोपाटी संवाददाता नबिलबैंकले आफ्नो केन्द्रीय कार्यालय र १७ वटा शाखाका शौचालयलाई सार्वजनिक रूपमा प्रयोग गर्न दिने भएको छ।, यस विषयमा बुधबार काठमाडौं महानगरपालिका र नबिलबैंकबीच सम्झौता भएको हो।, शौचालय प्रयोग गरेबापत बैंकले कुनै शुल्क लिने छैन भने शौचालयको मर्मत सम्भार, सफाइ र पानीको प्रबन्ध बैंक आफैंले गर्नेछ।, यो सम्झौता ५ वर्षको हुनेछ।, तीनधारा दरबारमार्गस्थित केन्द्रीय कार्यालय र १७ वटा शाखाका शौचालयलाई बैंकले सार्वजनिक रुपमा प्रयोग गर्न दिने सम्झौतामा उल्लेख छ।, यस विषयमा बुधबार बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। ,  , नबिल बैंकले आफ्ना शौचालयलाई सार्वजनिक रुपमा प्रयोग गर्न दिने
रासस चितवनमा नयाँ प्रजातिको चरा भेटिएको छ।, नेपाल पक्षीविद् सङ्घ बागमती प्रदेशका अध्यक्ष वासु बिडारीका अनुसार खैरहनी नगरपालिका–११ पिडहनी क्षेत्रमा धानबारीमा नयाँ प्रजातिको चरा भेटिएको हो।, छ दिनअघि वर्ड एजुकेशन सोसाइटी सौराहाका सदस्य राजु तामाङले सो चराको तस्बिर लिएका थिए।, नयाँ चरा भेटिएपछि चराविज्ञ हेमसागर बरालसहितको विज्ञ समूह मंगलबार चितवन आएर थप अध्ययन गरेको थियो। बिडारीका अनुसार मंगलबार पनि चरा भेटिएको थियो।, विज्ञहरूले उक्त चरा चाइनिज पोण्ड हेरोन भएको बताएका छन्। यो चरा चीन, भारत, हङ्कङलगायत देशमा पाइन्छ।, फिरन्तेका रूपमा यो चरा यहाँ आएको हुनसक्ने अनुमान गरिएको छ। यो चरा लजालु स्वभावको भएको बिडारी बताउँछन्।, यससँगै नेपालमा चराको प्रजाति सङ्ख्या ८९१ पुगेको छ। चितवनमा मात्रै ६५० प्रजातिका चरा रहेको पाइएको छ।, चितवनमा भेटियो नयाँ चरा
रासस सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला सञ्चारविहीन भएका छन्।, अत्तरिया–डडेल्धुरामा रहेको अप्टिकल फाइबरमा समस्या आएपछि मोबाइल, टेलिफोन र इन्टरनेट सेवा बन्द भएको छ।, नेपाल टेलिकम बैतडीका प्रमुख विक्रम टमटाका अनुसार बैतडी, दार्चुला, डडेल्धुरा, बझाङ, डोटी, अछाम र बाजुरा सञ्चारविहीन भएको छ।, मङ्गलबार दिउँसोदेखि अवरुद्ध बनेको टेलिकमको सेवा अझै सञ्चालन हुनसकेको छैन।, मोबाइल, टेलिफोन र इन्टरनेट सेवा बन्द हुँदा समस्या भएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए।, ‘इन्टरनेट नहुँदा सेवा दिन सकिएको छैन, राष्ट्रिय परिचय पत्र विवरण सङ्कलन, नागरिकता विवरणलगायत काम प्रभावित भएको छ,’ उनले भने।, सञ्चारसेवा अवरुद्ध भएपछि यहाँका अन्य सरकारी तथा गैरसरकारी सङ्घसस्था, सञ्चारमाध्यम, वित्तीय कारोबार गर्ने सहकारी तथा बैंक र स्थानीय तहको सेवा प्रवाहमा समस्या भएको छ।, अवरुद्ध सञ्चार सेवा सञ्चालनका लागि धनगढीबाट प्राविधिकको टोली खटिएको टमटाले बताए। ‘अप्टिकल फाइबारमा देखिएको समस्या समाधानका लागि प्राविधिक टोली खटिएको छ। छिट्टै समस्या समाधान हुन्छ,’ उनले भने।, सुदूरपश्चिमका सात जिल्लामा टेलिफोन र इन्टरनेट बन्द
रासस चितवनमा कार, मोटरसाइकल र ट्याङ्कर एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।, पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ लेवाटारमा काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको प्रदेश ३–०१–०२३ च ५०७४ नम्बरको कारमा सोही दिशाबाट आउँदै गरेको बा ७५ प ६११६ नम्बरको मोटरसाइकल ठक्कर खाई विपरीत दिशाबाट आउँदै गरेको ना ७ ख १३७१ नम्बरको ट्याङ्करमा ठोक्किँदा मोटरसाइकल चालक गोरखाको सहिद लखन गाउँपालिका–४ का २३ वर्षीय सन्तोष चेपाङको मृत्यु भएको हो।, जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीका अनुसार चेपाङको घटनास्थलमै मृत्यु भएको हो।, ट्याङ्कर चालक र कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।, चेपाङको शव परीक्षणका लागि भरतपुर सरकारी अस्पताल लगिएको अधिकारीले बताए।, चितवनको लेवाटारमा कार, मोटरसाइकल र ट्यांकर ठक्कर खाँदा एकको मृत्यु
सेतोपाटी संवाददाता चिनियाँ सीमा नजिकैको नेपाली गाउँ तिंकरमा पहिलो पटक फोन पुगेको छ।, दार्चुला जिल्लाको व्याँस गाउँपालिका-१ को तिंकरमा सोमबार नेपाल टेलिकमको एनटीसेट प्रविधिमार्फत् दुई वटा फोन जोडिएको हो। पहिलो पटक फोन पुगेपछि तिंकरबासीमा खुसीयाली छाएको छ।, फोन जडान भएसँगै स्थानीयले बाहिर रहेका आफन्तसँग कुराकानी गरेका छन्। , व्याँस- १ का वडा सचिवसमेत रहेका स्थानीय विनोदसिंह बुढाथोकीका अनुसार तिंकर गाउँ नेपाल र चीन सीमाको पहिलो नम्बर पिलरदेखि चार-पाँच किलोमिटरको दुरीमा छ। तिंकरमा ७० घर परिवारको बसोबास छ।, त्यहाँका बासिन्दा छ महिना गाउँमा र छ महिना बाहिर बस्छन्। कात्तिकपछि चिसो बढ्ने भएकाले गाउँलेहरू सदरमुकामतिर झर्ने गरेको बुढाथोकीले बताए। , ‘पहिला सदरमुकामबाट गाउँ जाँदा पुग्यो कि पुगेन भन्ने खबर पनि गर्न सकिन्थ्यो। अब सुविधा भएको छ,’ बुढाथोकीले भने।, हिउँदमा बस्ती सर्दा फोनलाई घरमै ताला लगाएर सुरक्षित राखिने उनले बताए। ,  , जहाँ पहिलो पटक पुग्यो फोन
सेतोपाटी संवाददाता नेपालमा समय अगावै मनसुन भित्रिए पनि आत्तिनु पर्ने अवस्था नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।, यस वर्ष समयभन्दा लगभग हप्ता दिनअगाडि नै नेपालमा मनसुन प्रवेश गरेको हो।, विभागका अनुसार यस वर्ष जुन ५ मा मनसुन पूर्वी क्षेत्रबाट नेपाल भित्रिएको छ। नेपालका सबै क्षेत्रमा मनसुन सक्रिय हुन हप्ता दिन लाग्ने विभागले जनाएको छ।, न्युज एजेन्सी नेपाल,सँगको कुराकानीमा विभागकी प्रवक्ता विभूति पोखरेलले सधैँ एकै समय र मितिमा मौसम भित्रिने भन्ने नभएको भन्दै यसलाई नकारात्मक रुपमले लिन नमिल्ने बताइन्।, उनले हरेक वर्ष सामान्यतया नेपालमा १३ जुनपछि मात्रै मनसुन भित्रिने गरेको तर यस वर्ष भने ५ जुनमा नै मौसम भित्रिसकेको बताइन्। उनले बंगालको खाडी आसपास विकसित न्यून चापीय क्षेत्रका कारण आईतवारबाट नेपालको पूर्वी भेगबाट मनसुन प्रवेश गरेको जानकारी दिइन्। गत वर्ष नेपालमा १० जुनमा मनसुन भित्रिएको थियो।, ‘यो वर्षको मौसम छिटो आएको छ। सामान्यतया हाम्रो मौसम जुन १३ पछि आउने गर्दथ्यो। यो वर्ष जुन ५ मा नै मौसम नेपाल प्रवेश गरेको छ। सबै वर्ष यस्तै हुनुपर्छ भन्ने छैन। कहिले ढिलो, कहिले छिटो हुन्छ नै’, उनले भनिन्, ‘त्यसैले यसवर्ष छिट्टै भयो, के भयो भनेर चिन्ता गर्नुपर्ने आवश्यक छैन। तीन दिनको मौसमको कुरा गर्दा प्रदेश १ देखि गण्डकी प्रदेशसम्म हल्कादेखि मध्यम वर्षाको सम्भावना केही स्थानहरुमा छ। त्यसैले अलि शतर्क रहनुपर्ने देखिन्छ। बाढीको कुरा गर्दा साना खोला बढ्ने तत्काललाई ठूला नदीहरुमा त्यस्तो शतर्कता अपनाउनुपर्ने देखिएको छैन, तर बिस्तारै साना नदीहरुमा मनसुन लागिसकेकोले पानी बढ्ने क्रम हुन्छ।’, विभागले आगामी तीन दिन प्रदेश १ देखि गण्डकी प्रदेशसम्म हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ।, मेघगर्जन चट्याङको सम्भावना रहेको भन्दै विभागले शतर्कता अपनाउन आग्रह गरेको छ। प्रवक्ता पोखरेलले मनसुनका कारण वर्षाको सम्भावना रहेको भन्दै साना नदीहरुमा बाढी आउनसक्ने बताइन्।, यसवर्ष सरदरभन्दा बढी वर्षा हुने विभागको प्रक्षेपण छ। गत वर्ष पनि सरदरभन्दा बढी वर्षा भएको थियो। जसकारण पनि आम मानिसहरु त्रस्त छन्। तर विभागले भने शतर्कता अपनाउन र त्रसित नहुन आग्रह गर्दै आएको छ।, समय अगावै मनसुन भित्रिए पनि आत्तिनुपर्दैनः मौसम विभाग
शरद् शर्मा मुलुकको एकमात्र मानसिक अस्पताल पाटनस्थित मानसिक अस्पताल स्तरोन्नति गरिने भएको छ।, २०७२ सालको भूकम्प र कोरोना महामारीले मानसिक अस्पतालप्रति चासो बढेपछि स्तरोन्नति गरिने भएको हो। , भूकम्प र कोरोनामा मानिसमा मानसिक रोग, आत्महत्याजस्ता घटना बढ्न थालेपछि सरकारले यस अस्पतालप्रति चासो दिन थालेको हो।, यसअघि सरकारले वि.सं २०५१ मा राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना ल्याए पनि अस्पतालको सुधार गर्न सकेको थिएन। अहिले फेरि सरकारले अस्पतालको स्तरोन्नति गर्न राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना–२०७७ समेत ल्याएको छ।, अहिले ५० शय्या रहेको अस्पताललाई १५० शय्या पुर्‍याउने अस्पतालको तयारी  छ। यसका लागि अस्पतालले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग रकम विनियोजनका लागि आग्रह गरिसकेको छ। अस्पतालका निर्देशक डा अनन्तराज अधिकारीले आगामी वर्ष वहुवर्षीय योजनाअन्तर्गत अस्पतालको स्तरोन्नति गरिने जानकारी दिए।,  , स्तरोन्नतिका लागि सहरी विकास तथा भवन निर्माण विभागले दुई अत्याधुनिक भवन निर्माण गर्न नक्सासमेत तयार पारिसकेको छ।, ‘भूकम्प र कोरोना महामारीले मानिसमा मनोरोग, चिन्ताजस्ता समस्या देखिए’ उनले भने, ‘त्यसपछि यस अस्पतालमा उपचार गराउन आउने बिरामी पनि बढ्न थालेपछि सरकारले पनि चासो दिन थाल्यो।’, उनले स्तरोन्नति गरेपछि विधागत बहिरंग सेवा सञ्चालन गर्ने तयारी रहेको बताए। , उनका अनुसार अस्पतालमा बालमनोरोग सेवा, मानसिक रोग, लागुपदार्थ दुव्र्यसनी उपचार (मौखिक प्रतिस्थापन विधि), यौनरोग, मनोवैज्ञानिक उपचार, विद्युतीय उपचार पद्दति, चुम्बकीय उपचार पद्दतिबाट उपचार भइरहेको छ । चुम्बकीय उपचार पद्दतिमा अहिले अस्पतालमा चार जनाको नियमित उपचार भइरहेको छ।,  , भवन विभागले एक पाँच तले र अर्को चार तले भवन बनाउन थालेको हो।, पाँच तले प्रशासन भवनमा कक्षा, कर्मचारी, कर्मचारीको आवास र फार्मेसी सञ्चालन हुनेछ। यस्तै, चार तले भवनमा बहिरंग सेवा, आकस्मिक सेवा, शय्या र प्रयोगशाला कक्ष रहने छन्। , बिरामीको चापअनुसार अस्पतालमा कम सङ्ख्यामा चिकित्सक रहेका छन्।, अहिले नौ मनोचिकित्सक र ६ जना इन्र्टनसीप चिकित्सक रहेका छन्।, निर्देशक डा अधिकारीका अनुसार मनोविद् चिकित्सकको दरबन्दी नरहेकोले अस्पताल विकास समितिले एक चिकित्सकलाई करारमा राखेको छ।, उनले सवै सुविधा भए पनि कहिलेकाहीँ शय्या अभावले बिरामीलाई अयन्त्र पठाउनुपर्ने बाध्यता रहेको बताए। , उनले अर्को वर्ष बालमानसिक स्वास्थ्य उपचार सुरू गर्ने बताए। कोरोना महामारीको बेला करिब ३५ हजार मानिस अस्पतालमा उपचारार्थ आएका थिए। , नेपालमा मानसिक स्वास्थ्य सेवा २०१८ सालमा वीर अस्पतालको बहिरङ्ग सेवाबाट सुरू भएको हो।, यो सेवा सैनिक अस्पताल, वीर अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल हुँदै देशका ठूलाठूला अस्पतालमा विस्तार भएको छ।, सरकारले इपिडिमियोलोजी तथा रोग नियन्त्रण शाखामा मानसिक स्वास्थ्य गठन गर्नुकासाथै प्रत्येक २०० शय्याका अस्पतालमा १० शय्या मानसिक रोगीका लागि छुटाउन निर्देशन दिएको छ।, अहिले प्रत्येक २०० भन्दा बढी श्यया भएका अस्पतालमा मानसिक रोग विभाग रहेको छ। , मानसिक स्वास्थ्यलाई चासो राख्दै विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा सरकारले १५ जिल्लामा मानसिक स्वास्थ्य सेवा सञ्चालनसमेत गरेको छ।, नेपालमा कूल नसर्ने रोगको समस्यामध्ये १८ प्रतिशत मानसिक रोग लाग्ने गरेको छ।, अपाङ्गता गराउने प्रमुख १० कारकमध्ये चारवटा मानसिक स्वास्थ्य समस्या नै पर्दछन्। , राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण नेपाल, २०७७ को नतिजाअनुसार नेपालमा १३ देखि १७ वर्षका ५ दशमलव २ प्रतिशत किशोर-किशोरीमा मानसिक स्वास्थ्य समास्या देखिएको छ। जसमा २ दशमलव ८ प्रतिशतमा चिन्ताजन्य समस्या, ० दशमलव ६ प्रतिशतमा मानसिक रोगको समस्या पाइएको छ र ३ दशमलव ९ प्रतिशतमा आत्महत्यासम्बन्धी सोच रहेको पाइएको छ। , यस्तै, १८ वर्षमाथिका व्यक्तिमा १० प्रतिशतमा मानसिक स्वास्थ्य समस्या देखिएको छ। जसमा ३ प्रतिशतमा चिन्ताजन्य समस्या, २ दशमलव ९ प्रतिशतमा मासिक रोग, ० दशमलव २ प्रतिशतमा साइकोसिस र ७ दशमलव २ प्रतिशतमा आत्महत्यासम्बन्धी सोचको अवस्था देखिएको छ। , महाशाखाको नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखाका प्रमुख डा फणिन्द्रप्रसाद बरालले प्रत्येक पाँच जनामध्ये एक जना मानसिक रोगी रहेकाले सरकारले मानसिक स्वास्थ्यको सेवा बढाउनुपर्ने बताउँछन्।, ‘भूकम्प र कोरोना महामारीले नेपालमा मानसिक रोगी बढेका छन्’ उनले भने, ‘सरकारले मानसिक स्वास्थ्यको सेवालाई विस्तार गर्नुपर्दछ।’, शाखाले प्रत्येक प्रदेशमा मानसिक स्वास्थ्य उपचारका औषधि खरिद गर्न वार्षिक ५० लाखका दरले रकम उपलब्ध गराउँदै आएको छ।, नेपालमा प्रत्येक दिन १८ देखि २० जनाद्वारा आत्महत्या हुने गरेको तथ्याङ्क छ। त्यसको मुख्य कारण मानसिक रोग नै रहेको पाइएको छ।, बरालले मानसिक स्वास्थ्य उपचार गर्न दक्ष स्वास्थ्यकर्मी नभएकाले मानसिक उपचारका लागि स्वास्थ्यकर्मीलाई मानसिक स्वास्थ्यसम्बन्धी ६ प्रकारका तालिमसमेत दिइरहेको जानकारी दिए। , उनले सरकारले स्वास्थ्यकर्मीको सङ्गठन तथा  व्यवस्थापन सर्वेक्षण  (ओएनएम) गरेर मानसिक सम्बन्धी स्वास्थ्यकर्मीको दरबन्दी थप्नुपर्ने बताउँछन्।, ‘मानसिक स्वास्थ्य उपचार गर्न स्वास्थ्यकर्मी र चिकित्सक अत्यन्तै कम छन्’ उनले भने, ‘नयाँ दरबन्दी थपेर मनोरोग विशेषज्ञ राख्नुपर्दछ।’ ,रासस,  , पाटन मानसिक अस्पतालप्रति सरकारको चासो
सेतोपाटी संवाददाता अवैध रूपमा सुन लिएर आएको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ। , काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सात जनालाई पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक बसन्त कुँवरले जानकारी दिए। , शनिबार दिउँसो दुबईबाट काठमाडौं आएको नेपाल वायु सेवा निगमको जहाजमा केही व्यक्तिहरूले भन्सार छलेर सुन ल्याउँदैछन् भन्ने सूचना प्रहरीले पाएको थियो। , सूचनाको आधारमा प्रहरीले कार्यालयबाट विशेष अनुसन्धानको टोली खटिएको थियो। त्यसक्रममा प्रहरीले सुरूमा दुई जनामाथि निगरानी राखेको प्रहरी उपरीक्षक कृष्ण कोइरालाले बताए। , त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षको गेटबाहिर गुल्मी घर भई रूपन्देहीको सैनामैना-१ बस्ने ४२ वर्षीय सुरेशबहादुर शाही र कपिलवस्तु बस्ने २९ वर्षीय सन्दीप चन्द ठकुरीमाथि निगरानी राखेको थियो। , उनीहरूमाथि शंका लागेर चेक गर्दा उनीहरूले लगाएको कपडामा सुनको धुलो बनाएर ल्याएको फेला परेको हो। , उनीहरूले लगाएको सर्ट, पाइन्ट र अन्डरवेयरलगायत विभिन्न भागहरूमा सुनको पेस्ट लगाएको फेला परेको हो। , सन्दीप चन्द ठकुरीबाट ५७२.१६० ग्राम र सुरेशबहादुर शाहीबाट ३९६.८९ ग्राम सुन फेला पारेको हो। , प्रहरीले उक्त मात्राको सुन कपडाबाट पगालेर निकालेको हो। , ‘उनीहरूले कपडामा पेस्ट बनाएर ल्याए। त्यसलाई नपगाली ननिस्किने रहेछ,’ कोइरालाले भने,‘कपडा डढाएर, धुलो बनायो। त्यसपछि केमिकल हालेपछि मात्रै सुन निस्किएको हो।’, प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएपछि फेरि अन्य पाँच जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक कोइरालाले बताए।, ‘सुरूमा पक्राउ परेका दुई जनाबाट त्यो बरामद भएपछि उनीहरूले कसलाई दिन्छन् भन्ने अनुसन्धान गर्दै जाँदा अरू पक्राउ परेका हुन्,’ उनले भने,‘एकले अर्कालाई दिनु भने त्यसले पनि अर्को मान्छेलाई दिनु भनेका रहेछन्। तीनवटा तहका मानिस समातिएका छन्।’, पक्राउ पर्नेमा बारा जितपुर सिमरा-१६ घर भई काठमाडौं बौद्ध बस्ने निर्मला घलान, धनुषा बडेश्वर-४ घर भई बुढानिलकण्ठ बस्ने ४१ वर्षीय राहुल भन्ने बरूणभक्त माथेमा र चीनको तिब्बतका घर भई बौद्ध बस्ने २७ वर्षीय लोप्साङ ग्याल्सेन छन्।, त्यस्तै नवलपरासी पश्चिम सुनवाल-१० घर भई माछापोखरी बस्ने ४२ वर्षीय युवराज भुषाल र भारतको दिल्ली कृष्णनगर घर भई ललितपुरको बागडोल बस्ने ५१ वर्षीय अमन राजपुत छन्। , प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार उनीहरूले सो सुन भारततर्फ लग्न खोजेको देखिएको छ।, उनीहरूलाई सोमबार अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचरण काठमाडौं पठाएको छ। ,  , कपडाभित्र पेस्ट बनाएर सुन तस्करी, चिनियाँ र भारतीयसहित सात पक्राउ
सेतोपाटी संवाददाता प्रहरीले काठमाडौंबाट स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको छ।, बारा पचरौता नगरपालिका-७ घर भई काठमाडौंको कालीमाटी बस्दै आएका ५४ वर्षीय जयकमल साह कलवारलाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयका प्रवक्ता प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए। , उनका अनुसार काठमाडौंको टंकेश्वर कालीमाटी एरियामा गैरकानुनी रूपमा हुण्डी कारोबार भइरहेको भन्ने खबर पाएको थियो। सोही गोप्य सूचनाको आधारमा शनिबार कलवारलाई पक्राउ गरेको हो। , प्रहरीले कलवारबाट १७ लाख ६६ हजार ३ सय नेपाली रुपैयाँ, १२ लाख ८ हजार ७ सय भारतीय रुपैयाँ गरी जम्मा ३७ लाख २२० स्रोत नखुेलेको नगदसहित नियन्त्रणमा लिएको जनाएको छ। , प्रहरी उपरीक्षक कोइरालाका अनुसार कलवालाई अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पठाएको छ। , स्रोत नखुलेको ३७ लाख नगदसहित कालिमाटीबाट एक पक्राउ
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार २१ जनामा संक्रमण पुष्टि भएको हो।, ३ हजार २४८ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , एक हजार ९९० जनाको पिसिआर र १ हजार २५८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर १०९ जना सक्रिय संक्रमित छन्।, ८ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।, थपिए २१ कोरोना संक्रमित, देशभर सक्रिय १०९
नारायण खड्का बाँकेमा १६ वर्षीया एक किशोरीमाथि सामूहिक बलात्कार आरोपमा प्रहरीले प्रेमी भनिने किशोरसहित सात जनालाई पक्राउ गरेको छ। , पक्राउ पर्नेमा पीडित किशोरीलाई आफ्नो जन्मदिन छ भनेर बोलाउने (प्रेमी) बाँके बैजनाथ गाउँपालिका वडा नं. ८ का १७ वर्षीय किशोर र उनका ६ साथीहरू रहेका छन्।, पक्राउ परेकाहरूमध्ये १ जना १७ वर्ष,  दुई जना १६ वर्षका र अरू १८ वर्षमाथिका छन्।, विक्रान्त थारु, निराजन थारु, राजकुमार थारु र विश्वनाथ थारु १८ वर्ष माथिका हुन्।, उनीहरूलाई जिल्लाको विभिन्न स्थानबाट आइतबार दिनभर खोजतलास गरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। , बाँके जिल्ला प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेका अनुसार प्रेमी भनिने ती किशोरले राप्ती गाउँपालिकाकी ती किशोरीलाई आफ्नो जन्मदिन मनाउन भनेर बर्दिया जिल्लास्थित मानखोला जंगलमा बोलाएका थिए। , मानखोला बाँके र बर्दियाको सिमानामा पर्छ।, प्रहरीका अनुसार ती किशोर र ती किशोरीको बीचमा विगत एक वर्षदेखि सामाजिक सञ्जाल फेसबुकमार्फत् चिनजान भएको थियो। , ती किशोरले करकाप गरेपछि किशोरी मानखोला जंगलमा सार्वजनिक बस चढेर पुगेकी थिइन्। , त्यहाँ पुगेपछि ती किशोरीलाई शनिबार बेलुकीपख किशोर र उनका साथी विक्रान्तले बर्दियाको बढैयाताल घुमाउन लगे।  , बढैयाताल घुमेर फेरि उनीहरू मानखोला जंगलको  फूलबारी भन्ने ठाउँमा पुगे। त्यसपछि उनीहरूले घरेलु मदिरा सेवन गर्दै जन्मदिन मनाउन थाले। , ती किशोरीलाई पनि करकाप गरी मदिरा सेवन गर्न लगाए। , जब किशोरी मदिराले लठ्ठीइन्, त्यसपछि उनीमाथि किशोरसहित उनका साथीले सामूहिक बलात्कार गरे।, किशोरी बेहोस भइन्। त्यसपछि शनिबार मध्यरातमा अर्धचेत अवस्थाकी किशोरीलाई मोटरसाइकलमा राखेर बाँके बैजनाथ गाउँपालिका वडा नं. ८  पिपरीस्थित  विक्रान्त थारुको बंगुर फार्ममा पुर्‍याए।, अर्धचेत अवस्थाकी ती किशोरीमाथि फेरि त्यहाँ बलात्कार थयो। , त्यसपछि उनीहरू जोगिन किशोरीलाई गाउँ छोड्ने योजना बनाए।, यसरी खुल्यो सामूहिक बलात्कारको तथ्य, अर्धचेत अवस्थाकी किशोरीलाई घर पुर्‍याउन भनेर विक्रान्तको आग्रहमा उनकै भे ३ प ३५२७ नम्बरको मोटरसाइकल प्रयोग गरियो। , मोटरसाइकलको  बीचमा अर्धचेत अवस्थाकी किशोरीलाई राखेर दुई किशोर आइतबार बिहान चार बजे हुइँकिएका थिए।   , उनीहरू नेपालगन्ज– गुलरिया सडक खण्डमा गुडिरहेका थिए।  उढरापुरमा ड्युटीमा रहेको प्रहरीले तीन जना सवार र बीचमा बसेकी किशोरीलाई अर्धचेत अवस्थामा देखेर रोक्यो । , सुरूमा मोटरसाइकल चालक र किशोरीलाई पछाडि बसेर समातेका युवाले उनी बिरामी रहेको भनेर प्रहरीलाई झुक्याउन खोजे। तर, ड्युटीका प्रहरीले थप प्रश्नहरू सोधेपछि उनीहरू अनकनाए। जवाफ दिने सकेनन्। , प्रहरीले मोटरसाइकलसहित तीनै जनालाई प्रहरी कार्यालयमा पुर्‍यायो । किशोरीको चेत खुलेपछि उनले आफूमाथि भएको घटनाको बेलिविस्तार लगाइन्। , उनको बयानका आधारमा इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरी टोलीले बलात्कार आरोपित सबैलाई पक्रन सफल भएको डिएसपी न्यौपानले सेतोपाटीलाई बताए। , किशोरीको बयानका आधारमा विक्रान्तको बंगुर फार्ममा समेत पुगेर प्रहरीले केही प्रमाण संकलन गरेको जानकारी दिएको छ। , किशोरीको स्वास्थ्य परीक्षण रिपोर्ट आएपछि आवश्यक कानुनी कारवाही सुरू हुने प्रहरीले जनाएको छ। , पक्राउ परेकाहरूविरूद्ध जबर्जस्ती करणी आरोपमा अनुसन्धान जारी रहेको  डिएसपी न्यौपानेले जानकारी दिए।, प्रेमीले जन्मदिन मनाउन बोलाएकी किशोरीको सामूहिक बलात्कार
राजेश घिमिरे सत्र वर्षअघि आजैका दिन। माडीको पल्लो छेउ बगईबाट आएको बस यात्रुले खचाखच थियो। त्यस दिन बगईबाट काठमाडौं र पोखरा जाने दुई वटा गाडी नचलेका कारण एउटै बसमा यात्रु थोपरिएका थिए। , माडीको कल्याणपुरका ईश्वरीप्रसाद पौडेल र श्रीमती भुवनशान्तिले घर अगाडि सडक किनारामा उभिएर हात उठाए। चालकले बस रोके।, बसमा पाइला टेक्ने ठाउँ थिएन। भुवनशान्तिले पहिले गाडीमा पाइला राखिन्। भीड छिचोलेर भित्र जान हम्मे भएपछि ईश्वरीले धकेलेर भुवनशान्तिलाई भित्र पुर्‍याए। आफू छेउमै उभिए।, करिब पाँच सय मिटर गुडेपछि गाडीले इन्जिन खराब भए झैँ संकेत गर्‍यो। ईश्वरी लौ, चढ्ने बितिक्कै गाडी बिग्रियो भनेर सोच्दै थिए, अजंगको आवाज आयो। सँगै बसेका मान्छेहरू तितरबितर भए। ईश्वरी बेहोस भए।, उनको होस खुल्दा बाँदरमुढे खोलामा कोही रगताम्य थिए, कोही छटपटाइरहेका थिए। श्रीमती भुवनशान्ति पनि त्यहीँ छटपटाउदै थिइन्। , बाँदरमुढे घटनामा घाइते भएका माडीको कल्याणपुरका ईश्वरीप्रसाद पौडेल। तस्बिरः राजेश घिमिरे/सेतोपाटी, सशस्त्र युद्ध गरिरहेको तत्कालीन नेकपा माओवादीका कार्यकर्ताहरूले थापेको एम्बुसमा परेको थियो ना १ ख ३२४५ नम्बरको बस। त्यो दिन थियो २०६२ सालको जेठ २३ गते, बाँदरमुढेमा भएको बम विस्फोटमा परेर ३८ जनाको ज्यान गयो। बसमा सवार ७५ जना घाइते भए। मृत्यु हुनेमा तीन जना नेपाली सेनाका जवान पनि थिए।, सत्र वर्षमा बाँदरमुढे खोलामा धेरै पानी बगिसक्यो। ज्यान गुमाउनेका परिवार, अंगभंग हुनेहरू र उनीहरूका परिवारका जीवनमा धेरै उतारचढाव र परिवर्तन आयो। उनीहरूले खोजेको राहत र न्यायको आशा भने पूरा हुन सकेको छैन बरू सत्र वर्ष पुरानो घाउ अझै आलो बनेर मानसपटलमा घुमिरहेको छ। , घटना हुँदा ईश्वरीप्रसाद पौडेल ३४ वर्षका थिए। उनकी ६ वर्षकी छोरी थिइन्। एम्बुसमा परेका ईश्वरी र भुवनशान्ति झट्ट हेर्दा सकुशल देखिन्छन्। उक्त घटनाले उनीहरूलाई पुर्‍याएको शारीरिक र मानसिक चोट, उनीहरूको परिवारिक जीवनमा आइपरेको बज्रपात जोकसैले बुझ्न सक्दैनन्। , ‘झट्ट हेर्दा मलाई केही भएको छैन जस्तो देखिन्छ तर त्यो घटनापछि मेरो टाउको र ढाडमा निकै ठूलो समस्या आयो। त्यो समस्यासँग जुध्न नसकेर मैले आफ्नो व्यवसाय छाड्नुपर्‍यो। अहिले सामान्य काम गर्न पनि गाह्रो हुन्छ,’ ईश्वरी भन्छन्, ‘परिवारको मुली नै केही गर्न नसक्ने अवस्थामा हुँदा अरूको हालत के भयो होला!’, घटनापछि भुवनशान्तिका हातखुट्टाले पहिले जसरी काम गरेनन्। , उनीहरूले बाँदरमुढे घटनामा घाइते भएको भनेर आधिकारिक पहिचान पनि पाउन सकेका छैनन्। , ‘सरकारी कार्यालयहरूमा गएर म बाँदरमुढे घटनाको घाइते हुँ, पहिचान दिनुपर्‍यो भन्दा कर्मचारीहरू मैमाथि शंकाको नजरले हेर्छन्। नक्कली घाइते आयो भन्छन्। भित्री चोट म कसलाई देखाऊँ,’ ईश्वरीले ,सेतोपाटी,सँग भने, ‘घाइते भएको पहिचान दिन नसक्नेहरूबाट न्यायको के आश गरौँ!’ , उनले उक्त घटनापछि श्रीमान–श्रीमतीमै देखिएका भित्री समस्याले परिवारका सबैको जीवनमा असर परेको बताए। कमाउने बाटो बन्द हुँदा छोराछोरीलाई गतिलो शिक्षा दिन नसकेको उनको भनाइ छ। , पौडेल दम्पतीका यसपालि एसईई दिएका छोरा प्रतीकले आइटी पढ्न खोजेका छन्। त्यसका लागि उसलाई विज्ञान विषय पढ्नुपर्छ। ‘छोरालाई राम्रो क्याम्पसमा पढाउने मन छ तर कसरी पढाउने भन्ने चिन्ता छ,’ भुवनशान्ति भन्छिन्, ‘न आफूले गर्न सकियो, न गर्नुपर्नेले दायित्व पूरा गरे।’, बाँदरमुढे घटनाको दुई वर्षपछि तत्कालीन नेकपा माओवादी देशको सबैभन्दा ठूलो पार्टी बन्यो। उक्त पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ देशको प्रधानमन्त्री भए। त्यतिबेला मृतकका परिवार र घाइतेहरूले धेरै आशा गरेका थिए तर उनीहरूले सोचेजस्तो केही भएन। सोही पार्टीका नेता बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा पनि जस्ताको जस्तै रह्यो।, करिब एक दशकअघि अध्यक्ष प्रचण्डले माडी आएर घटनाका पीडितका लागि विशेष प्याकेज ल्याउने घोषणा नै गरेका थिए। त्यो घोषणाले घटनाको पीडितहरूमा आशा जगायो तर उनी दोस्रो पटक प्रधानमन्त्री हुँदा पनि आफ्नो वाचा पुरा गर्न सकेनन्। , ‘बाँदरमुढे घटना पीडित समिति’ का उपाध्यक्ष कृष्ण अधिकारीका अनुसार माडी महोत्सवमा प्रचण्डले ६० लाख रुपैयाँको प्याकेज ल्याउँछु भनेर घोषणा गरेका थिए आजसम्म पनि पूरा भएको छैन। , ‘केही पीडितलाई आर्थिक प्रलोभनमा पारेर उनको विपक्षमा नबोल्ने बनाए तर काम केही गरेनन्,’ अधिकारीले भन्छन्, ‘हामी अब त्यस्ता आश्वासनको विश्वास गर्नेवाला छैनौं। यो घटना त अन्तर्राष्ट्रिय मुद्दा बनिसकेको छ। अब हामी चुप लागे पनि बाँदरमुढेको घटना हराउँदैन।’ , अधिकारीले सत्र वर्ष भइसक्दा पनि पीडितको घाउ आलै रहेको बताए। ‘मान्छेहरूलाई लाग्छ सत्र वर्षसम्म पनि यो मान्छे किन कराइरहेको होला भनेर तर घटना उही स्थितिमा छ। न पीडितले न्याय पाए, न कुनै टुंगो लाग्यो,’ उनी भन्छन्, ‘राज्यले चाहेको भए बाँदरमुढे स्मारकलाई व्यवस्थित बनाएर पर्यटकीय क्षेत्र बनाउन सक्थ्यो तर ऊ त्यसो गर्न चाहँदैन।’ , सरकार स्मारकको नाम निशान मेटाउन लागिपरेको अधिकारीको आरोप छ। पीडित र मृतकका परिवारका नजरमा राज्य चेतनाशून्य देखिएको उनको भनाइ छ।, ‘बाँदरमुढे घटना पीडित समिति’ का उपाध्यक्ष कृष्ण अधिकारी घटनामा ज्यान गुमाएका व्यक्तिको नाम देखाउँदै। तस्बिरः राजेश घिमिरे/सेतोपाटी, उक्त घटनामा घाइते भएका अधिकारीको काठमाडौंको छाउनीस्थित सैनिक अस्पतालमा उपचार भएको थियो। उनको छातीका दुई वटा करङ भाँचिएका छन्। देब्रे खुट्टा भाँचिएर स्टिल राखिएको छ। उनको ढाडमा पनि समस्या छ। , ‘राज्यको तर्फबाट अहिलेसम्म मैले ४० हजार रुपैयाँ पाएको छु,’ उनले भने, ‘दुखाइ कम गर्ने औषधि दिनहुँ खानुपर्छ। महँगीमा औषधि किन्न पनि गाह्रो भइरहेको छ।’ , घटनामा आफन्त गुमाउनेको पीडा झन् ठूलो छ। माडी–५ की नरमाया सुनारले उक्त घटनामा श्रीमान दिलबहादुरलाई गुमाएकी थिइन्। उनका एक छोरा घाइते भएका थिए।, ‘परिवारको मुख्य मान्छे मरे। छोरो घाइते भएर काम गर्नै नसक्ने भयो। म बुढीलाई ज्यान पाल्नै धौधौ छ,’ उनी भन्छिन्, ‘सरकारले सहयोग गर्छ भन्थे, खोइ! हामीलाई त कसैले केही सहयोग गरेन।’ , माडी–५ का भुवनसिंह गुरूङकी सासु श्रीकुमारी गुरूङको पनि उक्त घटनामा मृत्यु भयो। घरमा आएकी आमालाई नवलपुरको दुम्कीबासस्थित घर पुर्‍याउन जाँदै गरेकी भुवनसिंहकी श्रीमती जगनमाया घाइते भइन्। जगनमायाको टाउकोमा चोट लाग्यो, दुबै खुट्टा भाँचिए। सरकारले एक लाख रुपैयाँ दियो। , ‘घटनापछि श्रीमती केही काम गर्न सक्दिनन्, उनलाई सहयोग गर्ने मान्छे चाहिन्छ,’ भुवनसिंह भन्छन्, ‘त्यो घटनाले त हामीलाई कति पीडा दियो कति! त्यो एक लाख रुपैयाँ त छेउ पनि होइन।’ , माडी नगरपालिकाको केन्द्र वसन्तपुरबाट करिब पाँच किलोमिटर पर बाँदरमुढे खोला छ। बम विस्फोटको घटना हुनुअघि नै खोलाको पुल भत्किएको थियो। पुल भत्किएपछि गाडी खोलाबाटै चल्थे। घटना भएको तीन वर्षपछि खोलाको ५० मिटरजति पर बाँदरमुढे स्मारक बनेको थियो।, स्मारकमा घटनामा मृत्यु हुने र घाइते हुनेको नाम लेखिएको छ। स्मारकमा नेकपा माओवादीलाई ‘तत्कालीन सरकारद्वारा आतंककारी घोषित’ पनि उल्लेख गरिएको छ। स्मारकको उद्घाटन माडीको कल्याणपुरका नभप्रसाद घिमिरेले गरेका थिए।, अहिले माढी खोलामा नयाँ पुल बन्दैछ तर खोलाको धार परिवर्तन गरिएको छ। मृतकका परिवारज र घाइतेको जीवन भने पीडाको आहालमा जस्ताको तस्तै छ।, बाँदरमुढे घटनाको १७ वर्ष: पीडित भन्छन्– घाइतेको पहिचानसमेत नदिने सरकारबाट न्यायको के आश गरौँ? (भिडिओ)
सेतोपाटी संवाददाता वातावरणमा परेको असरले ठूलो क्षति भइरहेको भन्दै विज्ञहरूले तीनै तहका सरकार, नागरिक र सरोकारवाला निकायहरू वातावरण संरक्षणमा गम्भीर बन्नुपर्ने आवश्यकता रहेको बताएका छन्।, सोमबार राष्ट्रिय मानव अधिकार आयोगले विश्व वातावरण दिवसको अवसरमा ललितपुरमा आयोजना गरेको संघीय संरचनामा मानव अधिकारको दृष्टिकोणबाट प्राकृतिक स्रोतको व्यवस्थापन विषयक अन्तर्क्रियात्मक कार्यक्रममा बोल्दै विज्ञहरूले वातावरण जोगाउन सबैले महत्वपूर्ण भूमिका खेल्न आवश्यक रहेको बताएका हुन्। , कार्यक्रममा बोल्दै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगलाई बाटो देखाउने कुनै कानून नरहेको गुनासो गरे।, उनले आयोगलाई गाइड गर्ने एकीकृत कानून बन्नुपर्नेमा जोड दिए। आफू नियुक्ति भएपछि पहिलो निर्णयको रूपमा कानून बनाइ ड्राफ्ट गर्न सैद्धान्तिक स्वीकृति माग गरेको तर सरकारले ३ वर्ष भइसक्दासमेत त्यसमा कुनै आवश्यकता नऔंल्याएको बताए। , उनले नेपालसहित संसारमै प्रकृतिमाथि अपमान भइरहेको र सहरी समस्याको व्यवस्थापनमा विकराल अवस्था सिर्जना भइरहेको बताए।, उनले भने, ‘राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगलाई गाइड गर्ने कानून छैन। त्यसकारण एकीकृत कानून बन्नुपर्छ भन्नेमा आयोगको प्रष्ट धारणा छ। हामीले त्यसको ड्राफ्ट गर्ने भनेर ऐन ड्राफ्ट गर्नको लागि सैद्धान्तिक स्वीकृति लिनुपर्छ। त्यो नेपाल सरकारसँग सैद्धान्तिक स्वीकृति माग गरेको तर आजसम्म पनि सैद्धान्तिक स्वीकृति नपाएको अवस्था हो। मैले नियुक्ति पाएपछि पहिलो निर्णय नै यो गरेको थिएँ। अहिले तीन वर्ष भयो हालसम्म सैद्धान्तिक स्वीकृति पाएको छैन।’, पटक/पटक अर्थमन्त्रीलाई ताकेता गरे पनि सुनुवाइ नभएको उनको गुनासो छ।, ‘हरेक पटक अर्थमन्त्रीलाई हामीले भनेका छौं।  तर काम भएको छैन। प्रकृतिमाथिको अपमान बढ्दै गएको अवस्था छ। त्यसलाई सम्मान गर्ने कुरा बुझाइमा फरक फरक छ। सहरी समस्याको विकराल स्वरूप छ। त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा सोच्नुपर्छ। हाम्रो प्राथमिकता र बुझाइमा विकराल भिन्नता छ। त्यसको समाधान हुनुपर्छ।  यो कुरा हामीले ग्लोबल्ली उठाउनु पर्छ। सानो देश भनेर अप्ठ्यारो मान्नु हुँदैन।’, त्यस्तै, वातावरण विभागका महानिर्देशक गोपालप्रसाद अर्यालले वातावरण विभाग र जलवायु परिवर्तनको विषयलाई पनि एकै ठाउँमा राखेर संस्थाको पुनः संरचनाको प्रक्रिया अघि बढाउनु पर्नेमा जोड दिए। , उनले सरकारले कानून संशोधन गरेर यसबारेमा काम गरिरहेको बताए।, उनले भने, ‘वातावरण विभागलाई अहिलेको कानूनले जुन किसिमको भूमिका दिएको छ, त्यसभित्र बसेर काम गर्नुपर्छ। हामीले प्रस्तुतिमा सब्जेटिभभन्दा पनि अब्जेटिभ हुनु जरूरी छ। वातावरण विभाग र जलवायु परिवर्तनको विषयलाई पनि एकै ठाउँमा राखेर संस्थाको पुनः संरचनाको प्रक्रिया अघि बढाउन खोजिएको छ। यसको कुरा कानूनमा पनि जोडिन्छ, कानूनमा पनि संशोधन गरिसकेपछि रिसर्चको बारेमा अघि बढ्न सकिन्छ, सरकार त्यही दिशामा अघि बढिरहेको छ।’, त्यस्तै, सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसीले अहिलेको वातावरण संशोधन २०७७ सम्बन्धी ऐन पूर्ण नभएको आरोप लगाए। , उनले यस कानूनले कुनै काम पनि नगर्ने र कारबाही पनि गर्न नसक्ने भन्दै यो ऐन क्यान्सिल गर्नुपर्ने बताए। , उनले वातावरण परिषदमा प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्री लगायतका पदाधिकारीहरू रहेको र यसले कुनै काम गर्न नसकेको आरोप लगाए। , उनले यसलाई छुट्टै विभाग बनाएर उच्च र विज्ञ व्यक्तिहरू राख्ने गरी वातावरणको क्षेत्रमा काम गर्न आवश्यक रहेको बताए। , पूर्वन्यायाधीश केसीले अहिलेको वातावरण संशोधन २०७७ ऐन देखाउने नाम मात्रै भएको बताए।, त्यस्तै, राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले संरक्षित क्षेत्रबाट मानव अधिकार हनन् भइरहेकोबारे आयोगको ध्यानाकर्षण भएको बताए। उनले वातावरणको क्षेत्रमा पनि आयोगले काम गरिरहेको भन्दै  वातावरणमा परेको असरका बारेमा सरकारलाई ध्यानाकर्षण गराएको बताए।, अध्यक्ष मगरले वातावरण संरक्षण गर्न र वातावरणमा परेको असरबाट मानव रक्षाको लागि सरकारसँग सिफारिस गरिरहेको पनि बताए।, वातावरणमा असरबारे विज्ञहरूको सुझाव
सेतोपाटी संवाददाता नुवाकोट र धादिङको सीमामा पर्ने बञ्चरेडाँडामा काठमाडौं उपत्यकाको फोहोर फाल्न तीन वर्षदेखि डम्पिङ साइट बन्दैछ।, कस्तो छ बञ्चरेडाँडा? अहिलेसम्म कति काम सकियो? के के बाँकी छन्?, बञ्चरे डम्पिङ साइटमा पहिलो र दोस्रो खण्ड गरी फोहोर फाल्ने दुइटा ठाउँ छन्।, सबभन्दा मुनि रातो माटो बिछ्याइन्छ। रातो माटोको तह झन्डै तीन फिट अग्लो छ। रोलरले पेलेर सम्याएपछि माथिबाट ‘जिओमेम्ब्रेन’ (कालो कपडा) ओछ्याइन्छ। त्यसमाथि एक फिट बालुवा र त्योभन्दा माथि त्यति नै फिट गिटी राखेर पर्दाजस्तो बाक्लो सेतो कपडाले छोपिन्छ। फोहोरबाट पानी थिग्रिएर जाओस् भनेर कपडा राखिएको हो।, थिग्रिएर आउने पानीलाई ‘लिचड’ भनिन्छ। त्यसलाई जमिन मुनिमुनिबाट ट्यांकीमा जम्मा गर्न पाइपलाइन बिछ्याइएको छ। लिचड जम्मा हुने ट्यांकी पाँचवटा छन्। तिनै ट्यांकीमा यताबाट उता, उताबाट यता बगाउँदै पानी शुद्धीकरण गर्ने योजना छ।, फोहोरको डुंगुरबाट ग्यास निष्कासन गर्न दर्जनौं पाइप आकाशतिर फर्काएर ठड्याइएका छन्। ग्यासले निस्कने ठाउँ पाएन भने पड्किने वा आगो लाग्ने डर हुन्छ। फोहोरको तह जति अग्लिँदै जान्छ, ग्यास उत्सर्जन गर्ने पाइप एउटामाथि अर्को खप्टाउँदै लगिन्छ।, डम्पिङ साइटबाट फोहोर बगेर नजाओस् भनेर अग्लो बाँध पनि बाँधिएको छ। बाँधमाथि फराकिलो बाटो छ जहाँ फोहोर ओसार्ने ट्रकहरू पार्क गर्न मिल्छ।, हामीले स्थलगत हेर्दा साइट निर्माणको काम अन्तिम चरणमा पुगेको देखिन्छ। बाँध र पुलको काम सकिसकेको छ। निर्माण कम्पनीले केही दिनमै सरकारलाई हस्तान्तरण गर्दैछ। बाँकी काम चार–पाँच महिनामै सकिने त्यहाँका कामदार बताउँछन्।, आयोजना प्रमुख रवीन्द्र बोहोरा भने असार मसान्तसम्म सबै काम पूरा हुने दाबी गर्छन्।, ‘पहिलो खण्डको साइट पूरा भइसक्यो। दोस्रो खण्ड ८० प्रतिशत सकियो। रातो माटोमाथि ओछ्याइने जिओमेम्ब्रेन भारतबाट ल्याउनुपर्छ। दस–पन्ध्र दिनमा आइसक्छ। त्यसपछि पन्ध्र दिनमा काम सकिन्छ,’ उनले भने, ‘असार मसान्तसम्म सबै काम पूरा हुन्छ।’, तीनपिप्लेदेखि बञ्चरेडाँडासम्म साढे १२ किलोमिटर सडक कालोपत्र पनि गरिँदैछ। यसका लागि टेन्डर खुल्ने प्रक्रियामा छ। बजेट साढे ११ करोड रूपैयाँ हो।, मुड्खुबाट सिधै बञ्चरे पुग्ने ट्रयाक पनि खुलेको छ। फोहोर ओसार्ने गाडी र अन्य ट्रक तथा टिपरले मात्र प्रयोग गर्ने यो बाटो साढे सात किलोमिटर छ। यसले बञ्चरेसम्मको दुरी छोट्टिन्छ। स्तरोन्नति गर्न छ करोड रूपैयाँ लाग्ने अनुमान छ।, डम्पिङ साइटको प्रगति हेर्दा र सुन्दा काठमाडौंको फोहोरमैला समस्याले चाँडै नै पार पाउला कि भन्ने आस जाग्छ।, तर यो त्यति सजिलो छैन।, डम्पिङ भनेको फोहोरमैला व्यवस्थापनको एउटा पाटो मात्र हो। यसबाहेक थुप्रै पाटा छन् जसमा काम सुरू हुनै बाँकी छ।, पटकपटक बल्झिरहने काठमाडौंको फोहोरमैला समस्याको कारण के? समाधानको बाटो के?, यसका लागि हेर्नुहोस् काठमाडौंको फोहोरमैला व्यवस्थापनसम्बन्धी रिपोर्ट:, बालेन शाहले कहिले पाउलान् खादा र माला लगाउन?, कस्तो छ बञ्चरेडाँडा? कति काम सकियो? (भिडिओ)
सेतोपाटी संवाददाता भक्तपुरमा ट्यांकरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। , मध्यपुरठिमी नगरपालिका-१ लोकन्थली चोकमा ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए। , काभ्रे बनेपा नगरपालिका-५ बस्ने ४५ वर्षीय नकुल थापाको मृत्यु भएको उनले बताए।, सोमबार अपराह्न सवा ४ बजे भक्तपुरबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०२-०२५ प १६२० नम्बरको स्कुटरलाई बाग्मती प्रदेश ०१-००४ क ०५८० नं को दूध बोक्ने ट्यांकरले ठक्कर दिएको हो। , दुबै सवारीसाधन एकै दिशामा जाँदै थिए। , ठक्करपछि स्कुटर चालक थापा गम्भीर घाइते भएका थिए। उपचारको लागि उनलाई नागरिक अस्पताल ठिमी लगिएको थियो। , त्यहाँ उपचारको क्रममा साढे ४ बजे मृत्यु भएको पाण्डेले बताए। , दुर्घटनामा संलग्न सवारीसाधन र ट्यांकर चालक भक्तपुर नगरपालिका-२ व्यासी बस्ने ३५ वर्षीय राजन व्यान्जुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।, प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान अघि बढाएको छ।, भक्तपुरमा ट्यांकरको ठक्करबाट स्कुटर चालकको मृत्यु
सेतोपाटी संवाददाता नवलपरासी पश्चिम जिल्ला अदालत परिसरमा गोली चलेको छ। , सोमबार दिउँसो साढे ३ बजे जिल्ला अदालत नवलपरासी पश्चिम परिसरमा एक व्यक्तिले गोली चलाएर फरार भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए। , सरावल गाउँपालिका-४ मंगलापुर बस्ने ३० वर्षीया रोशनी यादव र ३० वर्षीय हंशराज यादवबीच जग्गा विवाद थियो।, उनीहरूको विवादबारे छलफल गर्न अदालत बोलाएकोमा हंशराज यादवले गोली चलाएको प्रहरी उपरीक्षक कँडेलले जानकारी दिए। , घटनाबारे खबर पाएपछि प्रहरी उपरीक्षक कँडेलको कमान्डमा ११ जनाको टोली खटिएको छ। यादव अझै फरार छन्। , गोलीले कसैलाई नलागेको कँडेलले बताए। प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।,  , नवलपरासी पश्चिम जिल्ला अदालतमा चल्यो गोली
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाको कल सेन्टर आजदेखि सञ्चालनमा ल्याइएको छ। , एक साताभित्र गुनासो व्यवस्थापन तथा सोधपुछ केन्द्र (कल सेन्टर) सञ्चालनमा ल्याउने गरेको निर्णय अनुरूप कल सेन्टर सञ्चालनमा ल्याइएको मेयर बालेन शाहको सचिवालयका प्रवक्ता महेश काफ्लेले जानकारी दिए। , गत सोमबार बसेको पहिलो कार्यपालिका बैठकले एक साताभित्र गुनासो व्यवस्थापन तथा सोधपुछ केन्द्र (कल सेन्टर) सञ्चालनमा ल्याउने निर्णय गरको थियो।, काफ्लेका अनुसार पहिलो कार्यपालिका बैठकले एक साताभित्र कल सेन्टर सञ्चालनमा ल्याउने गरेको निर्णय कार्यान्वयन गर्दै सोमबारदेखि राष्ट्रिय सभा गृहमा कल सेन्टर सञ्चालनमा ल्याइएको हो। , ‘महानगरसँग कुनै पनि गुनासो तथा सल्लाह सुझाव भए सेवाग्राहीले निःशुल्क टोल फ्री नम्बर १६६००१०५५११ मा सम्पर्क गर्न सक्नेछन्’ काफ्लेले भने। , काफ्लेका अनुसार हाललाई तीन जना कर्मचारीबाट कल सेन्टर सञ्चालनमा ल्याइएको छ। विस्तारै यसको मागअनुरूप कल सेन्टरको संख्या पनि बढाउँदै जाने उनले बताए। , ‘कल सेन्टरमा कसैले फोन गर्दा नलाग्ने इत्यादि समस्या भए समस्या रेकर्ड गरेर राख्न सकिन्छ,’ उनले भने, ‘त्यसो भएको खण्डमा रेकर्ड भएको समस्यालाई त्यहाँका कर्मचारीहरूले सुनेर गुनासो सम्बोधन गर्नुहुनेछ।’ , कल सेन्टरमा फोन गरेरमात्र नभई इमेल र एसएमएस गरेर पनि आफ्नो गुनासो राख्न सकिने उनले बताए।  , ‘हामीले कल सेन्टर आजदेखि सञ्चालनमा ल्याएका छौं,’ उनले भने, ‘प्राविधिक समस्याका भएका कारण आधिकारिक जानकारी नदिएका हौं। प्राविधिक विषयमा काम भइरहेको छ।’, भोलि अथवा पर्सिदेखि कल सेन्टर राम्ररी सञ्चालन हुने काफ्ले बताए। , काठमाडौं महानगरले सञ्चालनमा ल्यायो कल सेन्टर
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिका-१६ का वडा अध्यक्षले आफ्नो वडाको फोहोर आफैं उठाउन थालेका छन्। , सोमबार बिहानदेखि वडा नम्बर १६ का प्रमुख ठाउँहरूमा रहेको फोहोर उठाउन थालिएको वडाध्यक्ष मुकुन्द रिजालका सहयोगी किरण भट्टराईले जानकारी दिए। , रिजालले सोह्रखट्टे चोकबाट फोहोर उठाउन सुरू गर्दै कालधारा र शाशा गेटमा रहेको फोहोरको अल्पकालीन व्यवस्थापनमा जुटेको बताएका छन्।, सोमबार बिहान बसेको वडा समितिको बैठकले फोहोर उठाउने निर्णय गरेको भट्टराईले बताए।, ‘ल्यान्डफिलमा अवरोध भएर धेरै दिनसम्म सडकमै फोहोर थुप्रिएपछि वडाको फोहोर उठाउन अध्यक्ष आफैंले पहल गर्नुभएको हो,’ भट्टराईले भने। , उनका अनुसार धेरै दिन बितिसक्दा पनि महानगरको वातावरण विभागले फोहोर उठाउन नसकेपछि रिजाल आफैं फोहोर उठाउन अघि सरेका हुन्।  , ‘अहिले चार गाडी फोहोर उठाइसेकेका छौं’, उनले भने ‘मेन मेन चोकको फोहोर मात्र उठाउँदा पनि १०-१२ गाडी हुने हाम्रो अनुमान रहेको छ।’, सडकमा थुप्रिएका फोहोर उठाउन महानगरको गाडी प्रयोग गरिएको उनले बताए।, ‘अहिले फोहोर उठाउँदै छौं,’ भट्टराईले भने, ‘हाललाई यो फोहोर वडा नम्बर १६ कै एउटा खाली स्थानमा लगेर पुर्ने योजना बनाएका छौं।’, उनले गल्ने र नगल्ने फोहोर छुट्टयाएर पुर्ने बताए। तर बस्ती बाहिर ठाउँमा पुर्ने योजना रहेको उनले बताए।, यो फोहोर उठाएर अस्थायी समाधानमात्र गरेको भट्टराईको जिकिर छ।, उनका अनुसार डम्पिङ साइटमा कुरा मिलेपछि फोहोर उतै लगिने छ।, वडाध्यक्षले उठाउन थाले काठमाडौं-१६ का फोहोर
शोभा शर्मा यौन हिंसाविरूद्ध सेतोपाटी संवाद, हामीकहाँ बर्सेनि दुई हजारभन्दा बढी बलात्कारका घटना प्रहरीमा दर्ता हुन थालेका छन्। गत वर्ष मात्र २ हजार ५ सय ३२ वटा बलात्कारका जाहेरी दर्ता भएका थिए। धेरैजसो घटनामा बालबालिका पीडित छन्।, बलात्कार, बलात्कार प्रयास, यौन दुर्व्यवहार तथा यौन हिंसाका घटनामा ६३ प्रतिशत पीडित बालिकाहरू हुने गरेको प्रहरी तथ्यांकमा छ।, पछिल्लो समय बलात्कारका घटना प्रहरीकहाँ रिपोर्ट गर्ने अभ्यास बढिरहेको छ। तर समाजमा पुरूषप्रधान मानसिकता र पीडकहरूको शक्तिशाली उपस्थितिका कारण अझै पनि पीडितहरूलाई बोल्न सजिलो छैन।, यसको एउटा उदाहरण हो, ग्लोबल मोडेल कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेले आफूलाई पटकपटक बलात्कार गरेको भनी एक युवतीले आठ वर्षपछि दिएको बयान।, ती युवतीले आठ वर्षसम्म मनमा लुकाएर राखेको घाउ २१ वटा भिडिओ क्लिपमार्फत् सामाजिक सञ्जालमा सार्वजनिक गरिन् र समाजको एउटा चेहरा उदांग पारिन्।, भिडिओ सार्वजनिक भएपछि पीडक भनिएका पाण्डे पक्राउ मात्र परेका छैनन्, यसले बलात्कार लगायत यौन दुर्व्यवहारविरूद्ध समाजलाई झक्झकाएको छ।, बलात्कारजस्तो गम्भीर प्रकृतिको अपराधमा उजुरी गर्न कानुनी हदम्याद लागू हुनुहुँदैन भन्ने बहस पनि सुरू भएको छ। संसदभित्र र बाहिरबाट उठेको दबाबपछि सरकार अहिले कानुनमा रहेको हदम्यादसम्बन्धी व्यवस्था खुकुलो बनाउने तयारीमा छ।, यसै सन्दर्भमा हामीले किशोर-किशोरी तथा बालबालिकाहरूसँग यौन दुर्व्यवहार, बलात्कार लगायत विषयमा छलफल शृंखला सुरू गरेका छौं।, समाजमा भइरहने यस्ता घटनालाई उनीहरूले कसरी हेरेका छन्? यी घटनाले उनीहरूको मनस्थितिमा के असर पारेको छ? यस्ता घटनाबारे किशोर-किशोरी तथा उनीहरूका अभिभावक घरमा कुरा गर्छन् कि गर्दैनन्? यिनै सवालहरूमा विमर्श गर्नु हाम्रो उद्देश्य हो।, यो भिडिओ शृंखलामा हामी किशोर-किशोरी तथा बालबालिकासँग मात्र कुरा गर्ने छैनौं, उनीहरूका अभिभावकसँग पनि छलफल गर्ने छौं। सँगसँगै, मनोपरामर्शविद्, वकिल, प्रहरी तथा शिक्षक-शिक्षिकाहरूसँग पनि कुरा गर्ने छौं।, आज शृंखलाको पहिलो अंकमा हामीले कोटेश्वरस्थित कान्जीरोवा स्कुलमा कक्षा ९ र १० पढ्ने १० जना विद्यार्थीसँग संवाद गरेका छौं।, भिडिओ: सुसन चौधरी/सेतोपाटी, बलात्कारका घटनाबारे के भन्छन् यी किशोर-किशोरी? (भिडिओ)
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिका वातावरण विभागको नेतृत्वमा विज्ञ सहितको टोली सिसडोल जाने भएको छ।, मंगलबार वातावरण विभागका प्रमुख सरिता राईको नेतृत्वमा विज्ञको टोली सिसडोल प्रस्थान गर्ने मेयर बालेन शाहका सहयोगी कुमार व्यञ्जनकारले जानकारी दिए। , उनका अनुसार सो टोलीमा नास्टका विज्ञ डा. रविन्द्र ढकाल, डा. टिस्टा प्रसाईं जोशी, अमृता पौडेल लगायत रहनेछन्। , उक्त टोली दिउँसो १२ बजे सिसडोल जाने व्यञ्जनकारले बताए।, सिसडोल पुगेर त्यहाँको लिच्चड, पानी र ग्यासको स्याम्पल परीक्षण गरिने उनले बताए। ,  , भोलि काठमाडौंबाट विज्ञ सहितको टोली सिसडोल जाने
रमेश लम्साल झण्डै ४० वर्षदेखि चर्चाको केन्द्रमा रहेको एउटा सपनाको परियोजना नितान्त नयाँ तरिकाले सिंहदरबार आसपासमा गर्माएको छ।, आयोजना बन्ला र सुदूरपश्चिम प्रदेशको समृद्धिको सपना पूरा होला भन्ने आशमा बसेका सेती किनारका कतिपयले त आश नै मारिसकेको सो परियोजना अब त बन्ला कि भन्ने आश पलाएर गएको छ।, वर्षौंदेखि एउटै कुरा सुन्दै आएका ढुङ्गाड क्षेत्रका बासिन्दालाई पश्चिम सेतीको चर्चा सिंहदरबार आसपास चल्दा व्यङ्ग्य गरेजस्तै लाग्छ होला। निर्वाचनको समयमा अधिकांश राजनीतिक दलका नेताले आयोजनाको मीठो सपना देखाए। पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द पहिलोपटक विसं २०४२ मा डोटीको ढुङ्गाड र तलारा जोड्ने सेती नदीमाथि बनाइएको झोलुङ्गे पुलको उद्घाटन गर्न पुगेका थिए।, त्यतिबेला उहाँले सेतीबाट बिजुली निकालिने र त्यसले यस क्षेत्रको विकास र रोजगारीको विस्तार हुने बताएका थिए। ढुङ्गाड लगायतका क्षेत्र डुबानमा पर्ने भएकाले त्यस क्षेत्रका जनतालाई अन्यत्र सारिने भएकाले विकासका काममा थप खर्च नहुने उनले बताएका थिए।, आयोजना बन्ने आशमा विसं २०३६ देखि लामो प्रतीक्षा गरेका त्यस क्षेत्रका जनताले आयोजनाको नाममा विकास कस्तो हो भन्नेसमेत देख्न पाएका छैनन्। लामो समयदेखि स्थानीयवासीको मृगतृष्णा जस्तै बनेको आयोजना अब भने नयाँ ढङ्गले निर्माण हुने आशा पलाएको छ।, कहिले फ्रान्सेली, कहिले अष्ट्रेलियन तथा कहिले चिनियाँ कम्पनीको होल्डमा परेको सो आयोजनालाई सरकारले लगानीको स्पष्ट खाकासहित निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन लगानी बोर्डको सोमबारको बैठकले मन्त्रिपरिषद्लाई निर्णयका लागि सिफारिस गरेको छ।, बोर्डका अनुसार सो आयोजना भारतीय कम्पनी एनएचपिसी लिमिटेडले वार्ताद्वारा कार्यान्वयनका लागि आवेदन दिएको थियो। बोर्डको ४७ औँ बैठकले पश्चिम सेती र सेती नदी–६ संयुक्त जलविद्युत् परियोजनाको विकास तथा लगानीको खाका तयार पार्ने प्रयोजनका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलको संयोजकत्वमा एक समिति गठन गरेको थियो।, समितिले तयार पारेको प्रतिवेदन सोमबारको बोर्ड बैठकमा पेश भएको थियो। समितिले आयोजनाका सम्बन्धमा पेश गरेको सिफारिससहितको प्रतिवेदन आवश्यकतानुसार कार्यान्वयन गर्दै लैजाने निर्णय गरेको बोर्डका सहसचिव एवं प्रवक्ता अमृत लम्सालले जानकारी दिए।, कूल ७५० मेगावाट क्षमताको सो आयोजनालाई सरकारले राष्ट्रिय गौरवमा समावेश गरेको पनि लामै समय भयो। तर कहिले कुन कम्पनी, कहिले कुन कम्पनीको नाममा रहने, कुनै प्रगति नहुनेजस्ता व्यवधानका कारण आयोजना केवल सपनामात्रै बनेको तथ्य कोही कसैबाट छिपेको छैन। चार दशकसम्म पनि आयोजनाका बारेमा कुनै निष्कर्ष ननिस्कनुका पछाडि लगानीको टुङ्गो नलाग्नु नै प्रमुख कारणका रूपमा रहेको सरोकारवालाले अर्थ्याउँछन्।, त्यस्तै निर्माण ढाँचाका बारेमा स्पष्ट निर्णय नहुनु, प्रसारण लाइन निर्माण तथा विस्थापितबारे उपयुक्त निर्णय नहुनु र उत्पादित बिजुलीको बजारका बारेमा कुनै यकिन नहुनु पनि त्यसपछिका सहायक कारण हुन्।, विसं २०७५ भदौमा चिनियाँ कम्पनी थ्री गर्जेजले हात झिक्दै गर्दा पनि सोही कारण जनाएको थियो। आयोजनामा सम्बद्ध अधिकारीका अनुसार २०४६ भदौदेखि आयोजनाको विस्तृत परियोजना प्रतिवेदन बनाउन लागिपरेको अष्ट्रेलियन कम्पनी स्मेक (स्नोइ माउन्टेन इञ्जीनियरिङ कर्पोरेशन)ले २०४९ मा प्रतिवेदन बुझायो।, निर्माण, स्वामित्व ग्रहण, सञ्चालन र हस्तान्तरण (बुट) मोडलमा आयोजना निर्माण गर्ने भनेर स्मेकले गरेको सम्झौता कहिल्यै कार्यान्वयन भएन। आयोजना बनाउँछौँ भन्दाभन्दै स्मेकले १८ वर्षसम्म आयोजना होल्डमात्रै गर्‍यो। अति भएपछि सरकारले आयोजनाको स्वामित्व २०६८ मा आफैँ लियो।, स्मेकले उत्पादित बिजुली भारतलाई बिक्री गर्ने र उत्पादन सुरु भएको ३० वर्षपछि चालु हालतमा सरकारलाई फिर्ता गर्ने बताएको थियो। स्मेकले कामै नगरेपछि तत्कालीन ऊर्जामन्त्री गोकर्ण विष्टले आयोजना नेपाल सरकारको नाममा नै फिर्ता ल्याएका थिए।, नेपाली समाजमा एउटा उखान लोकप्रिय छ– त्यो हो तावाबाट उफ्रेको माछा भुङ्ग्रामा। पश्चिम सेतीका हकमा पनि त्यस्तै भयो। स्मेक बाहिरिएको केही समय बित्न नपाउँदै विसं २०६८ मा चिनियाँ कम्पनी थ्री गर्जेजको सहायक कम्पनी सीडब्लयुई इन्भेष्टमेन्ट कर्पोरेशनलाई दिइयो। चिनियाँ कम्पनी आफैँमा २२ हजार ५०० मेगावाट क्षमताको थ्री गर्जेज जलविद्युत् आयोजना नै निर्माण गरेको चिनियाँ कम्पनीले आयोजना अगाडि बढाउनेमा आम नेपाली ढुक्क थिए।, चिनियाँ कम्पनीको ७५ प्रतिशत र नेपाल विद्युत् प्राधिकरणको २५ प्रतिशत बराबरको शेयर स्वामित्व रहने गरी संयुक्त कम्पनी स्थापना गर्ने सहमति भएको थियो। कूल रु एक खर्ब ८० अर्ब लागत रहने भनिएको सो आयोजनामा रु एक खर्ब ५० अर्ब वैदेशिक ऋणसमेत ल्याउने सहमति भएको थियो। तोकिएअनुसार काम भएको भए गत वर्ष नै सो आयोजनाले बिजुली बालिसकेको हुने थियो। निर्माण अवधि सात वर्ष हुने भनिएको आयोजना भने त्यति समय नै चिनियाँ कम्पनीले होल्ड गरेर राख्यो।, अन्त्यमा बिजुलीको बजार नभएको, पुनःबास तथा पुनःस्थापनाका विषयमा कुरा नमिलेको, प्रसारण लाइन निर्माण कसले गर्ने भन्नेबारेमा कुनै सहमति हुन नसकेकोजस्ता कारण देखाएर चिनियाँ कम्पनीले हात झिक्यो।, विसं २०७५ सम्म हरेक वर्ष सरकारले आयोजनाका लागि बजेटसमेत विनियोजन नै गर्ने गरेको थियो। त्यसपछि भने आयोजनाको उपयुक्त मोडालिटी तय गरेर निर्माण सुरु गर्ने भनिए पनि कुनै निष्कर्ष निस्कन सकेको थिएन। आयोजनाको पहिचान विसं २०३६ मा भएको थियो। सुरुमा कूल ३७ मेगावाट क्षमताका सो आयोजना निर्माण गर्ने भनिएको थियो।, तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्यको फ्रान्स भ्रमणका क्रममा त्यहाँका कम्पनीलाई नेपालमा पनि जलविद्युत् आयोजना निर्माणका लागि आग्रह गरेका थिए। राजाको आग्रहअनुसार नै फ्रान्सेली कम्पनी सोग्रेह नेपाल आएको थियो। सो कम्पनीले अध्ययन गरी विद्युत् उत्पादन गर्न सकिने प्रस्ताव गरेको थियो। त्यस समयमा १५० मेगावाटसम्म बिजुली उत्पादन गर्ने योजना तय भएको थियो। तर सोग्रेह कन्सल्टले आयोजना निर्माणको अनुमति पाएन।, विसं २०५१ अष्ट्रेलियन कम्पनी स्मेकलाई सर्भेक्षण गर्ने जिम्मा दिइयो। त्यसपछि आयोजनाको क्षमता ७५० मेगावाट बराबर हुने निष्कर्ष निस्कियो। सरकारले विसं २०५४ मा स्मेकलाई नै निर्माणको अनुमति दियो। तर उसले पनि अनेकन बहाना निकालेर आयोजनाको काम अगाडि बढाएन। सो कम्पनीले आयोजना निर्माण हुँदा १२ हजार घरपरिवार विस्थापित हुने निष्कर्ष सुनाएको थियो।, चाइना थ्री गर्जेज निर्माण अनुमति विसं २०६९ मा पायो। तर काम भने सुुरु हुन सकेन। आयोजना प्रभावित क्षेत्रका बासिन्दा त्यसैका बारेमा सुन्दासुन्दै बुढ्यौली उमेरमा प्रवेश गरिसकेका छन्। चार दशकसम्म आयोजनाको नाममा उनीहरुसमेत अनिर्णयको बन्दी बनेका छन्।, सरकारले आयोजना प्रभावित क्षेत्रमा सडक, तटबन्ध, विद्यालय, खानेपानीजस्ता कुनै पनि परियोजनामा लगानी गरेको छैन। त्यसको मारमा स्थानीयवासी परेका छन्। सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा यही जेठ १० गते राष्ट्रपति विद्यादेवी भण्डारीले सार्वजनिक गरेको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पश्चिम सेती र सेती नदी–६ आयोजना निर्माण सुरु गर्ने उल्लेख छ।, त्यस्तै यही जेठ १५ गते सार्वजनिक भएको सरकारको आगामी आर्थिक वर्षको बजेटमा समेत आयोजनाका बारेमा स्पष्टसँग बोलिएको छ। त्यस आधारमा पनि अब आयोजना कुनै न कुनै रूपमा अगाडि बढ्छ भन्ने विश्वास बढेर गएको छ। त्यसो त प्रधानमन्त्री शेरबहादुर देउवाले पटक–पटक पश्चिम सेती र बूढीगण्डकीजस्ता जलाशययुक्त आयोजना अगाडि बढाएरै छाडिने दृढता व्यक्त गरेका छन्।, लगानी बोर्डको बैठकले भारतीय कम्पनी एनएचपिसी लिमिटेडसँग आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ। यस निर्णयले अब आयोजनाले एउटा गति लिने विश्वास थप बढेको छ। एनएचपिसी भारतको सबैभन्दा ठूलो ऊर्जा उत्पादक कम्पनी हो। कूल सात हजार ५०० मेगावाट बराबरको बिजुली उत्पादन गरिसकेको सो कम्पनीले जलविद्युत् आयोजना, वायु तथा सौर्य ऊर्जामा समेत काम गरिसकेको छ।, पश्चिम सेती अगाडि बढ्दा सँगै रहेको सेती नदी–६ ले पनि गति लिने विश्वास बढेर गएको छ। सरकारले विसं २०७५ मा आयोजना गरेको लगानी सम्मेलनमा ती आयोजनालाई शोकेशमा राखेका थियो। पश्चिम सेती ७५० मेगावाट र सेती नदी–६ कूल ४५० मेगावाट क्षमतामा निर्माण गर्न सकिने सरकारको बुझाइ छ। सेती नदी बझाङमा पर्ने साइपाल हिमालबाट उत्पत्ति भएर बैतडी, डडेलधुरा र डोटी हुँदै अछाममा पुगेपछि कर्णालीमा मिसिन्छ। सोही नदीमा ती आयोजना निर्माण हुन्छन्।, सरकारको उच्च राजनीतिक प्राथमिकतामा परेको जलाशयुक्त आयोजना निर्माणमा जाँदा त्यसले पार्ने प्रभाव दीर्घकालीन हुन्छ। विगतको जस्तै सहमति हुने र कार्यान्वयन नहुने अवस्थाको अन्त्य गरेर आयोजना निर्माणमा जाने वातावरण बनाउनु नै उपयुक्त हुन जान्छ। सो आयोजनाका अलावा बोर्डको सोमबार साँझ बसेको बैठकले तामाकोसी पाँचौँ र राहुघाट जलविद्युत् आयोजनाको लगानीसमेत स्वीकृत गरेको प्रवक्ता लम्सालले बताए।, दोलखामा आयोजनास्थल रहेको १०० मेगावाट क्षमताको तामाकोसी पाँचौंको लागत रु १६ अर्ब ४५ करोड ९८ लाख र म्याग्दी जिल्लामा आयोजनास्थल रहेको ४० मेगावाट क्षमताको राहुघाटको लागत रु नौ अर्ब ४७ करोड ३० लाख बराबर छ।, यस्तै माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको प्रवर्द्धक कम्पनी ग्रान्धी माल्लिकार्जन राव (जिएमआर) ले २४ महिनाभित्र वित्तीय व्यवस्थापन गर्ने गरी शर्तसहित म्याद थपका गर्न मन्त्रिपरिषद्समक्ष निर्णयका लागि सिफारिस गरेको छ। (रासस), चर्चाको चार दशकपछि पूरा होला त पश्चिम सेतीको सपना?
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिका वडा नम्बर १७ ले वडाभित्रको फोहोर व्यवस्थापन गर्न सुरू गरेको छ।, लामो समय वडामा फोहोर नउठेपछि वडाकै सक्रियतामा फोहोर व्यवस्थापन सुरू भएको  वडा सदस्य कविता दासले बताइन्।, ‘आफ्नो वडा आफैं बनाऊँ’ भन्ने अभियान अर्न्तगत वडाले स्थानीय, स्वयम् सेवक र जनप्रतिनिधिहरूको उपस्थितिमा विभिन्न स्थानमा सरसफाइ तथा यत्रतत्र रहेका फोहोरलाई एकै स्थानमा व्यवस्थापन गरेको सदस्य दासले जानकारी दिइन।, विभिन्न कारणले तत्काललाई काठमाडौं महानगरपालिकाले फोहोर व्यवस्थापन गर्न सक्ने अवस्था नभएकाले वडाले नै काम अघि बढाएको वडा अध्यक्ष नविन मानन्धरले बताए।, उनले काठमाडौं महानगरपालिकाको फोहोर व्यवस्थापन गर्ने स्थान सिसडोल र बन्चरे डाँडामा केही समस्या देखिएको र लामो समय वडाका विभिन्न स्थानमा फोहोर थुप्रिएकाले वडाकै सक्रियतामा व्यवस्थापनमा जुटेको बताए।, यसअघि काठमाडौं महानगरपालिकाका मयेर बालेन शाहले हिजो सोही वडामा पुगेर फोहोर व्यवस्थापनमा सहयोग गर्न आग्रह गरेका थिए।, काठमाडौं-१७ का जनप्रतिनिधिले पनि उठाए फोहोर
रासस कैलालीको टिकापुरमा तालमा डुबेर आज एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा टीकापुर नगरपालिका–८ सूर्यपुरका ६५ वर्षीय गोपाल साउद छन्। , जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीका अनुसार साउदको नुहाउने क्रममा तालमा डुबेर मृत्यु भएको हो।, उनको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ।, तालमा डुबेर एक जनाको मृत्यु
सेतोपाटी संवाददाता बर्दियाको मधुवन नगरपालिकामा प्रहरी र स्थानीयबीच झडप हुँदा एक युवतीको मृत्यु भएको छ। सोमबार बिहान मधुवन नगरपालिका-२ को चना गाउँमा स्थानीय र प्रहरीबीच झडप भएको हो।, झडप हुँदा एक युवतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हृदयकुमार सापकोटाले जानकारी दिए।, वडा नम्बर २ कै अन्दाजी २० वर्षीया नविना थारूको मृत्यु भएको उनले बताए। त्यस्तै अरू दुई जना स्थानीय पनि घाइते छन्। उनीहरूको नेपालगन्जमा उपचार भइरहेको छ। प्रहरी तर्फबाट पनि १५ जना घाइते छन्। , बर्दियामा सोमबार बिहान करिब साढे १० बजे एक महिलामाथि बाघले आक्रमण गरी घाइते बनाएको थियो। खेतमा काम गर्न जाँदा आक्रमण गरेर घाइते बनाएपछि उनलाई नेपालगन्ज पठाइएको थियो। पटकपटक बाघले आक्रमण गरी मानिसहरू घाइते तथा मृत्युसमेत हुने गरेकाले बाघलाई नियन्त्रणमा लिनुपर्ने मागसहित स्थानीयहरू आन्दोलित बनेका थिए।, दिनभरि जसो स्थानीयले आन्दोलन गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हृदयकुमार सापकोटाले जानकारी दिए। भीड नियन्त्रणमा लिन प्रहरीले गोली समेत चलाएको छ। सापकोटाका अनुसार प्रहरीले ११ राउन्ड हवाइ फायर गरेको हो। , 'बिहान एक महिलालाई बाघले आक्रमण गरी घाइते बनायो। त्यसपछि हामीले उपचारका लागि पठायौं। तर पछि आन्दोलन भयो,' सापकोटाले भने, 'नियन्त्रणका लागि हामीले हवाइफायर गर्‍यौं।', सशस्त्र प्रहरीले पनि गोली चलाएको उनले बताए। , मधुवन-२ का वडाध्यक्ष आशाराम चौधरीका अनुसार १४ दिनमा दुई जनामाथि बाघले आक्रमण गरेपछि स्थानीयहरू आन्दोलित बनेका हुन्। , '१४ दिनमा दुई वटा घटना भयो। १४ दिनअगाडि आक्रमण गरेको थियो, आज फेरि दोहोरियो,' उनले भने, 'यसरी जनता चुप लागेनौं भनेर आन्दोलन गर्छौं भन्नेतिर लागे। १२ बजेदेखि ५ बजेसम्म शान्तिपूर्ण तरिकाले आन्दोलन भइरहेको थियो। तर पछि प्रशासनबाट बल प्रयोग भयो।', प्रहरीले चलाएको गोली लागेरै ती युवतीको मृत्यु भएको उनको भनाइ छ। उनका अनुसार मृतक नविना थारू कक्षा १२ मा अध्ययनरत विद्यार्थी हुन्। , प्रहरीले भने यसबारे केही बताएको छैन। , 'गोली लागेरै मृत्यु भएको हो वा होइन भन्ने यकिन भइसकेको छैन। भोलि पोष्टमर्टम रिपोर्ट आएपछि मात्रै थाहा हुन्छ,' प्रहरी निरीक्षक सापकोटाले भने। , प्रहरी निरीक्षक सापकोटाका अनुसार अझै पनि दुई सय जना प्रहरी र सशस्त्र प्रहरी फिल्डमा खटिएका छन्।, बर्दियाको मधुवनमा एक युवतीको मृत्यु, प्रहरीसहित दर्जनभन्दा बढी घाइते
सेतोपाटी संवाददाता काठमाडौंमा ११ दिनदेखि थुप्रिएको फोहोर आज बिहानबाट बञ्चरेडाँडा डम्पिङ साइटमा लैजान सहमति भएको छ।, सहरी विकास मन्त्रालयमा सोमबार अबेरसम्म भएको वार्तामा स्थानीयका माग सम्बोधन गर्ने गरी फोहोरमैला व्यवस्थापन गर्न सहमति भएको हो।, सिसडोल र बञ्चरेडाँडाका जनप्रतिनिधिहरूको सहभागितामा भएको वार्ताले स्थानीयका माग सम्बोधन गर्न समय तालिकासहित प्रतिबद्धतापत्र जारी गरेको छ।, हरेक दिन बञ्चरे डम्पिङ साइटमा फोहोर खसालेपछि १५ सेन्टिमिटर उचाइको माटोले पुर्ने सहमति भएको आयोजना निर्देशक रवीन्द्र बोहोराले जानकारी दिए।, यसरी माटोले पुरेपछि दुर्गन्ध नफैलिने उनले बताए। दुर्गन्ध हटाउन नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को सिफारिसका आधारमा १० दिनभित्र रासायनिक वा जैविक उपचारको विधि पनि लागू गरिनेछ।, 'अहिलेलाई असार मसान्तसम्म विगतमा जसरी फोहोर उठाइन्थ्यो, त्यसरी नै उठाइनेछ। साउन १ देखि भने कुहिने र नकुहिने फोहोर स्रोतमै छुट्टयाएर नकुहिने खालका फोहोर मात्र डम्पिङ साइटमा लैजाने सहमति भएको छ,' बोहोराले वार्तापछि सेतोपाटीसँग भने।, यसका लागि काठमाडौं महानगरपालिकाले हरेक घरमा कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै राख्न मंगलबारबाट सूचना जारी गर्नेछ। असार मसान्तसम्म प्रचारप्रसार अभियान चलाएपछि साउन १ बाट छुट्टाछुट्टै गाडी पठाएर संकलन गर्नेछ।, यसबीच काठमाडौं महानगरले कुहिने फोहोर जम्मा गर्न र त्यसलाई कम्पोष्ट मलमा परिणत गर्न ठाउँ खोज्नेछ।, 'आगामी ४० दिनभित्र महानगरले कुन ठाउँमा कुहिने फोहोर स्टोर गर्ने र त्यसलाई मलमा परिणत गर्न कारखाना कहाँ राख्ने भन्ने तय गर्नेछ,' बोहोराले भने, 'यसको निम्ति फोहोरमैला व्यवस्थापनमा संलग्न निजी कम्पनीहरूसँग छलफल सुरू गरिनेछ।', काठमाडौंमा फोहोर संकलन र ढुवानीको जिम्मा निजी कम्पनीहरूले लिँदै आएका छन्। यसमा ७९ वटा कम्पनी संलग्न छन्। तिनै कम्पनीलाई ठाउँअनुसार कुहिने फोहोर संकलन गरी स्टोर गर्ने र मल बनाउने जिम्मा दिइनेछ।, 'महानगरको निगरानीमा फोहोरमैलाको व्यवस्थापन निजी क्षेत्रबाट हुनेछ,' उनले भने।, सत्र वर्षदेखि लगातार काठमाडौंको फोहोर थुपारिँदै आएको सिसडोल बन्द गरी हरित क्षेत्रमा परिणत गर्ने र बञ्चरेडाँडा डम्पिङ साइटले असर गर्ने प्रभावित क्षेत्र निर्धारण गरेर अधिग्रहण प्रक्रिया थालनी गर्ने पनि प्रतिबद्धतापत्रमा छ।, यसको निम्ति बञ्चरेडाँडाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनका आधार ६ महिनाभित्र प्रभावित क्षेत्रको जग्गा अधिग्रहण प्रक्रिया सुरू गरिने बोहोराले जानकारी दिए। प्रभावित क्षेत्रका जग्गा यकिन गरी अधिग्रहण गर्ने जिम्मा सहरी विकास मन्त्रालयको हुनेछ।, काठमाडौं महानगरपालिकाले नास्टको विज्ञ टोलीबाट बञ्चरेडाँडा डम्पिङ साइटले प्रभाव पार्ने क्षेत्रको वातावरणीय प्रभाव मूल्यांकन गराएको थियो। महानगरले उक्त प्रतिवेदन सार्वजनिक गर्ने पनि सहमति भएको छ।, अहिले यहाँका स्थानीयले बञ्चरेडाँडा डम्पिङ साइट सञ्चालन गर्न तीन हजार पाँच सयदेखि चार हजार रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने कुरा उठाउँदै आएका छन्।, सिसडोलका हकमा वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनका आधारमा व्यवस्थापन योजना बनाएर ६ महिनाभित्र डम्पिङ साइट बन्द गर्न प्रक्रिया सुरू गरिने प्रतिबद्धतापत्रमा छ।, सिसडोल तथा बञ्चरेमा फोहोर नगन्हाउने व्यवस्था मिलाउने र सिसडोलको फोहोरबाट निस्केको दूषित पानी (लिचड) तत्काल व्यवस्था गरिनेछ।, सहमतिअनुसार जेठ २४ गते मंगलबारबाट उपत्यकाको फोहोर बञ्चरेडाँडा डम्पिङ साइटमा विसर्जन गर्न ककनी गाउँपालिका र धुनिबेसी नगरपालिकाले सहयोग तथा सहजीकरण गर्ने पनि प्रतिबद्धतापत्रमा उल्लेख छ।, स्थानीय बासिन्दाको शिक्षा, स्वास्थ्य, रोजगार, स्वास्थ्य बिमा लगायत विकास निर्माणको सहमति पनि भएको छ।, बञ्चरेडाँडा साइट प्रभावित क्षेत्रमा आगामी आर्थिक वर्ष २०७९/८० का लागि विभिन्न पाँचवटा सडक निर्माण गर्न सहरी विकास मन्त्रालयले ४२ करोड ५० लाख रूपैयाँ विनियोजन गर्ने प्रतिबद्धतापत्रमा छ।, त्यस्तै नदी नियन्त्रण, सामुदायिक भवन र मन्दिर निर्माण तथा वृक्षारोपणका लागि १ करोड ७० लाख रूपैयाँ विनियोजन गरिएको छ।, प्रभावित क्षेत्रका बासिन्दाका लागि १० शैयाको अस्पताल सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयलाई सिफारिस गरिनेछ।, सिसडोल र बञ्चरेडाँडा क्षेत्रका विद्यालयहरूको स्तरोन्नति प्रक्रिया पनि सुरू गरिनेछ। रोजगारमा स्थानीय बासिन्दालाई प्राथमिकता दिने सहमति भएको छ।, फोहोरमैलाबाट पर्ने स्वास्थ्य समस्या सम्बोधन गर्न स्वास्थ्य बिमा गरिनेछ। यसका लागि काठमाडौं महानगरले धुनिबेसी नगरपालिकाका वडा नम्बर १, ३, ४ र ककनी गाउँपालिका वडा नम्बर १, २ र ३ का प्रभावित क्षेत्रका स्थायी बासिन्दालाई नेपाल स्वास्थ्य बिमा बोर्डबाट स्वास्थ्य बिमा गर्नेछ। यो कामको सुरूआत एक साताभित्र गरिनेछ।, प्रभावित क्षेत्रका वडाहरूको पूर्वाधार विकासका लागि विगतमा उपलब्ध गराउँदै आएको अनुदानलाई महानगरले निरन्तरता दिने प्रतिबद्धतापत्रमा छ।, वार्तामा सहरी विकास मन्त्री रामकुमारी झाँक्री, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, उपमेयर सुनीता डंगोल, ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ, धुनिबेसी नगरपालिकाका मेयर बालकृष्ण आचार्य, ललितपुर महानगरका उपमेयर मन्जली शाक्य, सहरी विकास मन्त्रालयका सचिव रमेशप्रसाद सिंह, बञ्चरेडाँडा आयोजना निर्देशक रवीन्द्र बोहोरा लगायतको सहभागिता थियो।, यो पनि हेर्नुहोस्:, बालेन शाहले कहिले पाउलान् खादा र माला लगाउन? (भिडिओसहित), काठमाडौंको फोहोर आजबाट उठ्ने
सेतोपाटी संवाददाता जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशका ७७ जिल्लामै पाठ्यपुस्तक पुगिसकेको दाबी गरेको छ।, कक्षा ४ देखि १० सम्मका पाठ्यपुस्तक जिल्लाहरूमा पुर्‍याइएको लिमिटेडको भनाइ छ।, पाठ्यपुस्तक जिल्लाहरूमा पुर्‍याई जेठ ५ गतेदेखि विक्री वितरणसमेत थालेको दाबी लिमिटेडको छ।, ‘कतिपय अवस्थामा स्थानीय विक्रेताले पाठ्यपुस्तक प्रादेशिक कार्यालयहरूबाट समयमै नलैजाने, स्थानीय विक्री विक्रेताकोमा उपलब्ध हुँदाहुँदै पनि विद्यालयले समयमा खरिद नगर्नेजस्ता कारणले विद्यार्थीले समयमै पाठ्यपुस्तक नपाउने अवस्था देखिएको छ,’ लिमिटेडले आज सूचना निकालेर भनेको छ।, विद्यालयहरूले पाठ्यपुस्तक प्राप्त नगरेको भएमा स्थानीय विक्रेतामार्फत पाठ्यपुस्तक लिने व्यवस्था मिलाउन र पाठ्यपुस्तक नपाइए कक्षा र विषय खुलाई प्रादेशिक कार्यालय, स्थानीय तह, शिक्षा विकास तथा समन्वय एकाइ, केन्द्रीय कार्यालय सानोठिमीमा जानकारी गराउन लिमिटेडले आग्रह गरेको छ।, जनक शिक्षाको दाबी- सबै जिल्लामा पाठ्यपुस्तक पुगिसकेको छ